सस्कृती जोगाउन नौमती वाजा निशुल्क हस्तान्तरण

पोखरा,  पोखरा महानगरका ३३ वडा मध्य नमूना वडा वन्ने प्रयासमा अगाडी वढेको वडा नं १३ यतीवेला सस्कृती संरक्षणमा जुटेको छ । लोपोन्मुख वन्दै गएको परंपरागत नौमती वाजालाई जोगाउन वडाध्यक्ष दर्शन लामाले आफ्नो वडा भित्रका तीन वटा समूहलाई एक÷एक सेट नौ मती वाजा निशुल्क हस्तान्तरण गरेका छन् । स्थानीयले नौमती वाजाको संरक्षणवाट वडामा आन्तरिक तथा वाह्य पर्यटन प्रवर्दनमा सहयोग पुग्ने विश्वास लिएका छन् । नेपाली कला, सस्कृती र प्राकृतीक दृष्यहरु हेर्नका लागी विदेसी पर्यटकहरु नेपाल आउने गर्दछन् । विशेषगरी नौमती वाजाको धून पर्यटकहरुको रोजाईमा पर्ने गरेको छ । विवाह उत्सव जस्ता शुभकार्यमा नौमती वाजा वजाउने गरिन्छ । नौमती वाजाको धूनले पर्यटकलाई आकर्षण गर्ने र यसवाट आयआर्जनमा सहयोग पुग्ने अपेक्षा सहित वाजा वितरण गरिएको अध्यक्ष लामाले वताए ।  ‘कला र सस्कृतीको संरक्षणले समृद्ध वडा निर्माणमा टेवा पुग्ने छ’– वडाअध्यक्ष लामाले भने । २०७४ जेठ १६ गते वडाध्यक्षको रुपमा काम सुरु गरेसँगै वडा नं १३ लाई नमूना वडा वनाउन लागी परेका वडाध्यक्ष लामालेआफ्नो वडा कार्यालयलाई अपाङमैत्री देखी प्रविधि मैत्री वडा वनाइसकेका छन् । आफ्नो कार्यकालमा वडा नं १३ लाई धूलोमुक्त वडा वनाउने प्रयासमा सक्रिय रहदै आएका वडाध्यक्ष लामाले वडाभित्र भौतीक, सामाजिक, शैक्षिक, तथा सास्कृतीक विकासमा लागि परेका छन् । तीन लाख ४० हजार मूल्य वरावरको तीन सेट वाजामा दुई वटा नरसिंह, दुई वटा सनही, दुईवटा दमाह, एउटा ढलकी, एउटा ट्याङ्को र एउटा झ्याली रहेको छ । बाजा ग्रहण गर्ने समुहलाई नौमती बाजाको संरक्षणका साथै बाजाका धुन पोखरामा नमुना बनाइ उदाहरणीय बन्न वडाध्यक्ष लामाले अनुरोध गरे । नौमतीवाजालाई पुख्र्यौैली पेसा वनाउदै आएका आर्वा बाजा समुहका चिनबहादुर परियारले सहयोग स्वरुप पाएको बाजावाट जीवनमा रोजीरोटीको लागि ठूलो सहयोग पुग्ने भन्दै खुसी व्यक्त गरे । वडाले दिएको बाजा हातमा पर्दा वाध्यवादन समूहका सदस्यहरु उत्साही देखिन्थे । वाजा प्रदान गरेर आफ्नो व्यवसायमा  हौसला प्रदान गरेको भन्दै उनीहरुले वडाध्यक्ष लामाप्रति आभार व्यक्त गरे ।

पीपीएलमा चितवनकाे लगातार दाेस्राे जित, काठमाडाैं १३ रनले पराजित

पोखरा प्रिमियर लिग क्रिकेटमा चितवन राइनोजले लगातार दोस्रो जित हात पारेको छ । आज भएको खेलमा चितवनले काठमाडौलाई १३ रनले हरायो । जितसँगै चितवनको प्लेअफ खेल्ने संभावना बढाएको छ । पोखरा रंगशालामा टस हारेर ब्याटिङको निम्तो पाएको चितवनले २० ओभरमा ५ विकेट गुमाउँदै एक सय ४९ रन बनायो । लगातार तीन खेलको हारपछि धनगढी विरुद्ध पहिलो जित निकालेको चितवनले आजपनि राम्रो सुरुवात गर्न सफल भयो । पहिलो विकेटका लागि हरिशंकर शाह र अनिल शाह विच ५४ रनको साझेदारी भयो । जसमा अनिलले २७ रनको योगदान गरे । त्यसपछि टिमको स्कोर ७९ रन हुँदा चितवनका कप्तान ब्यक्तिगत १४ रनमा पेभेलियन फर्किए । धनगढी विरुद्ध अर्धसतक प्रहार गरेका हरीशंकरले आजपनि ६० रनको योगदान गरे । उनले ४९ बलमा पाँच चौका र तीन छक्का प्रहार गरे । यस्तै स्मिथ पटेलले ३१ रन र सन्नी पटेलले १३ रनको योगदान गरे । बलिङ तर्फ बसन्त रेग्मीले दुई तथा पवन सराफ र नन्दन यादवले एक एक विकेट लिए । जवाफमा राम्रो सुरुवात गर्न नसकेको काठमाडौ २० ओभरमा नौ विकेट गुमाउदा एक सय ३६ रन बनाउन सक्यो । १५ रनमा पहिलो विकेट गुमाएको काठमाडौले २३ रनमा दोस्रो विकेट खेर फाल्यो । उसका ओपनर जयकिशन कोल्सावल १८ रनमा आउट भए भने अमित श्रेष्ठ मात्र एक रनमा पेभेलियन फर्किए । त्यसपछि पवन सराफ ब्यक्तिगत २८ रनमा आउट हुँदा काठमाडौले ८१ रनमा तेस्रो विकेट खेर फाल्यो । कप्तान ज्ञानेन्द्र मल्ल र विदेशी खेलाडी गौरभ तमोर विच राम्रो साझेदारी भइरहेका बेला चितवनका कप्तान पारस खड्काले यो साझेदारी तोड्न सफल भए । तोमर ३९ रनमा आउट भएपछि काठमाडौले खेल आफ्नो हातबाट फुस्कायो । लगत्तै नरेश बुढाऐर र कप्तान ज्ञानेन्द्र मल्ल पनि ३० रन तथा पृथु बास्कोटा मात्र चार रनमा आउट भएपछि काठमाडौले एक सय २५ रनमा सात विकेट गुमायो । त्यसपछि पुछारका खेलाडी एकपछि अर्को विकेट झरेपछि काठमाडौले प्रतियोगितामा पहिलो हार ब्यहोर्यो । बलिङ तर्फ करण केसीले तीन तथा पारस खड्काले दुई विकेट लिए ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल तोकिएकै समयमा सम्पन्न गर्न नेता नेपालको निर्देशन

जापान जान चाहनेले अनलाइनबाट भाषा परीक्षा दिन पाउने

 

 जापानमा जान चाहने नेपालीले पहिलो पटक अनलाइनबाटै जापानी भाषा परीक्षा दिन पाउने भएका छन् । यहाँ आज आयोजित पत्रकार सम्मेलनमा जापानको प्राक्टिकल जापानीज कम्युनिकेसन (पिजेसी) ब्रिजसँग सहकार्य गरी अनलाइनबाटै भाषा परीक्षा दिन पाउने व्यवस्था गर्न लागिएको जानकारी मोग सर्भिस प्रालिका अध्यक्ष प्रमुख कार्यकारी अधिकृत ओमहरि प्रजापतिले जानकारी दिनुभयो । कागजबाट लिखित परीक्षा दिँदा नतिजाका लागि तीन महीना पर्खनुपर्नेमा अनलाइनबाट परीक्षा दिनेबित्तिकै थाहा पाउन सकिन्छ । सोको प्रमाणपत्र १० दिनमा लिने पाइनेछ । परीक्षामा उपयुक्त लब्धाङ्क नआएको एक हप्तापछि अर्को परीक्षा दिन सकिने व्यवस्था छ । जापानको न्याय मन्त्रालय र अध्यागमन विभागले मान्यता दिएको पिजेसीले सन् १९७६ देखि नै परीक्षा सञ्चालन गर्दै आएको छ । सोही संस्थासँग मोगले सहकार्य गरी परीक्षा सञ्चालन गर्न लागेको हो । मोगका प्रमुख कार्यकारी अधिकृत प्रजापतिका अनुसार विद्यार्थीबाहेकले पनि भाषा परीक्षा दिने पाउनेछन् । परीक्षा शुल्क रु तीन हजार ५०० लाग्छ । परीक्षा अनलाइनबाट जति बेला पनि दिन सकिन्छ ।