बुधबारदेखि लिग पुनः शुरु हुँदै
–कुमार चौलागाई
काठमाडौँ, २३ असोज असोज १३ गतेदेखि औपचारिकरुपमा शुरु भएर बङ्गबन्धु गोल्डकप अवधिका लागि रोकिएको शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिता बुधबारदेखि पुनः शुरु हुँदैछ ।
ए डिभिजन लिग निर्देशक सञ्जिव मिश्रका अनुसार २४ गते लिग शुरु हुने र २७ गतेदेखि पुनः एक महिनाका लागि लिग स्थगित हुनेछ ।
एन्फाले २४, २५ र २६ गतेभित्र पहिलो चरणको खेल सकाउने जनाएको छ । त्यसपछि दशैँ, तिहार र छठको बिदा अवधिभर एक महिनाका लागि लिग स्थगित हुनेछ । २४ गते एउटा, २५ र २६ गते दुई÷दुई खेल हुनेछन् । असोज २४ गते मछिन्द्र क्लब र च्यासल युथ क्लबबीच खेल हुनेछ । उक्त खेल दिउँसो ३ बजे एन्फा कम्प्लेक्स सातदोबाटोमा हुनेछ ।
यस्तै असोज २५ गते फ्रेण्ड्स क्लब र थ्री स्टार क्लबबीच ११ बजे एन्फा कम्प्लेक्समा खेल हुनेछ । सोही दिन जावालाखेल युथ क्लब र नेपाल पुलिस क्लबबीच एन्फामै दोस्रो खेल हुनेछ । असोज २६ गते बिहान ११ बजे एन्फा मैदानमा हुने पहिलो खेलमा हिमालयन शेर्पा क्लब र एपिएफ तथा ३ बजे हुने दोस्रो खेलमा ब्रिगेड ब्वाइज क्लब र मनाङ मस्र्याङ्दी प्रतिष्पर्धा गर्नेछन् ।
“पहिलो चरणको खेल सकिएलगत्तै २७ गतेदेखि लिग स्थगित हुन्छ, दशैँ, तिहार, छठ लगायत महत्वपूर्ण चाडपर्व सकिएपछि मङ्सिर पहिलोसातादेखि लिगका दोस्रो चरणका खेलहरू शुरु हुन्छ”, निर्देशक मिश्रले भन्नुभयो ।
उद्घाटन खेलमा न्युरोड टिम एनआरटी र विभागीय टोली त्रिभुवन आर्मीले अङ्क बाँडेका थिए भने दोस्रो खेल सरस्वती युथ क्लबलाई पराजित गर्दै सङ्कटा क्बल विजयी भएको थियो ।
लिगका खेलहरू तेह्र चरणसम्म खेलाइनेछ । राउण्ड रोविन लिगको आधारमा हुने प्रतियोगितामा कुल ९१ खेल हुनेछन् । लिगको विजेताले रु ५० लाख, उपविजेताले रु ३५ लाख तथा तेस्रो हुनेले रु २५ लाख पाउनेछन् ।
लिगको चौथो टोलीले रु १५ लाख, पाँचौ टोलीले रु सात लाख र छैटौंले रु पाँच लाख पाउनेछन् । फेयर प्ले टिमले रु एक लाख पाउने छन् । प्रत्येक खेल जिते बापत एन्फाले क्लबलाई रु ५० हजार तथा म्यान अफ दि म्याच खेलाडीलाई रु १० हजार प्रदान गरिनेछ ।
यस्तै लिग विजेता टोलीले एएफसी एसियन कप फुटबलमा सहभागिता जनाउन पाउने लिग निर्देशक सञ्जिव मिश्रले जानकारी दिनुभयो ।
‘ए’ डिभिजन लिग चार वर्षपछि हुन् लागेको हो । पछिल्लो पटक विस २०७१ सालमा ‘ए’ डिभिजन लिग भएको थियो । लिगमा ए डिभिजनका १४ क्लब थ्री स्टार, मनाङ मस्र्याङ्दी, नेपाल पुलिस, एपिएफ, त्रिभुवन आर्मी, जावलाखेल युथ क्लब, फ्रेन्ड्स क्लब, सङ्कटा, मछिन्द्र क्लब, सरस्वती युथ क्लब, च्यासल युथ क्लब, न्युरोड टिम ९एनआरटी०, ब्रिगेड ब्वाइज र हिमालयन शेर्पा क्लबले सहभागिता जनाएका छन् ।
निवासको कप्तानीमा साफ यू–१५ टोली घोषणा
काठमाडौँ, २३ असोज ः आगामी कात्तिक ८ गतेदेखि १७ गतेसम्म काठमाडौँमा हुने साफ यू–१५ च्याम्पियनसिपका लागि २३ सदस्यीय नेपाली राष्ट्रिय फुटबल टोलीको घोषणा गरिएको छ ।
अखिल नेपाल फुटबल सङ्घ ९एन्फा०ले आज साफ यू–१५ का लागि निवास फुयालको कप्तानीमा २३ सदस्यीय टोली घोषणा गरेको हो ।
टोलीमा जान लिम्बु, प्रमेश गुरुङ, रोशन थापा, श्रीजन दानी, रोजित परियार, सुशील अधिकारी, हृदेश ठकुरी, प्रदीप लम्साल, मनाग्य नकर्मी, दिपेश गुरुङ र प्रविन मगर राकेश विक, शशाङ्क बोहरा, निराजन मल्ल, धिरज बलायर, नमास थापा, सोनम गुरुङ, रोहित शुब्बा, दिपेश राई, रोशन नेपाल, रोशन मगर र विनय श्रेष्ठ छन् । टोलीको मुख्य प्रशिक्षकको जिम्मेवारी सनोज श्रेष्ठलाई दिइएको एन्फाले जनाएको छ ।
९ सय जना किशोरीले एकै दिनमा हिंसा बिरुद्ध आवाज उठाउदै
सातौं अन्तराष्ट्रिय बालिका दिवसको अवसर पारेर असोज २५ गते देशभरिका ९ सय किशोरीहरुले एकै दिनमा हिंसा बिरुद्ध आवाज उठाउदै छन। आफ्नै सवालमा देशैभरिका सामुदायिक रेडियोमा वहस गर्ने भएका छन् । किशोरीले आफैले नेतृत्व गरेर रेडियोमा बहसमूलक कार्यक्रम गरेर समुदायमा देखा परेका बालिका र किशोरीको समस्या तथा त्यसको न्युनिकरणका लागि आफ्नो नेतृत्वमा भइरहेका पहलबारे जानकारि समेत गराउनेछन् । जसमा ३ सय किशोरी एक दिन रेडियो प्रस्तोताको भूमिकामा रहनेछन् भने प्रत्येक सामुदायिक रेडियोमा २ जना किशोरी अभियन्ता कार्यक्रमको अतिथीको रुपमा बहसमा सहभागी हुनेछन् जस अनुसार देशभरि ९ सय जना नयाँ किशोरी एकै दिन रेडियोमा प्रवेश गर्नेछन् ।
सामुदायिक रेडियोको अगुवाईमा जिल्लाका किशोरी अभियन्ताहरुलाई आमन्त्रण गरि किशोरीहरुबाटै रेडियो कार्यक्रम संचालन हुने भएको हो । समुदायमा बालबालिकाको हक हित एवं संरक्षण तथा बालिका एवं किशोरीहरुको जीवन परिवर्तन गर्न आफना् तवरबाट भूमिका निर्वाह गर्दै आएका किशोरीहरुले प्राप्त गरेका सफलता एवं सिकाइबारे आदान प्रदान गर्ने र विभिन्न निकायहरुले निर्वाह गर्नुपर्ने भूमिकाबारे कार्यक्रम केन्द्रित हुनेछ ।
प्लान इन्टरनेशनल नेपाल, सामुदायिक रेडियो प्रसारक संघ (अकोराव) र सीआईएनको संयोजनमा देशभरका सामुदायिक रेडियोको साथमा हुन लागेको कार्यक्रमले तल्लो तहसम्म किशोरीको समस्याहरुमा बहस गर्नेछ । किशोरीहरुलाई नियमित संलग्नता भन्दा फरक भूमिका बहन गराएर उनीहरुको समस्या र मुद्धाबारे सरोकारवाला निकाय र आम जनमानसमा अवगत गराउने र आगामी दिनमा पनि चेतनामूलक अभियानमा किशोरीहरुलाई जागरुक गराउनु कार्यक्रमको उद्देश्य रहेको सामुदायिक रेडियो प्रसारक संघले जनाएको छ ।
टेकओभरमा सहभागी हुँदा किशोरीहरु थप प्रेरित भई समाजमा बालिका, किशोरी र महिलाविरुद्ध हुने हिंसा, दुव्र्यवहार, विभेद जस्ता समस्या समाधानका लागि उनीहरुकै नेतृत्वमा प्रभावकारी अभियान सञ्चालन हुने अपेक्षा गरिएको छ । गत वर्ष गरिएको गल्र्स टेकओभरले किशोरीहरुको क्षमता अभिवृद्धि भई आफ्नो सवाल उठाउन सक्षम देखिएकाले यो पटक पनि उनीहरुलाई नै समावेश गराएर रेडियो कार्यक्रम गर्न लागिएको प्लान इन्टरनेशनल नेपालका राष्ट्रिय निर्देशक स्भेन कोपेन्सले बताउनु भयो । गत वर्षको टेकओभरमा सहभागी भएका झण्डै ४० जना किशोरी अहिले विभिन्न रेडियो स्टेशनमा नियमित रुपमा कार्यक्रम प्रस्तोता भई काम गरिरहेका छन् । अकोराबका अध्यक्ष सुवास खतिवडाले कार्यक्रमले नेपालमा ९ सय जना किशोरीहरुले हिंसा विरुद्ध आवाज उठाउनु आफैमा नयाँ भएको बताउनुभयो ।
चर्को स्वर गरेर प्रतिकार गर्ने हो भने पनि अपराधिको मनोबल घट्छ
यौन जन्य हिंसामा बृद्धि भएपछि पोखरामा बिभिन्न संघ संस्थाहरुले बिभिन्न कार्यक्रमको आयोजना गर्देआएका छन । कसैले कानुनी सचेतना कार्यक्रम को आयोजना गरेका छन भने कसैले यौन जन्य हिंसाका बिषयमा जनचेतना जगाइरहेका छन । सोमबार देखि इम्पावर वुमन एण्ड चिल्ड्रेन नेपालले बिद्यालयका छात्राहरुलाइ प्रदेश स्तरिय आत्मरक्षा तालिम दिन शुरु गरेको छ । राष्ट्र«का नारी हाम्रो गौरब,किशोरीको आत्मसम्मान र सुरक्षा हाम्रो अभियान भन्ने मुल नाराका साथ पोखराकोे बिन्ध्यवासिनी माबिबाट अभियान शुरु गरिएको हो । अभियनलाइ गण्डकी प्रदेशका बिभिन्न सामुदायीक र निजी बिद्यालयका साथै आबश्यकता माग भएमा आमा समुह,युवा क्लब, किशोरी सञ्जाल लगाएतका संघ संस्थामा पनि तालिम दिन सकिने संस्थाका अध्यक्ष सुमिता बस्नेतले जानकारी दिइन । बस्नेत आकस्मिक रुपमा हुने आक्रमण बाट बच्न आत्मरक्षा तालिम सहयोगी बन्ने बताउँछिन । तेक्वान्दोका सेकेन्ड डन जीवन खाँतीले प्रमुख प्रशिक्षकको रुपमा तालिम दिइरहेका छन ।तालिमले छात्राहरुमा शारिरिक र मानसकि आत्मबल बढ्ने उनले बताए। केही हदसम्म चर्को स्वर गरेर प्रतिकार गर्ने हो भने पनि अपराधिको मनोबल घट्छ, उनले भने । पोखराको बिन्ध्यवासिनी माविमा कक्षा ७ मा अध्यनरत ममता अधिकारीले कसैले हातपात गर्न खोजे कसरि प्रतिकार गर्ने भन्ने कुरा तालिम बाट सिकेको बताइ ।तालिमले आफ्नो सुरक्षा आफै गर्न आत्मबल मिलेको तालिममा सहभागी छात्राहरुले बताए ।