‘मन्त्री केशव स्थापितको यौन प्रस्ताव स्वीकार नगर्दा जागिर गयो’ –रश्मिला प्रजापती

‘ काठमाडौं । प्रदेश ३ का भौतिक योजना तथा निर्माण मन्त्री एवं काठमाडौं महानगरपालिकाका पूर्व मेयर केशव स्थापितमाथि यौन हिंसाको आरोप लागेको छ । उनी मेयर भएका बेलामा जागिर टिकाउन एक संचारकर्मीलाई यौन प्रस्ताव गरेको खुलासा भएको हो । विश्वभर सामाजिक संजालमा सुरु भएको ‘मी टु’ अभियानले नेपालमा पनि प्रवेश पाउने क्रममा पत्रकार रश्मिला प्रजापतीले स्थापितले आफूलाई यौन दुर्व्यवहार गरेको खुलासा गरेकी हुन् । उनले सामाजिक सञ्जाल फेसबुकमा १५ वर्षअघि भएको उक्त ह्यारेसमेन्टबारे खोलेकी हुन् । रश्मिलाले यसअघि पनि विभिन्न मिडियामा यौन हिंसाबारे बताउने गरेको लेखेकी छिन् । रश्मिला आफू पनि महिला हिंसा विरुद्धको अभियानमा सरिक छिन् । उनले मी टु मुभमेन्ट अन्तर्गत पहिलो पटक सामाजिक सञ्जालमा लेखेकी हुन् । मेयरको यौन प्रस्ताव अस्विकार गर्दा जागिर समेत गुमाउनु परेको अनुभव उनले फेसबुकमा सेयर गरेकी छिन् । यसबारे उनले दुई वर्ष अगाडि बल्डपल्समा पनि लेखेकी थिइन् । स्थापितले अहिले पनि अन्य पत्रकारलाई पनि आफूलाई जस्तै ह्यारेस गर्न नछाडेको दावी रश्मिलाको छ । उनले लेखेकी छिन् ‘१५ वर्ष भयो त्यो घटना घटेको तर पनि उक्त व्यक्तिबाट नै अन्य महिलाहरु ह्यारेस भएको कुरा मैले पढेकी छु । उनी अझै महिलाहरुलाई ह्यारेस गरिरहेका छन् । मलाई थाहा छ, दर्जन भन्दा बढी महिलाहरुलाई उनले ह्यारेस गरेका छन् कति त मेरो फेसबुकको लिस्टमा पनि छन् । हामी बोल्न नसक्ने होइनौं । हामी हाम्रो आवाज उठाउन सक्छौं । हामी संसारलाई चिनाउन चाहन्छौं कि भौतिक योजना तथा निर्माण मन्त्री केशव स्थापित सेक्सुअल प्रेडेटर हो ।’ उनले भनिन्, ‘उनको यौन प्रस्ताव अस्वीकार गर्दा जागिर गुमाएको पनि लेखेकी थिएँ ।’ रश्मिलाको यो आरोपपछि मन्त्री स्थापितलाई हाम्राकुराले सम्पर्क गर्दा उनले भने, ‘फोनमा यस्ता कुरा नगरौं आउनुस् भेटेर कुरा गरौं ।’ आरोप बाहिर आइसक्यो भेट्न त भेटौंला प्रतिक्रिया त दिनुस् न भन्दा उनले फेरि पनि दोहोर्याए ‘म भागेको छैन, काठमाडौंमै छु, आउनुस् कुरा गरौं ।’ आरोप लागिसकेपछि नैतिकताका आधारमा मन्त्री स्थापितले यसलाई स्पष्ट पार्नु नै हितकर हुनेछ । मी टु अभियान अहिले विश्वभर फैलिएको छ । सबैभन्दा बढी त भारतमा यो अभियान सशक्त देखिएको छ । मन्त्रीले समेत राजीनामा दिएका छन् भने थुप्रै सेलिब्रिटिले आफ्ना प्रोजेक्ट छाड्नु परेको छ । नेपालमा यौनहिंसा त दिनानुदिन हजारौंको मात्रामा भइरहेको छ नै बलात्कारपछि हत्याको आक्रान्त अवस्थाबाट मुलुक गुज्रिरहेको छ । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको गत साउन ११ गते बलात्कारपछि हत्या भएको घटना अझै सेलाएको छैन । सरकारले अपराधीलाई कार्वाही गर्न सकेको छैन । सरकार समग्र यौन दूराचारका मामलामा किन लचक भइरहेको छ त रु भन्ने प्रश्न पनि टड्कारो देखिएको छ । यसको उदाहरण मन्त्री स्थापित नै बनेका छन् । साभार हाम्रा कुरा डटकम बाट

दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या सात पुग्यो

 पूर्व–पश्चिम राजमार्गअन्तर्गत पूर्वी नवलपरासीको मध्यबिन्दु नगरपालिका–११ अरुणखोलामा आइतबार बिहान भएको बस दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या सात पुगेको छ । दुर्घटनामा गम्भीर घाइते भएका सोलुखुम्बुका ३० वर्षीय गणेश बस्नेतको उपचारको क्रममा मृत्यु भएपछि हालसम्म दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या सात पुगेको प्रहरीले जनाएको छ । यसअगावै मृत्यु हुनेमा नेपाली सेनामा कार्यरत गुल्मी हस्तचौर गाउँपालिका–२ बस्ने ३५ वर्षीय तिलक विष्ट, जिल्ला मोरङ सुन्दरहरैचा–१२ बस्ने ११ वर्षीय सुहन कार्की, भोजपुर हतुवागढी–६ बस्ने २७ वर्षीय रामजीत राई, सुनसरी घर भई जिल्ला स्वास्थ्य कार्यालय पश्चिम नवलपरासीमा कार्यरत ३२ वर्षीय अब्दुल अन्सारी र भारत विहार बस्ने विद्यानन्द यादव रहेका थिए । दुर्घटनामा घाइते भएका बाँकी ३५ मध्ये १५ जनालाई उपचारपश्चात् घर फर्काइएको र बाँकी २० को भरतपुरमा थप उपचार जारी रहेकोे प्रहरीको भनाइ छ । इटहरीबाट भैरहवाका लागि छुटेको लु१ख ८४५४ नंको बस आइतबार बिहान करीब ५ बजेको समयमा दुर्घटनामा परेको थियो । बसको बत्ती मधुरो रहेको र गति तीव्र भएका कारण बस दुर्घटना भएको प्रहरीको अनुमान छ । पन्ध्र जुवाडेलाई जुवा ऐनअनुसार कारवाही पूर्वी नवलपरासीबाट जुवा खेल्दाखेल्दै रङ्गेहात पक्राउ परेका १५ जनालाई प्रहरीले जुवा ऐनअनुसार कारवाही प्रक्रिया अघि बढाएको छ । आइतबार बिहान नगद रु चार लाखसहित गैँडाकोट नगरपालिका–१ ब्रिटिस क्याम्प नजिकै रहेको खरको टहराभित्र लुकेर कौडा खेलिरहेको अवस्थामा पक्राउ परेका उनीहरुलाई प्रहरीले जुवा ऐनअनुसार कारवाही प्रक्रिया अघि बढाएको जनाएको हो । पक्राउ परेकालाई जुवा ऐनअनुसार कारवाही प्रक्रिया अघि बढाइएको र सोहीअनुसार कारवाही हुने प्रहरी निरीक्षक लोकबहादुर जिसीले जानकारी दिनुभयो । पक्राउ पर्नेमा पूर्वी नवलपरासी गैँडाकोट–१ का रमेश श्रेष्ठ, चितवनको भरतपुर महानगरपालिका–५ का विमल श्रेष्ठ, भरतपुर–२ का खुमप्रसाद श्रेष्ठ, भरतपुर–३ का अनिल शाह, भरतपुर–४ का श्याम लामा, भरतपुर–२ का प्रदीप लामा, भरतपुर–११ का निर्मल श्रेष्ठ, भरतपुर–१९ का कृष्णहरि शर्मा, चितवनको रत्ननगर नगरपालिका–१४ का विशाल बस्नेत, सोही ठाउँका कुमार गुरुङ, बाबुराम अर्याल र लमजुङ जिल्लाका बेँसीशहर–२ का विपीन गुरुङ रहेका छन् ।

पोखरा अब खेल पर्यटनको ‘हब’मा विकास हुँदै

कुमार चौलागाई पोखरालाई पर्यटनसँगै खेल पर्यटनको पनि “हब” बनाउने उद्देश्यसहित अर्को सातादेखि पोखरामा ‘पोखरा प्रिमियर लिग शुरु हुँदैछ । क्विन्स इभेन्ट म्यानेजमेन्ट प्रालिको आयोजनामा यही कात्तिक ९ गतेदेखि २० गतेसम्म सञ्चालन हुने प्रतियोगितामा छवटा टोलीले प्रतिष्पर्धा गर्दैछन् । पोखरा रङ्गशालामा सञ्चालन हुने प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको आयोजक क्वीन्स इभेन्ट म्यानेजमेन्टका प्रबन्ध निर्देशक छुम्बी लामाले जानकारी दिनुभयो । “नेपालकै पर्यटकीय नगर पोखरामा पोखरा प्रिमियर लिग कात्तिक ९ गतेदेखि २० गतेसम्म आयोजना गर्दैछौं । हामी यसको अन्तिम तयारीमा छौं । प्रतियोगिता नजिक आइसकेकाले स्वभाविक रुपमा ब्यस्त नै छौं ।”–उहाँले भन्नुभयो । “मुम्बईबाट क्युरेटर मगाएकार चारवटा पिच निर्माण गरेका छौेँं । कीर्तिपुरबाट ग्राउण्ड स्टाफ लगेर आउटफिल्डको काम पनि अन्तिम चरणमा पु¥याएका छौं । दर्शकको लागि अस्थाई प्यारापिट निर्माणको काम पनि अन्तिम अवस्थामा पु¥याएका छौं । प्लेयर बक्स, मिडिया बक्स, भिआइपी बक्स लगायत निर्माणको काम अन्तिम चरणमा पुगेको छ”– लामाले भन्नुभयो । पोखरा रङ्गशालाबाट माच्छापुच्छ«्रे र अन्नपूर्ण श्रृङ्खला मनमोहक देखिन्छ । पोखरा प्रिमियर लिगमा अन्तर्राष्ट्रिय खेलाडीको पनि उपस्थिति हुने भएकाले विश्वलाई नै पोखराको बारेमा राम्रो सन्देश दिनेछ । यसले गर्दा सरकारको नेपाल भ्रमण वर्षको अभियानमा पनि सहयोग पुग्छ आयोजकको विश्वास छ । क्रिकेट लिगले खेलाडीको व्यवसायिकता सँगसँगै पोखराको पर्यटन प्रवद्र्धनमा पनि महत्वपूर्ण योगदान पुग्छ विश्वास लामाको छ । पोखरा प्रिमियर लिग (पिपिएल) टि–२० क्रिकेट प्रतियोगितालाई अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)ले समेत मान्यता दिएको छ । पिपीएलले नेपालको क्रिकेट विकासमा सहयोग तथा नयाँ खेलाडीको प्रतिभा पहिचानमा समेत मद्दत पुग्ने विश्वासका साथ प्रतियोगिता आयोजना गरिएको लामाको भनाइ छ । यसअघि प्रतियोगितामा भाग लिने छ टोली, स्वामित्व र मार्की खेलाडीको टुङ्गो लागिसकेको छ । प्रतियोगितामा चितवन राइनोज, विराटनगर टाइटन्स्, बुटवल ब्लास्टर्स, पोखरा पल्टन, एक्पर्ट धनगढी ब्लुज र हुलास काठमाडौं रोयल्स छन् । चितवन राइनोजको टोली स्वामित्व युवा व्यावसायी राहुल महरासहितको टोलीले गरेको छ । मार्की प्लेयर राष्ट्रिय टोलीका कप्तान पारस खड्का छनोट भएका छन् । त्यसैगरी विराटनगर टाइटन्स् टोली स्वामित्व पूर्व क्रिकेटर तथा व्यावसायी पारस लुनियासहितको टोली र मार्की प्लेयर सन्दीप लामिछाने छन् । बुटवल ब्लास्टर्सको टोली स्वामित्व रामबहादुर विष्टसहितको व्यावसायिको युवा टोली रहेको छ भने मार्की प्लेयर सोमपाल कामी रहेका छन् । पोखरा पल्टनको टोली स्वामित्व व्यवसायी विनायक पोखरेलसहितको टोली रहेको छ भने मार्की प्लेयर शरद भेषवाकर रहेका छन् । एक्पर्ट धनगढी ब्लुजको टोली स्वामित्व व्यवसायी सञ्जीव शर्मा र मार्की प्लेयर दीपेन्द्रसिंह ऐरी रहेका छ्न । हुलास काठमाडौँ रोयल्सको टोली स्वामित्व राज्यलक्ष्मी गोल्छा मार्की प्लेयर ज्ञानेन्द्र मल्ल छन् । प्रतियोगितको विजेताले रु २५ लाख पाउनेछ । प्रतियोगितामा उत्कृष्ट हुने खेलाडीले एक एक थान मोटरसाइकल पाउनेछन । प्रतियोगिताको बैकिङ पार्टनर नबिल बैक रहेको छ भने हस्पिटालिटी पार्टनर ओयो र मेडिकल पार्टनर ग्राण्डी अस्पताल रहेका छन् ।

मन्त्री अर्याललाई मातृ शोक