दशैँ तिहारका लागि दार्चुलाबाट करीब ७५० भेडा–च्याङ्ग्रा पोखरा तथा काठमाडौँ निर्यात

दार्चुला, २५ असोज दशैँ तिहारका लागि दार्चुलाबाट करीब ७५० भेडा–च्याङ्ग्रा पोखरा तथा काठमाडौँ निर्यात गरिएको छ । जिल्लामै भेडा खसीको मासु अभाव भइरहेका बेला अपिहिमाल, मार्मा, नौगाड गाउँपालिका र शैल्यशिखर नगरपालिकाबाट भेडा–च्याङ्ग्रा निर्यात गरिएको गोकुलेश्वरस्थित ट्राफिक प्रहरी पोष्टले जनाएको छ । जिल्ला पशु शाखा कार्यालयले स्वास्थ्य परीक्षण प्रतिवेदन दिएपछि २६० भेडा, तथा स्कालिम जातका ४७३ च्याङ्ग्रा ढुवानी गरिएको पशु चिकित्सक मोहनदेव भट्टले बताउनुभयो । विगतमा तिब्बतबाट भेडा–च्याङ्ग्रा आयात हुने गरेकामा पछिल्लो समय दार्चुलाबाटै बाह्य जिल्ला निर्यात हुन थालेको उहाँको भनाइ थियो । यस वर्ष तिब्बतेली भेडा–च्याङ्ग्रा हालसम्म आयात नभएको व्यास गाउँपालिका वडाअध्यक्ष अशोकसिंह बोहराले बताउनुभयो । विगतमा सयौँ भेडा–च्याङ्ग्रा तिब्बतबाट आयात हुन्थ्यो उहाँले भन्नुभयो, “यस वर्ष हालसम्म आएको छैन ।” व्यापारीले जिल्लाबाट रु ७० हजार भाडा तिरेर भेडा च्याङ्ग्रा पोखराका लागि ढुवानी गरेको ट्रक व्यवसायी मोहनसिंह ऐरीले बताउनुभयो । –––

विराट ट्रेड एक्स्पोमा रु २५ करोडको कारोबार हुने

विराटनगर, २४ असोज मोरङ व्यापार सङ्घको आयोजनामा विराटनगरमा हुने ‘विराट ट्रेड एक्स्पो–२०७५’ मा रु २५ करोड कारोवार हुने बताइएको छ । सङ्घद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा आगामी पुस ६ देखि १४ गतेसम्म सञ्चालन हुने एक्स्पोमा भारत, श्रीलङ्का र स्वेदशका गरी २७५ वटा स्टल रहने मेला संयोजक अनुपम राठीले जानकारी दिनुभयो । प्रत्येक वर्ष सञ्चालन हुँदै आएको एक्स्पोमा स्वदेशी तथा विदेशी राष्ट्रको लगानीकर्ता र उत्पादक, वितरक र निर्यातलाई एकै ठाउँमा राखी प्रत्यक्ष रूपमा अवलोकन गराउने उद्देश्यले एक्स्पोको आयोजना गरिएको उहाँले बताउनुभयो । एक्स्पोमा अटोमोबाइल्स, बैंक तथा वित्तीय संस्था, मोबाइल इलेक्ट्रोनिक्स तथा आइटी, निर्माण सामग्री, अन्तर्राष्ट्रिय औद्योगिक उपकरण, कृषि तथा जडीबुटी, पर्यटन तथा दैनिक उपभोग्य वस्तु सम्बन्धी स्टल रहनेछ । त्यस्तै मनोरञ्जनका लागि दैनिक रूपमा विभिन्न कार्यक्रमको आयोजना गरिनेछ । एक्स्पो आयोजनास्थल निर्माणका लागि रु एक करोड २० लाख खर्च हुने अनुमान गरिएको छ । मेलाको व्यवस्थापनका लागि विभिन्न १२ वटा उपसमितिसमेत गठन गरेको सङ्घले जनाएको छ । –––

विश्वास ठूलो कि शंका ?(बैदेशिक रोजगार भित्रको कथा )

0
सरिता तिम्सिना पगेनी एक जोडी आँखा सग्ला छन । नजिक अनि टाढा कहिंको पनि देख्न समस्या छैन । तस्बीर आँखै अघि छ । तर धमिलो देख्छु, आँखाले प्रष्ट देखे पनि मतिष्कले झट्ट ठम्याउन सकेन । तर लामो समय लागेन । पहिले भेट्दा उनी सिधासादा थिइन ‘टिपिकल’ नेपाली पहिरनमा अहिले । अहिले उनको रुपरंग र ढंग बिल्कुल फरक । भद्धा मेकअप, भड्किलो पोशाक । मलाई मात्रै हैन, परिचितहरुलाई पनि गा¥है हुने वाला थियो । झट्ट दिमागको बत्ती बल्यो । कुरा एक दशक अघिको हो, एउटा अन्तर्राष्ट्रिय गैह्र सरकारी संस्थाले नेपालमा सुरक्षा तथा कानुनी शासनको सबलीकरण गर्ने उद्देश्यले सुरक्षा तथा न्याय सम्बन्धी राष्ट्रिय सर्बेक्षणका लागि कास्की जिल्लाका निम्ति सर्बेक्षक तथा अनुसन्धानकर्ताका रुपमा मलाइ नियुक्त गरेको थियो । त्यही बेला म उनको गाँउ पुगेको थिएँ । गाउँ मात्रै हैन, उनको घर नै पुगेको थिएँ । घर मात्रै पनि कहाँ हो र उनको भान्छामै पुगेको थिएँ । हिमालको काखमा रहेको उनको सुन्दर गाउँमा रहेको उनको खाजा घरमा म चिया पिउनका लागि छिरेकी थिए पहिलो पटक । पिठ्युँमा नानी बोक्दै, अंगेनामा ढुग्रीले फुँ गर्दै उनले आगो दन्काँउने प्रयास गरिरहेकी थिइन । नमस्ते दिदी । मैले बोलाएँ । उमेरले के थिइन थाहा छैन । तर उनी दिदी नै देखिन्थिन । सायद उनलाई पनि दिदी सम्बोधन पचेन । पुलुक्क मतिर कुुर्सी तिर इशारा गरिन । मैले बस्नु भनेको बुझें र बसें । चिया खाउँ है ? हस, हुन्छ । कुन चिया दिदी ? उनले अघिको पैंचो तिरिन । मैले पनि दिदी भनें उनले पनि अब बराबर भयो । म दूधको पारखी हुँ । उनले पनि बुझिन मैले दूधचिया भनेको भनेर नै । आगोमा चिया पाक्न समय लाग्यो । यो मेरा लागि राम्रै भयो । मैले उनीसंग गफिने मौका पाएँ । मैले उनको गाँउका बारेमा धेरै कुरा बुझें । त्यो भन्दा ज्यादा उनलाई जान्न पाएँ । उनी पनि खुल्दै गइन । कक्षा ८ मा पढ्दापढ्दै बिहे, बाआमाले बिदेश गएको लाहुरे केटा कुनै पनि हालतामा उम्कन दिनु हुँदैन भनेर कर गर्नुभयो । अल्लारे उमेर, कुरकुरै बैंश मैले पनि मुखले नाईं भने पनि भित्रभित्रै तयार हुँदै थिएँ । मैले पढ्न पाउनु पर्छ भन्ने शर्त राखें सवै तयार । बिबाह भएको छोटो समयमै श्रीमान कतार हानिए । म गाउँमा चिया नास्ता पसल र घर चलाएर बसें । (कुरा चलिरहेको थियो । मलाई पनि केहि दिन त्यो गाँउमा बस्नु थियो । महिला मात्रै भएको घर, बस्न सहज हुने ठानेर म पनि केहि दिन उनको घरमा बस्ने इच्छा प्रकट गरें । यसले मलाई उनीसंग नजिक हुने मौका दियो ।) आज दश बर्ष पछि उनैलाई पोखराको महेन्द्र पुलको ब्यस्त बजारमा शहरीया फेसनमा देख्दा चिन्न गा¥हो भयो । अहो कति धेरै बर्ष पछि भेट भयो है, चिन्नै नसक्ने हुनुभएछ ? आउनुहोस एक छिन चिया खाँदै गफ गरौ ? मैले चियागफको प्रस्ताब राखे । उनी आनाकानी गर्दै थिइन, मैले उनलाई तानेरै एउटा रेष्टुरेन्टमा लिएर गएँ । दुबै जना आमुने सामुने गरि बस्यौ । कुराको शुरुवात मैले नै गरें । सामान्य हाइहेलो र सञ्चो बिसञ्चोको कुरा गरें । ती दिदी भन्दै के भनौं नभनौंको दोसाँधनमा थिइन । खै के भनौं र ? (अनुहार अलिमलिन थियो, मुहारमा पीडाका धर्साहरु देखिएका थिए । उमेरले हो कि दुःखले कञ्चटमा बूढ्यौलीका नसा पनि फुलिसकेका थिए । उनी मौनता साँधिरहेकी थिइन म उनको मौनतासंगै धेरै कुरा पढिरहेको थिएँ ।) अर्डर बमोजिम चिया, नास्ता आयो । चियाको चुस्की लिँदै उनले भरिएका आँखाले मलाई पुलुक्क हेरिन म छक्क परे । उनको पीडा मलाई पनि सर्यो । चिया नुनिलो लाग्यो । किनकी मलाई पनि आँसुको स्वाद थाहा छ । गाउँमा बसेर दुःख गरेकी महिला आज सरसर्ती हेर्दा सुख पाए जस्तो देखिन्छे । शहरीया बनेकी छे, आधुनिक पहिरन छ । तर आँखाभरि आँसुको आहाल ! धेरै कर गरे पछि बल्ल उनको मुख खुल्यो, मुखसंगै बाणी पनि खुल्यो । श्रीमान बैदेशिक रोजगारको सिलसिलामा कतार पुगे । त्यसअघि नै उनलाई गाउँबाट शहर ल्याए । शहरको प्रवेशसंगै धेरै कुराको परिवर्तन ल्यायो । सुविधा ल्यायो । फोन भनेपछि कुरा गर्न मात्रै मिल्ने भन्ने लाग्थ्यो उनलाई । ११०० मोडेलको नोकियाको पनि बढुवा भएर एन्ड्रोइड फोन आयो । फोनसंगै के के आउँछ । त्यो त तपाँईलाई पनि थाहा छ । फोनसंगै फेसबुक आयो, फेसबुकले लोग्नेसंगको कुराकानी आयो । त्यसपछि भिडियो च्याट पनि आयो । दिनहुँ कुरा हुन थाल्यो, लोग्नेसंग । शरीर टाढा भए पनि फोनमै सवै कुरा भयो । श्रीमानसंग कुनै दू्री हुनु पर्ने कारण नै भएन । फेरी यी सवै श्रीमानकै करले भएका हुन । छोरीलाई नाम चलेको बोडिङ्ग स्कुलमा भर्ना गर्नु, श्रीमानले विदेशबाट भने जति खर्च पठाउनु । यहाँ मेरो सवै कुरा ठीकठाकले चलिरहेको थियो । फेसबुकमा लोग्ने मात्रै हैन, ‘लोग्ने मान्छे’हरु पनि जोडिन आए । उनीहरुसंगको सम्बादमा म पनि जोडिए । कुराकानी हुँदै जाँदा एक जना लोग्नेमान्छे लोग्ने जत्तिकै नजिक भए । सवै कुराकानी हुन्थ्यो । पछि भेटघाट पनि भयो । कुराकानी र भेटघाट हुँदैमा सबैकुरा हुन्छ भन्ने थिएन । म त्यो मामलामा सजग थिएँ । कलेज पढ्ने एक जना भाइसंग संगत पर्यो । हरकुरामा उसले सघाउँथ्यो । पछि हामी निकै नजिक भयौं पनि । मोबाइलमा कुराकानी हुन्थ्यो । मैले फेसबुक र मोबाइलमा लेखेको कुराकाहरु कहिल्यै डिलेट गरिन । पछि श्रीमान फर्किए । मेरो फेसबुक लगइन नै थियो । एकएक गरी श्रीमाने सबै कुराकानी हेरे । पुरुष हो, मनमा के के लाग्यो । अनेकौं प्रश्नहरु ममाथि खनिए । मैले सबै प्रश्नहरुको जवाफ दिएँ । मेरा जवाफभन्दा मोबाइल र फेसबुकमा लेखिएका जवाफ श्रीमानलाई विश्वासिलो लाग्यो । ममाथि कुनै विश्वास नरहेको घोषणा गरे । त्यसपछि म जे छु, तपाँईको अघि शशरीर छु । मलाई जे ठान्नुहुन्छ । ठान्नुहोस ।

पाँच लाख रुपैयाँ घुससहित सहन्यायाधीवक्ता सुरेन्द्रबहादुर थापा पक्राउ

पोखरा ।जिल्ला सरकारी वकिल कार्यालयका सहन्यायाधीवक्ता सुरेन्द्रबहादुर थापालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखराको कार्यालयबाट खटेको टोलीले पक्राउ गरेको छ ।उनी पाँच लाख रुपैयाँ घुससहित एक पक्राउ परेका हुन । उनले मुद्दा मिलाई दिने भन्दै सेवाग्राहीसँग घुस मागेका थिए। कार्यालयका सुचना अधिकारी रमेश ढकालकाअनुसार बिहान पौने ९ वजेको समयमा उनी कार्यालयबाटै पक्राउ परेका हुन । मुद्दा जितेका एक सेवाग्राहीको मुद्दा सर्वोच्च अदालतमा पुनरावेदन नगरिदिने भन्दै उनले घुस मागेको सेवाग्राहीले उजुरी दिएपछि उनी पक्राउ परेका हुन् । थापालाई हिरासतमा लिएर अनुसन्धान सुरु गरिएको ढकालले जानकारी दिए ।