युएस ओपनः जोकोभिचलाई युएस ओपनको उपाधि

0

न्यूयोर्क– नोभाक जोकोभिचले जुआँ मार्टिन डेल पोट्रोलाई पराजित गरी युएस ओपन लनटेनिसको उपाधि जितेका छन् । यो जितसँगै जोकोभिचले पिट साम्प्रासको १४ ग्रान्डस्लामको रेकर्ड बराबरी गरेका छन् ।

जोकोभिचले डेल पोट्रोलाई ६–३, ७–६, ६–३ को सोझो सेटमा पराजित गरेका थिए । प्रचण्ड गर्मीका कारण यस वर्षको युएस ओपनमा खेलाडीलाई सकस परेको थियो ।

जोकोभिच यसअघि आठपटक युएस ओपनको फाइनलमा पुगेका थिए । तर उनले सन् २०११ र २०१५ मा गरी दुईपटक मात्र उपाधि जितेका थिए । उनी राफेल नाडालभन्दा तीन वटा ग्रान्डस्लामले पछि छन् भने अर्का महान खेलाडी रोजर फेडररभन्दा ६ वटा ग्रान्डस्लामको कमी छ । फेडररको नाममा हालसम्म २० वटा ग्रान्डस्लाम उपाधि जितेको रेकर्ड छ ।

उपाधि हात पारेसँगै उपस्थित दर्शकलाई सम्बोधन गर्दै पिट साम्प्रासका फ्यान जोकोभिचले भने, ‘म पिट साम्प्रासलाई प्रेम गर्दछु, तपाइँ मेरो आदर्श पुरुष हो ।’

गत वर्ष कुहिनाको चोटका कारण खेल्न नसकेका ३१ वर्षीय सर्बियाली जोकोभिच अहिलेका प्रतिभावान खेलाडी हुन् । –एएफपी

साफ च्याम्पियनसीपः नेपाललाई इतिहास रच्ने अवसर

0

–कुमार चौलागाई 
काठमाडौँ– साफ च्याम्पियनसीपअन्तर्गत पहिलो सेमिफाइलनमा नेपालले बुधबार दिउँसो ३ः४५ बजे ढाकास्थित बङ्गबन्धु रङ्गशालामा माल्दिभ्सविरुद्ध खेल्दैछ । पच्चीस वर्षे साफ च्याम्पियनसीपको इतिहासमा बुधबार हुने सेमिफाइनल नेपालका लागि इतिहास रच्ने अवसर हो ।

अहिलेसम्म सेमिफाइनलभन्दा माथि नपुगेको नेपाल माल्दिभ्सलाई पराजित गर्नसके साफ च्याम्पियनसीपमा नयाँ इतिहास कायम गर्ने सफल हुनेछ । पाँचौ पटक सेमिफाइनल खेल्न लागेको नेपाली टोलीका लागि माल्दिभ्स केही कमजोर प्रतिद्वन्द्वी देखिएको छ । यसअघि सन् १९९३, सन् १९९९, सन् १९९५, सन् २०११ मा नेपाल सेमिफाइनलसम्म पुगेको थियो ।

समूह चरणमा दुई खेल खेलेको माल्दिभ्स एकमा पराजित र एकमा बराबरी गर्दै सेमिफाइनल पुगेको हो । पहिलो सेमिफाइनलमा प्रतिस्पर्धाका लागि मैदान उत्रदै गर्दा दुवै टोलीको लक्ष्य फाइनल पुग्नु रहनेछ । नेपालको भने एक खेलमा पराजित र दुई खेलमा विजयी हुँदै सेमिफाइल पुगेको हो ।

नेपालले साफ च्याम्पियनसीपमा माल्दिभ्सलाई अहिलेसम्म पराजित भने गर्न सकेको छैन । साफ च्याम्पियनसीपमा नेपाल र माल्दिभ्स अहिलेसम्म छ पटक खेलेका छन् । जसमा चार खेल माल्दिभ्सले जितेको छ भने दुई खेल बराबरीमा सकिएको थियो । नेपालले साफमा माल्दिभ्सविरुद्ध सात गोल गर्दा १४ गोल खाएको छ ।

साफ च्याम्पियसीपको सन् २००९ र २०११ को संस्करणमा बराबरी गर्न सफल नेपाल त्यसअघि भएका संस्करणमा भने पराजित भएको थियो । नेपाल बुधबार हुने सेमिफाइनल जित्दै माल्दिभ्सविरुद्धको जितविहीन यात्राको अन्त्य गर्ने लक्ष्यमा हुनेछ । ‘धेरै वर्षपछि हामी सेमिफाइनलमा पुगेका छौँ, अब माल्दिभ्ससँंग खेल्नुपर्नेछ, माल्दिभ्स राम्रो टोली हो, उनीहरूलाई कमजोर मान्नु हुन्न’ आज बिहान ढाकामा सञ्चारकर्मीलाई सङ्क्षिप्त प्रतिक्रिया दिँदै नेपाली राष्ट्रिय टोलीका कार्यवाहक मुख्य प्रशिक्षक बालगोपाल महर्जनले भने ।

नेपालले ढाकामा मात्र माल्दिभ्सविरुद्ध चार खेल खेलेको छ । जसमा नेपालले एक जित, दुईमा बराबरी र एकमा हार बेहोरेको छ । माल्दिभ्सविरुद्ध नेपालका पूर्व स्ट्राइकर हरि खड्काले सर्वाधिक चार गोल गरेका छन् । यस्तै नवयुग श्रेष्ठको नाममा तीन गोल छ ।

नेपालले माल्दिभ्ससँग खेलेको पछिल्लो खेल सन् २०१६ को बङ्गबन्धु गोल्डकप हो । उक्त खेलमा नेपालले माल्दिभ्सलाई ४–१ ले हराएको थियो ।

दोस्रो सेमिफाइलनमा भारत–पाकिस्तान भिड्ने 

बुधबारै साँझ हुने दोस्रो सेमिफाइनलमा भारत र पाकिस्तान प्रतिष्पर्धा गर्नेछन् । सेमिफाइनलमा पुगेका चारमध्ये भारतले सर्वाधिक सातपटक तथा माल्दिभ्सले एक पटक साफ च्याम्पियनसीपको उपाधि जितिसकेका छन् ।

नेपाल र पाकिस्तान भने अहिलेसम्म सेमिफाइनलभन्दा माथि पुग्न सकेका छैनन् । पाकिस्तान १३ वर्षपछि तथा नेपाल पाँच वर्षपछि अन्तिम चारमा पुगेका हुन् ।

साफ च्याम्पियनसीप : सेमिफाइलका खेल आज, इतिहास रच्ने दाउमा

0

काठमाडौँ- बङ्गलादेशमा जारी साफ च्याम्पियनसिपअन्तर्गत आज दुवै सेमिफाइलनका खेल हुँदैछन् । आज दिउँसो पहिलो सेमिफाइनलमा नेपालले माल्दिभ्सको सामना गर्नेछ भने अर्को सेमिफाइलनमा भारत र पाकिस्तान भिड्ने छन् ।

दुवै सेमिफाइनल खेल ढाकास्थित बङ्गबन्धु रङ्गशालामा हुने अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले जनाएको छ । समूह ‘ए’को विजेता नेपालले समूह बीको उपविजेता भाल्दिभ्ससँग खेल्न लागेको हो भने समूह ‘ए’ को उपविजेता पाकिस्तानले समूह ‘बी’को विजेता भारतसँग खेल्नेछ ।

समूह चरणमा भुटानविरुद्ध ४–० गोल र बलियो बङ्गलादेशविरुद्ध २–० गोल अन्तरले विजयी भएको नेपाली टोली माल्दिम्भविरुद्ध जित हात पार्दै इतिहास रच्ने दाउमा छ ।
नेपाली राष्ट्रिय टोलीका कार्यवहाक मुख्य प्रशिक्षक बालगोपाल महर्जनले नेपाली टोली पछिल्लो समय लयमा रहेकाले फाइनल पुग्ने बताP । नेपालले माल्दिभ्सलाई हराउन सके इतिहास रच्नेछ । यसअघि नेपाल चार पटक सेमिफाइलनसम्म पुगिसकेको छ ।

नेपाल भर्सेस माल्दिभ्स : नेपालले खायो गाेल

0

काठमाडौं– साफ च्याम्पियनशिप अन्तर्गत फाइनल प्रवेशका लागि जारी खेलमा  नेपाल १–० ले पछि परेको छ।
माल्दिभ्सका लागि अक्रम आब्दुख घमीले गोल गर्दै टीमलाई अग्रता १–० को अग्रता दिलाएका हुन् ।

ढाकास्थित बङ्गबन्धु रङ्गशालामा जारी आजको खेलमा नेपालले माल्दिभ्सलाई हराउन सके इतिहास रच्नेछ ।

यसअघि नेपाल चार पटक सेमिफाइलनसम्म पुगिसकेको छ ।