तरकारीका बेर्नाबाट कृषक लाभान्वित

म्युचअल फण्ड ः बजार घट्दा अधिकांश घाटामा

देउसी गीत लिएर आए प्रकाश सपुत र सुनिता दुलाल [भिडियो]

प्रकाश सपुत र सुनिता दुलालको नयाँ देउसी गीत ‘उज्यालो तिहार’ सार्वजनिक भएको छ। नेपालीहरुको रमाइलाे पर्व तिहारको संघारमा उक्त गीत सार्वजनिक भएको हो।

तिहार सम्बन्धित मौलिक शब्द र लोक लयमा तयार देउसी गीतमा गायक सपुतकै शब्द, संगीत छ। गीतमा सपुत र सुनिताका साथमा डिबी गुरुङ, अर्जुन सुनम र टीका पुनले पनि स्वर दिएका छन्।

सार्वजनिक भिडियोमा गायक,गायिकाका साथ अग्रज कलाकारहरु लक्ष्मी गिरि, सुरवीर पण्डित, सुवर्णा दुलाल थापा, राजेश कार्की लगायतको अभिनय छ।

प्रमको स्वास्थ्यमा सुधार

 प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरी सभामुख कृष्णबहादुर महराले स्वास्थ्यलाभको कामना गर्नुभएको छ । महाराजगञ्जस्थित चिकित्साशास्त्र अध्ययन संस्थान, मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लाण्ट सेण्टरमा उपचाररत प्रधानमन्त्री ओलीलाई भेट्न सभामुख बिहान त्यहाँ पुग्नुभएको थियो । भेटपछि सभामुख महराले प्रधानमन्त्रीको स्वास्थ्यमा क्रमिक सुधार आएको चिकित्सकले आफूलाई जानकारी दिएको बताउनुभयो । यसैबीच प्रधानमन्त्री ओलीको स्वास्थ्यस्थितिबारे जानकारी लिन नयाँ शक्ति पार्टी नेपालका संयोजक डा बाबुराम भट्टराई पनि आजै बिहान शिक्षण अस्पताल महाराजगञ्ज पुग्नुभयो । प्रधानमन्त्रीको स्वास्थ्य स्थितिबारे जानकारी दिँदै प्रा डा अरुण सायमीले भन्नुभयो, “प्रधानमन्त्री ओलीले बिहानी खाजा खानुभयो, भेट्न आएका शुभेच्छुकसँग सजिलोसँग कुराकानी गर्नुभएको छ ।” प्रधानमन्त्रीको स्वास्थ्य स्थितिबारे अस्पतालले बिहान १० बजे उपचारमा संलग्न चिकित्सकको टोलीमार्फत सञ्चारकर्मीलाई जानकारी गराएको थियो । प्रधानमन्त्रीको स्वास्थ्यस्थितिबारे जानकारी लिन र स्वास्थ्यलाभको कामना गर्न पार्टीका नेता एवं कार्यकर्ता र शुभेच्छुकको अस्पताल परिसरमा बाक्लो उपस्थिति छ । छातीमा सङ्क्रमण देखिएका कारण उपचारका लागि प्रधानमन्त्री ओली सो सेण्टरमा सोमबार भर्ना हुनुभएको हो ।