मेघ गर्जनका कारण नेपाल र माल्दिभ्सबीचको खेल अवरुद्ध

0

काठमाडौं– नेपाल र माल्दिभ्सबीचको खेल मौसममा आएको खराबीका कारण अवरुद्ध भएको छ । खेलस्थल ढाकास्थित बंगबन्धु रंगशालामा ठूलो मेघ गर्जनका साथ वर्षा हुन थालेपछि खेल अवरुद्ध हुन पुगेको हो ।   २७ औं मिनेटका खेल चलिरहँदा खेल अवरुद्ध हुन पुगेकाे हाे ।

खेल अवरुद्ध हुनअघिसम्म नेपाल १–० गोलले पछाडि परेको छ ।

माल्दिभ्सका लागि अक्रम आब्दुख घमीले खेलको नऔं मिनेटमा गोल गर्दै टीमलाई १–० को अग्रता दिलाएका हुन् ।

आजको खेलमा नेपालले माल्दिभ्सलाई हराउन सके इतिहास रच्नेछ । यसअघि नेपाल चार पटक सेमिफाइलनसम्म पुगिसकेको छ ।

अवरुद्ध नेपाल र माल्दिभ्सबीचको फेरि सुरु

0

काठमाडौं– नेपाल र माल्दिभ्सबीचको रोकिएको खेल फेरि सुरु भएको छ ।

साफ च्याम्पिसनशिप खेलस्थल ढाकास्थित बंगबन्धु रंगशालामा ठूलो मेघ गर्जनका साथ वर्षा हुन थालेपछि खेल अवरुद्ध हुन पुगेको थियो ।

तर अहिले मेघ गर्जन र वर्षा रोकिएसँगै खेल पुनः सुरु भएको हो ।

२७ औं मिनेटको खेल चलिरहँदा मेघगर्जनसहित वर्षा हुन थालेको थियो । खेल करीब अाधा घण्टा राेकिन पुगेकाे थियाे

वर्षाअघि नेपाल १–० गोलले पछाडि रहेको थियो ।

माल्दिभ्सका लागि अक्रम आब्दुख घमीले खेलको नऔं मिनेटमा गोल गर्दै टीमलाई १–० को अग्रता दिलाएका हुन् ।

अहिलेसम्म सेमिफाइनलभन्दा माथि नपुगेको नेपाल माल्दिभ्सलाई पराजित गर्नसके साफ च्याम्पियनसीपमा नयाँ इतिहास कायम गर्ने सफल हुनेछ । पाँचौ पटक सेमिफाइनल खेल्न लागेको नेपाली टोलीका लागि माल्दिभ्स केही कमजोर प्रतिद्वन्द्वी देखिएको छ । यसअघि सन् १९९३, सन् १९९९, सन् १९९५, सन् २०११ मा नेपाल सेमिफाइनलसम्म पुगेको थियो ।

समूह चरणमा दुई खेल खेलेको माल्दिभ्स एकमा पराजित र एकमा बराबरी गर्दै सेमिफाइनल पुगेको हो । पहिलो सेमिफाइनलमा प्रतिस्पर्धाका लागि मैदान उत्रदै गर्दा दुवै टोलीको लक्ष्य फाइनल पुग्नु रहनेछ । नेपालको भने एक खेलमा पराजित र दुई खेलमा विजयी हुँदै सेमिफाइल पुगेको हो ।

नेपालले साफ च्याम्पियनसीपमा माल्दिभ्सलाई अहिलेसम्म पराजित भने गर्न सकेको छैन । साफ च्याम्पियनसीपमा नेपाल र माल्दिभ्स अहिलेसम्म छ पटक खेलेका छन् । जसमा चार खेल माल्दिभ्सले जितेको छ भने दुई खेल बराबरीमा सकिएको थियो । नेपालले साफमा माल्दिभ्सविरुद्ध सात गोल गर्दा १४ गोल खाएको छ ।

साफ च्याम्पियसीपको सन् २००९ र २०११ को संस्करणमा बराबरी गर्न सफल नेपाल त्यसअघि भएका संस्करणमा भने पराजित भएको थियो ।

नेपाल सेमिफानइलबाटै बाहिरियो, मालदिभ्ससँग ३–० गोलले पराजित

0

काठमाडौं । बंगलादेशमा जारी दक्षिण एसियाली फुटबल महासंघ–साफ च्याम्पियनसिप अन्तर्गत सेमिफाइनलको खेलमा नेपाल माल्दिभ्ससँग ३–० गोलले पराजित भएको छ । यो सँगै नेपाल च्याम्पियनसिपबाटै बाहिरिएको छ ।

मालदिभ्सले खेलको नवौं मिनेटमा फ्रिकिकमार्फत सुरुवाती गोल गरेको थियो । मालदिभ्सका कप्तान एक्रम अब्दुल घानीले करिब २० यार्ड टाढाबाट सेकेन्ड बार च्यापेर गरेको प्रहार गोलमा परिणत भएको हो ।

पहिलो हाफको अन्त्यतिर नेपालका कप्तान भरत खवासले खाली पोष्टमा नि गोल गर्न सकेनन । गोलरक्षकले बल फुत्काएपछि बनेको अवसरमा भरतले गोल लाइन नजिकैबाट प्रहार गरेपनि फ्रेमभित्र परेन ।

त्यस्तै खेलको ८४ औं मिनेटमा मालदिभ्सका खेलाडी इब्राहम हवाद हसानले ८४ औं मिनेटमा दोस्रो गोल गरेका थिए । उनै इब्राहमले २ मिनेटमा अर्को गोल गर्दै मालदिभ्सलाई जितको सुनिश्चित गरे ।

नेपाल साफ च्याम्पियनसिपको फाइनलमा अहिलेसम्म पुग्न सकेको छैन । मालदिभ्स भने एकपटकको विजेता, तीनपटकको उपविजेता र पाँचपटकको सेमिफाइनलिस्ट हो ।

यसअघि समूहगत चरणमा नेपालले पाकिस्तानसँग २–१ गोलले हारेको थियो भने भुटानलाई ४–० र बंगलादेशलाई २–० गोलले हराएको थियो ।

एयर होस्टसका लागि मिस एभिएसन

0

काठमाडौं – विमान परिचारिका अर्थात एयर होस्टसको प्रशिक्षण लिइरहेका तथा यो विधामा रुची राख्ने युवतीका लागि सौन्दर्य प्रतियोगिता ‘मिस एभिएसन क्विन–२०१८’ आयोजना हुने भएको छ । टच ईन्टरटेन्मेन तथा स्पर्श फिल्मस्ले पहिलो पटक ‘मिस एभिएसन क्विन–२०१८’ आयोजना गर्ने घोषणा गरेको हो ।
असोज महिनाको अन्तिम साता आयोजना हुने उक्त प्रतियोगिताको ग्राण्ड फिनालेका लागि काठमाडौंमा अडिसन कार्यक्रम आयोजना गरिएको छ । अडिसनबाट २० जना युवतीहरु छनोट भएको आयोजक संस्थाकी विजया शाहले बताएकी छिन् ।

अडिसनमा साहारा एयरलाइन्सका सिईओ आलोक भट्टराई, बुद्ध एयरका मार्केटिङ मेनेजर बिनिता थापा, नेपाल एयरलाइन्सका क्याबिन क्रू दायमन्ती किरा“त, पूजा सिलवाल, हास्य अभिनेता गोपाल ढकाल छन्दे तथा डिजे शिशिर निर्णायक रहेका थिए ।

१८ देखि २४ वर्ष उमेर समुहका युवतीहरुले यो प्रतियोगितामा भाग लिएका छन् । प्रतियोगिताका इभेन्ट मेनेजर जोर्डन राजभण्डारीका अनुसार छनोट भएका युवतीहरु यसै सातादेखि प्रशिक्षणमा व्यस्त भएका छन् ।

प्रतियोगीतामा उत्कृष्ट हुने तथा सबै प्रकृया पुग्ने एक जनाले नगदसहित एउटा प्रतिष्ठित एयरलाइन्समा जागिरको व्यवस्था गरिने आयोजक संस्थाले जनाएको छ ।