प्रधानमन्त्रीको स्वास्थ्यवस्थाबारे मुख्यमन्त्रीद्वारा जानकारी

 सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान, मनमोहन कार्डियाथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लाण्ट सेण्टरमा उपचाररत प्रधानमन्त्री केपी शर्मा ओलीलाई आज भेटी उहाँको स्वास्थ्यवस्थाबारे जानकारी लिनुभएको छ ।

सो अवसरमा मुख्यमन्त्री भट्टले प्रधानमन्त्रीको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभएको मुख्यमन्त्रीका स्वकीय सचिव शिवसिंह ओलीले जानकारी दिनु्भयो ।

काङ्ग्रेसको चियापानमा एक लाखलाई निम्ता

पाकिस्तान र बङ्गलादेश फाइनलमा

कुमार चौलागाईँ बङ्गलादेश र पाकिस्तान साफ यू–१५ फुटबल प्रतियोगिताको फाइनल प्रवेश गरेका छन् । ललितपुरस्थित एन्फा कम्प्लेक्स मैदान सातदोबाटोमा आज भएको पहिलो सेमिफाइनलमा अघिल्लो संस्करणको विजेता भारतलाई पेनाल्टी सुटआउटमा ४–२ गोलले पराजित गर्दै बङ्गलादेश फाइनल पुगेको हो । पहिलो हाफमा लिएको अग्रता जोगाउन नसक्दा भारत पराजित भएको हो । खेलको १७ औँ मिनेटमा पट्रेहर्स हैलेसले गोल गर्दै भारतलाई अग्रता दिलाए पनि खेलको अतिरिक्त समयमा भारतका खेलाडीले बङ्गलादेशका खेलाडीलाई लडाएपछि बङ्गलादेशले पेनाल्टी पाएको थियो । उक्त पेनाल्टीमा आशिकुर रहमानले गोल गर्दै खेल १–१ गोलको बराबरीमा ल्याएका थिए । त्यसपछि खेलमा थप गोल हुन सकेन र खेल पेनाल्टीमा गएको थियो । पेनाल्टीमा बङ्गलादेशले भारतलाई ४–२ ले हराएर फाइनल पुग्यो । आजै भएको दोस्रो सेमिफाइलमा नेपाललाई ४–० गोलले पराजित गर्दै पाकिस्तान फाइनलमा पुगेको छ । सोही मैदानमा भएको खेलमा पहिलो हाफमा पाकिस्तानलाई गोलरहित बराबरीमा रोकेको नेपालले दोस्रो हाफमा चार गोल खाएको थियो । दोस्रो हाफमा १० खेलाडीमा सीमित बनेको नेपालले खेलको ५३ औँ मिनेटमा पहिलो गोल खाएको थियो । इफ्तिखर अहमेदले गोल गर्दै पाकिस्तानलाई शुरुआती अग्रता दिलाएका थिए । त्यसपछि पाकिस्तानले लगातार दुई पेनाल्टी पायो । खेलको ५९औँ मिनेटमा नेपालका जान लिम्बूले पाकिस्तानीलाई डिबक्सभित्र लडाएपछि पाएको पेनाल्टीमा मोबिह उल्हाले गोल गर्दै पाकिस्तानलाई २–० को अग्रता दिलाए । यस्तै जानले रातो कार्ड पाएपछि नेपाल १० खेलाडीमा सीमित भयो । खेलको ६९ मिनेटमा पाकिस्तानले पुनःपेनाल्टी पायो । नेपालका निवास फुयाँलले लडाएपछि पाएको पेनाल्टीमा पाकिस्तानका उल्हाले गोल गर्दै टोलीलाई ३–० को अग्रता दिलाए । खेलको ७८औँ मिनेटमा मोइन अहमेदले थप एक गोल गर्दै पाकिस्तानलाई ४–० को जीत दिलाए । नेपालले अब तेस्रो स्थानका लागि भारतसँग आगामी शनिबार प्रतिस्पर्धा गर्नेछ । सोही दिन उपाधिका लागि बङ्गलादेश र पाकिस्तान भिड्नेछन् । सन् २०१३ देखि आयोजना हुँदै आएको प्रतियोगितामा नेपाली टोली अहिलेसम्म उपविजेतामै सीमित हुँदै आएको थियो । सन् २०१७ मा नेपालमै भएको प्रतियोगितामा नेपाल उपविजेतामा सीमित बनेको थियो । प्रतियोगिताका चारै संस्करण खेलेको नेपाल दुई पटक फाइनलमा हारेको थियो । यसअघि भएका तीन संस्करणमध्ये भारतले सन् २०१३ र १७ तथा बङ्गलादेशले सन् २०१५ मा उपाधि जितेको थियो ।

पोखराको चीनमा प्रचारप्रसार गरिदिन आग्रह

  नेपाल भ्रमणमा रहेको चिनियाँ पत्रकार टोलीले पोखराका विभिन्न स्थानको भ्रमण गरेका छन् । चिनियाँ पत्रकार सङ्घका महासचिव पाङ ग्याङ नेतृत्वमा आएको सात सदस्यीय टोलीले पोखरा भ्रमणसँगै पोखरा महानगर प्रमुख मानबहादुर जिसीसँग आज साँझ भेट गरेको छ । भेटमा महानगर प्रमुख जिसीले विश्वकै उत्कृष्ट गन्तव्यमध्ये एक पोखराको चीनमा प्रचारप्रसार गरिदिन आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, “पोखरा विश्वकै उत्कृष्ट १० शहरमध्ये पर्छ । यसको अवर्णित सुन्दरतालाई यहाँहरुले प्रचार गरिदिनुहोला ।” जिसीले चीनका आठ शहरसंँग पोखरा महानगरपालिकाले भगिनी सम्बन्ध स्थापना गरेको जानकारी दिँदै पत्रकारको भ्रमणले अझै सम्बन्ध सुमधुर राख्न भूमिका खेल्ने बताउनुभयो । चिनियाँ पत्रकार सङ्घका कार्यकारी महासचिव पाङ ग्याङले चीन र पोखराको पौराणिक कालदेखि सम्बन्ध रहेको बताउँदै आउने दिनमा अझै प्रगाढ बनाउन आफूहरुले भूमिका खेल्ने बताउनुभयो । नेपाल पत्रकार महासङ्घका महासचिव रमेश विष्टले नेपाल र चीनका पत्रकारबीचको सम्बन्ध र सहयोगलाई निरन्तता दिन दुवै देशका पत्रकारबीच भ्रमण भैरहेको बताउनुभयो । पत्रकार महासङ्घका केन्द्रीय सदस्य रामकृष्ण ज्ञवालीले चिनियाँ र नेपाली पत्रकारबीच भाइचारा सम्बन्ध अभिवृद्धि गर्दै दक्षता अभिवृद्धिमा सहकार्य गर्ने टोलीको भ्रमणको उद्देश्य रहेको बताउनुभयो