पटकाबाट निस्कने धुँवाले फोक्सोको सङ्क्रमण, हृदयघात र क्यान्सर हुनसक्छ: डा अनन्त
देउसी–भैलो :आर्थिक स्रोत जुटाउने माध्यम
म्याग्दी,तिहारको अवसरमा खेलीने देउसी–भैलोमा आधुनिक संस्कृतिको प्रभाव बढ्नुका साथै आर्थिक स्रोत जुटाउने माध्यम बन्न थालको छ । यहाँका सामुदायिक विद्यालय, सङ्घ संस्था, युवा क्लब, आमा समूहलगायतले तिहारको अवसरमा आर्थिक स्रोत जुटाउने उद्देश्यले देउसी–भैलो आयोजना गर्दै आएका हुन् । बेनीको शिवालय मन्दिर संरक्षण समितिले ७०० वर्ष पुरानो बरको रुखको गजुर भएको शिवालय मन्दिरको प्रचारप्रसार यस्तो कार्यक्रम अघि बढाएको छ । म्याग्दी भ्रमण वर्षलाई सघाउने उद्देश्यले पनि भैलो खेलिएकोे उक्त समितिका अध्यक्ष विक्रम श्रेष्ठले बताउनुभयो । म्याग्दी होटल तथा रेष्टुराँ व्यवसायी सङ्घले पनि कला संस्कृतिको संरक्षणसँगै कोष वृद्धि तथा भ्रमण वर्षलाई लक्षित गतिविधि सञ्चालन गर्ने उद्देश्यले उक्त कार्यक्रम गरेको छ ।नवीन आनन्द योग केन्द्रले योगाश्रम बनाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको अध्यक्ष नवीन जुक्जालीले बताउनुभयो । परम्परालाई आधुनिक बनाउन देउसी–भैलोमा थाली, कौरा, सिरफुले, सालैजोजस्ता मौलिक गीत तथा नृत्य समावेश गरिएका छन् । देउसी–भैलोमा मौलिकपन बढ्दै जाँदा यसको मर्म नै मेटिने खतरा रहेको ज्येष्ठ नागरिक सेवा समाजका अध्यक्ष नैनकुमार श्रेष्ठले बताउनुभयो । उक्त कार्यक्रम सङ्गितमय बनाउनाका साथै नृत्य कला भएका कलाकारका लागि आम्दानीको स्रोत बनेको छ । विभिन्न सङ्घ संस्थाले गाउने र नृत्य गर्ने कलाकारलाई आकर्षक पारिश्रमिक दिएर देउसी–भैलो खेल्न लगाइएकोे कलाकार रवि कार्कीले बताउनुभयो । –––
भड्किलो बन्दै दीपावलीअर्थात् भाइटीका’
ट्रम्पलाई झड्का : अमेरिकी तल्लो सदनमा डेमोक्र्याटको बहुमत
वासिङ्टन ।अमेरिकाको माथिल्लो सदन मानिने सिनेटमा सत्तारुढ दल रिपब्लीकन पार्टीले बहुमत ल्याउने भएको छ भने तल्लो सदनमा विपक्षी दल डेमोक्र्याटको बहुमत हुने देखिएको छ ।
मुख्य भूमिका रहेको तल्लो सदनमा विपक्षी दलको बहुमत हुनेभएपछि राष्ट्रपति डोनाल्ड ट्रम्पलाई अफट्यारो पर्ने भएको छ । राष्ट्रपतिका प्रस्तावलाई अंकुश लगाउने क्षमतासहित डेमोक्र्याटिक पार्टी गत आठ वर्षपछि पहिलो पटक तल्लो सदनमा उपस्थीत हुनलागेको हो ।
ट्रम्प शासनको जनमत सङग्रहका रूपमा हेरिएको यो मध्यावधी निर्वाचनले ट्रम्पको लोकप्रियता खस्कीएको देखाएको छ । डेमोक्रयाटले ट्रम्पविरुद्ध उदारवादी नीतिको उपयोग गर्दै चुनावी फाइदा लिएको विश्लेषण गरिएको छ ।
विभिन्न सञ्चार मध्यमले प्रतिनिधिसभामाथि नियन्त्रण गर्नका लागि आवश्यक २३ स्थानमा डेमोक्र्याटिक पार्टीले जीत हासिल गर्ने प्रक्षेपण गरिएको जनाएका छन् ।
प्रतिनिधिसभाका सबै ४३५ स्थान, सिनेटका १०० मध्ये ३५ स्थान र ३६ वटा राज्यमा गभर्नर पदका लागि लागि मतदान भएको हो । एएफपी