जसिता र प्रदीपको लभ स्टेशन ५ असोजबाट फ्लोरमा
काठमाडौं– ‘लिलीविली’ जोडी प्रदीप खड्का र जसिता गुरुङको अभिनय रहने चलचित्र ‘लभ स्टेशन’ आगामी ५ असोजबाट छायांकनका लागि फ्लोरमा निस्कने भएको छ । निर्माण ब्यानर काफिया फिल्मस्ले सोमबार राजधानीमा एक कार्यक्रम गर्दै चलचित्रको बिभिन्न पक्षबारे जानकारी दिएको हो ।
दार्जिलिङ देखि छायाँकन सुरु गरिने यो चलचित्रको निर्देशन उज्ज्वल घिमिरेले गर्दैछन् । कार्यक्रममा चलचित्रमा आवद्ध कलाकार तथा प्राबिधिकको जानकारी समेत दिइयो । प्रदीप र जसितासँगै मिस सिलगुढी श्रद्धा क्षत्री, निरुता सिंह, सरोज खनाल, प्रकाश शाह लगायतको अभिनय रहने चलचित्रको नाम ठाउँको आधारमा जुर्याइएको निर्देशक घिमिरेले बताए । ‘प्रदीप र जसिताको जोडी चलचित्रका लागि उपयुक्त भएकोले यो चलचित्र बन्न लागेको हो’ घिमिरेले थपे ‘चलचित्रको कथा पनि मेरै हो ।’ चलचित्र आफ्नो ड्रिम्स् प्रोजेक्सट भएको घिमिरेले खुलाए ।
स्क्रिप्ट राम्रो र सिनियर निर्देशक घिमिरेसँग काम गर्न पाउँदा आफु खुसी रहेको अभिनेता प्रदीपले बताए । उनले पारिवारिक प्रेमकथामा आधारित ‘लभ स्टेशन’ बिगतका चलचित्र भन्दा उत्कृष्ट बन्ने बताए । अभिनेत्री जसिताले पनि उज्ज्वल घिमिरे आफ्नै सफल निर्देशक भएकोले उहाँसँग काम गर्ने चाहना पहिले देखिनै रहेको बताइन् । उनले काफिया फिल्मस्ले फेरि आफुलाई प्रदीपको जोडीको रुपमा चयन गरेकोमा हर्सित रहेको सुनाइन् ।
गोविन्द शाही प्रस्तुतकर्ता रहेको चलचित्र दार्जिलिङपछि कालिङपोङ, सिक्किम, फिक्कल लगायतका स्थानमा छायाँकन हुनेछ । ४५ दिन छायाँकन अबधि तय गरिएको चलचित्र आगामी फागुनको अन्तिम साता प्रदर्शनमा आउने निर्माता गोबिन्द शाहीले बताए ।
आलोक शुक्लाको छायाँकन रहने लभ स्टेशनमा शम्भुजीत बासकोटा, दीपक शर्मा, राजनराज शिवाकोटी र एलिश कार्कीको संगीत रहने छ । दार्जिलिङका उमेश थापा लाईन प्रोड्युसर रहेको यो चलचित्रका निर्माण नियन्त्रकमा राजेन्द्र रावल छन् । लभ स्टेशनलाई काफिया फिल्म्स्को व्यानरमा काफिया शाही (क्रिसु) र कविर बिक्रम शाहीले निर्माण गर्न लागेका हुन् ।
देशदेखि विदेशसम्म यस्तो हुनेछ सेलिब्रेटीको तीज
यतिबेला महिला दिदीबहिनीलाई तीजको रौनकले छोइसकेको छ । हिन्दु नारीहरूको महत्वपूर्ण चाड पनि हो तीज । तीजमा दर खाने, खुसी साटासाट गर्नेदेखि उपहार आदान–प्रदान गर्नेसमेत गर्दछन् । यो तीजको रौनकले केहीलाई महिना दिन अगाडिदेखि नै छोएको छ भने कोही कामको चटारो मिलाएर तीज मनाउनतिर लागेका छन् । यो तीजले हाम्रा केही सेलिब्रेटीलाई व्यस्तसमेत बनाएको छ भने कोहीले परिवारसँग तीज मनाउन फुर्सदसमेत निकालेका छन् । के छन् कलाकार अर्थात् सेलिब्रेटीका तीज योजना उनीहरूकै शब्दमा ।
सञ्चिता लुइँटेल (अभिनेत्री)
विगतका वर्षहरूको तुलनामा यस पटकको तीज मेरो स्पेसल भइरहेको छ । दुई साता अगाडिदेखि नै म दरखाने कार्यक्रममा सहभागी भइरहेकी छु । तीजका विभिन्न उपहारसमेत हात परेका छन् । तीजको दिन व्रत बसेर घर नजिकको मन्दिरमा पुगेर महादेवको दर्शन गरेपछि यस पटकको तीज अझ स्पेसल हुने मेरो धारणा रहेको छ ।
दीपाश्री निरौला (अभिनेत्री निर्देशक)
तीज विशेष चाड लाग्छ । तीजका लागि आवश्यक सबै ड्रेस ब्याङ्क्वेटले दिन्छ । त्यसैले सपिङ गर्नुपरेको छैन । व्रत पहिले पनि बस्थे । यो पटक पनि बस्छु ।
साहिमा श्रेष्ठ (गायिका)
तीज मेरो मनपर्ने चाड हो । तर पनि तीजका लागि भनेर मैले खासै सपिङ गरेकी छैन । एक सारी र केही सुन किनेकी छु । दिदीबहिनी, साथीभाइसँग नाचगान गर्ने, मन्दिर जाने यस्तै यस्तै होला यस पटकको मेरो तीज ।
शिल्पा पोखरेल (अभिनेत्री)
एक प्रोजेटको सिलसिलामा तीजमा म भारत हुनेछु । भारतमै तीज मनाउँछु । भारतमा भए पनि त्यहाँका नेपाली दिदीबहिनी नचाउने छु । आफू पनि उनीहरूसँगै नाच्ने छु । यो तीज भारतमा मनाउने भएकाले पनि मेरा लागि सम्झना योग्य हुनेछ । तीजका लागि केही सपिङ समेत गरेकी छु ।
सरिता लामिछाने (अभिनेत्री)
तीजका लागि भनेर म कहिल्यै पनि धेरै सपिङ गर्दिनँ । आफ्नो संस्कार र संस्कृतिको रूपमा लिएको तीज सरल तरिकाले मनाउन मनपर्छ । म विवाीित नारी भएकाले पहिलेदेखि नै व्रत बस्दै आएकी छु । तर यस पटक बस्दिनँ होला । अहिले मेरो स्वास्थ्यमा समस्य देखिएको छ । यो समय व्रत बस्नु लाभदायक हुँदैन । यस पटकको तीज मेरा लागि नआएको जस्तो लागेको छ । मन दुखाउने तीज फिल भएको छ । हजुरआमादेखि साना नानीसम्म बलात्कृत भएको समाचारले अहिलेको तीज राम्रो महशुस भएको छैन ।
एन्जेला रेग्मी (गायिका)
तीजका लागि भनेर यो वर्ष आफैले एक तीज गीत पनि ल्याएकी छु । कार्यक्रमहरू थुप्रै छन् । भ्याई नभ्याई छ । तीजकै दिन चितवनमा कार्यक्रममा छ । त्यसमा सहभागी हुन्छु । तीजका लागि भनेर स्पेसल सपिङ केही गरेकी छैन । हल्काफुल्का सपिङ भने गरेको छु । तीजको व्रत अहिलेसम्म बसेको पनि छैन । यस पटक पनि धेरै कार्यक्रम भएकाले बस्दिनँ । आफ्नो मनको साथीका लागि व्रत बस्ने हो । व्रतले स्वास्थ्यलाई पनि राम्रो गर्छ भन्ने मेरो धारणा छ ।
खुस्बु खड्का (अभिनेत्री)
तीजका लागि भनेर सारी किनेकी छु । तीज मेरो मनपर्ने चाड हो । म पहिलेदेखि नै तीजको व्रत बस्दै आएकी छु । व्रत बस्ने, आमाले पकाको दर खाने, मन्दिर जाने र दिदीबहिनीहरूसँग नाचगान गरेर तीज भव्य बनाउने सोचेकी छु । हेरौँ के हुन्छ ।
भूमिका गिरी (लोक गायिका)
तीज हिन्दु नारीहरूको महान चाड हो । म पनि नारी भएकाले तीज विशेष लाग्छ । देश विदेशमा आयोजना हुने विभिन्न कार्यक्रममा सहभागी हुनु पर्ने भएकाले मैले तीजका लागि साडीहरू सपिङ गरेकी छु । व्रत बस्दिनँ । केही दिन पहिले दुबईको तीज कार्यक्रममा सकेर अहिले जापान आएकी छु । जापान निवासी नेपाली दिदीबहिनीहरूसँग तीज रमाइलो गर्न मनाउँछु ।
रजनी केसी (अभिनेत्री)
तीज मेरो मनपर्ने चाडमध्येको एक हो । यो चाडमा विशेष पनि लाग्छ । अहिले देशबाहिर भएको कारण यो वर्ष तीज आफन्तसँग मनाउन पाउँदिनँ । विदेशमा भए पनि धेरै कार्यक्रममा सहभागी हुनपर्ने छ । तीजका लागि भनेर स्पेसल ड्रेस सारी किनेकी छु । सारी लगाएर मज्जाले नाच्ने योजना छ । धार्मिक आस्थाका लागि व्रत बस्दै आएकी छु । व्रतले आफ्नो स्वास्थ्य पनि राम्रो हुन्छ भन्ने मेरो धारणा छ ।
अञ्जु निरौला (मोडल)
तीजका लागि भनेर खासै सपिङ गरेकी छैन । तीज मेरो मनपर्ने चाडमध्येको एक हो । मैले जानेबुझेदेखि नै तीजको व्रत बस्दै आइरहेकी छु । आफूभन्दा ठूला दिदी, आमालगायतले व्रत बसेको देखेर म पनि बस्न थालेकी हुँ । दिदी बहिनी, आमाहरूसँग नाचगान गर्ने, मन्दिर जाने, दर खाने यस्तै यस्तै छ योजना ।
निरु खड्का (अभिनेत्री)
तीजकै लागि भन दिदीहरू तथा आफ्ना लागि चुरा र सारीहरू किनेकी छु । आआफ्नो काममा ब्यस्त हुने हामी सबैलाई यो चाडले भेटघाटको अवसर पनि जुराउने गर्दछ । यसकारण पनि तीज विशेष लाग्छ । धेरै तीज कार्यक्रममा बोलाएका छन् । भ्याई नभ्याई छ । भ्याएसम्म पुग्छु । व्रत बस्छु । नाचगान गर्छु ।
सरिता प्रजाप्रती (गायिका)
तीज भनेपछि निकै रमाइलो लाग्छ । १५ वर्षको उमेरदेखि तीज विशेष तवरले बनाउँदै आएकी छु । म शिवजी भक्त पनि हुँ । श्रीमानको आयु लामो होस् भनेर व्रत बस्ने चलन मलाई राम्रो लाग्छ । तीजका लागि ब्याग जुत्ता किनिसकेकी छु । अन्य केही किन्न बाँकी छ । आझ त्यो पनि सकाउँछु । तीज भन्दैमा म दिनभर खाली पेट बस्दिनँ । स्वास्थ्यमा समस्या आउने भएकाले फलफूल खान्छु । तीजको दिन गीत गाएर दिदी बहिनी र साथीहरूलाई नचाउँछु ।
अश्लेषा ठकुरी (अभिनेत्री)
तीजकै लागि भनेर मैले पनि ‘स्वमीज्यू..’ बोलको गीत निकालेकी छु । विभिन्न कार्यक्रममा बोलाएका छन् । गएर त्यही गीत गाउँछु, नाच्छु र अरूलाई पनि नचाउँछु । व्रत बस्छु, मन्दिर गएर भगवानको दर्शनसमेत गर्छु ।
ज्योती मगर (गायिका)
तीज मेरो मनपर्ने चाड हो । पहिले व्रत बस्थेँ । अहिले बस्दिनँ । भगवानसँग केही माग्नु पनि छैन । सबै पुगेको छ । सबै दिइसक्नु भएको छ । तीजका लागि सपिङ गर्नु पर्दैन । किनभने तीजको गीतको भिडियो सुटिङका लागि केही पहिले धेरै सपिङ गरेकी छु । पहिले जस्तो रमाइलो यो वर्ष लागेको छैन । म भारतको सिमला कार्यक्रमको लागि जाँदै पनि छु ।
दीपिका प्रसार्इं (अभिनेत्री)
तीज पहिलेदेखि नै मनपर्ने चाड हो । तीजको लागि भनेर विशेष केही सपिङ गरेकी छैन । सुटिङका लागि जहिले पनि सपिङ गरिरहेकी हुन्छु । दरखाने, साथीहरू, दिदीबहिनी र आफन्तसँग नाचगान गर्ने, मन्दिर जाने योजना छ । अन्य त्यस्तो खास योजना बनाएकी छैन ।
सिलु भट्टराई (गायिका)
बिनाअर्थको खर्च मलाई खासै मन पर्दैन । आफूसँग जे छ, त्यसमै रमाइलो गर्न मनपर्छ । गतवर्ष किनेको साडी यो वर्ष पनि लगाउँछु । व्रत बस्दैमा सबै कुरा पूरा हुन्छ भन्ने होइन । साँचो मनले गरेको हरेक काम कुरा पूरा हुन्छ । केही नखाई व्रत बस्नुपर्छ भन्ने मलाई लाग्दैन । हामी कलाकार कामले हिँडिरहनुपर्ने हुन्छ । त्यसैले योजना बनाएकी छैन ।
लक्ष्मी आचार्य (गायिका)
यो तीज स्वदेशमै मनाउने विचारमा छु । तीजका कार्यक्रमहरूको भ्याई नभ्याई निम्तो छ । सायद बिजी पनि हुन्छु । आफ्नो दिदी बैनीहरूसँग मज्जाले नाच्छु । तीजका लागि पनि विशेष सपिङ गरेकी छु । व्रत बस्छु । यो चलन राम्रो लाग्छ । अरूका लागि भन्दा पनि आफ्नो खुसीका लागि व्रत बस्दै आएकी छु । व्रत बस्न थालेको पनि झन्डै ६ वर्ष भयो । वर्ष दिनमा एक पटक आउने यो चाड मलाई मनपर्छ ।
‘विवाह नामको संस्थामा समाजले महिलाहरुलाई कमजोर बनाएको छ’
एजेन्सी । भारतीय अभिनेत्री कल्की कोचलिनको विचारमा समाजले ‘विवाह’ नामको संस्थालाई यसरी बनाएको छ कि यसमा महिलालाई कमजोर रुपमा हेरिन्छ ।
कल्कीले शैली चोपडा तथा मेघना पन्तद्वारा लिखित किताब ‘फेमनिस्ट रानी’को विमोचन समारोहमा बोल्ने क्रममा यी कुरा बताएकी हुन् । उनले विवाहबारे थप बोल्दै एक महिलाको लागि विवाहलाई लिएर रहेको ‘सबैभन्दा ठूलो समस्या’ भनेको योसँग जोडिएर आउने ‘स्वामित्व’को विचार हो भनिन् ।
कल्की र अर्का फिल्मकर्मी अनुराग कश्यपले सन् २०११ मा विवाह गरेका थिए तर, दुई वर्ष पछि दुई अलग भएका थिए र सन् २०१५ मा दुईको सम्बन्धविच्छेद भयो ।
उनका अनुसार विवाहपछि उनलाई तब मात्र कतै आमन्त्रित गरिन्थो जब अनुरागलाई आमन्त्रित गरिन्थ्यो । मानिसहरु उनलाई ‘अनुरागको पत्नी’ भन्थे तर अनुरागलाई कहिल्यै पनि ‘कल्कीको पति’ भन्दैनथे ।
त्यही कारण विवाह नामको संस्थाले महिला कमजोर बनाउने बताइन् । यहाँसम्म कि पतिले चाहँदा पनि ऊ कमजोर नै महिला रहन्छिन् ।
उनले समाजले यो संस्थालाई यही हिसाबमा नै बनाएको जिकिर गरिन् ।
कल्कीले कुनै पनि सम्बन्धलाई सफल बनाउन इमान्दारीता र स्वतन्त्रता आवश्यक हुने बताइन् ।
कल्कीले सम्बोधनको क्रममा सम्बन्धविच्छेद पछि आफू कुन प्रक्रियाबाट गुज्रेको पनि खुलाइन् ।
उनले भनिन्, “मैले आफैलाई लामो समयसम्म एक्ली पाए । मलाई जसरी पनि त्यो खालीपन भर्नु थियो । म आफूभित्रको खालिपनलाई कुनै प्रकारको पागलपनबाट वा रक्सी सेवनबाट वा हरेक समय मानिसहरुबाट घेरिएर भर्न चाहन्न थिएँ । मैले आफैलाई भर्नको लागि अन्तरमुखी बाटो चुने र घरमा रहनुको साथै परिवारका सदस्यहरुसँग बढी समय बिताउन थालेँ । अहिले सम्झिदाँ म त्यो खालको यात्राबाट गुज्रिएकोमा खुसी छु ।’
कार्यक्रमको दौराना कल्कीले आफ्नो फिल्मी करिअर र फेमिनिज्मबारे पनि कुरा गरिन् । उनले सबै मानिसहरु समान भएको र एकअर्कोलाई सम्मान गर्नु पर्ने बताइन् ।
उनले भनिन्, “हामी एक पितृसत्तात्मक समाजमा छौँ । यही कारण ‘फेमिनिज्म’ शब्दलाई पितृसत्ताको विरुद्ध प्रयोग गरिन्छ तर फेमिनिज्मको मतलब बराबर हुनुसँग रहेको छ । मलाई ‘समानतावादी’ शब्द प्रयोग हुनुपर्छ लाग्छ किनकी यस सबै मानिसहरुलाई बराबार भएको र एकअर्कोको लागि सम्मान गर्ने कुरा गर्छ ।”
मार्गरिटा अफ अ स्ट्र, द्याट गर्ल इन यल्लो बुट्स र वेटिंगजस्ता फिल्महरुमा गैर–परम्परिक भूमिका निभाउने यी अभिनेत्रीले आफ्नो गैर–परम्परागत भूमिकाको रोजाईले आफूले सिनेमा र वास्तविक जीवनमा कुनै ठूलो मुल्य चुकाउन नपरेको बताइन् ।
कामना फिल्म अवार्ड : मनोनयन सूची सार्वजनिक
काठमाडौं –कामना प्रकाशनले सिजी कामना फिल्म अवार्ड्सको चौथो संस्करणको मनोनयन सूची सार्वजनिक गरिएको छ ।
०७४ साल १ वैशाखेदेखि चैत मसान्तसम्म सार्वजनिक रुपमा प्रदर्शनमा आएका चलचित्रमध्यबाट निर्णायक मण्डलले उत्कृष्ट ५ मनोनयनको सूची सार्वजनिक गरेको हो ।
३१ विधामा प्रदान गरिने चौथो संस्करणको सिजी कामना फिल्म अवार्डस् २०७५ अन्र्तगत सर्वोत्कृष्ट चलचित्र विधामा ब्लाइन्ड रक्स, घामपानी, कृ, लीली बीली र शत्रु गते मनोयनमा परेका छन्, भने निर्देशकमा दीपाश्री निरौला, मिलन चाम्स, नवल नेपाल, प्रदीप भट्टराई र सुरेन्द्र पौडेल मनोनयनमा परेका छन् ।
त्यसैगरी अभिनेता तर्फ दीपकराज गिरी, दयाहाङ राई, सौगात मल्ल, अनमोल केसी, प्रदीप खड्का र पुष्प खड्का मनोनयमा छन् भने अभिनेत्री तर्पm बेनिषा हमाल, मेनुका प्रधान, नीता ढुंगाना, प्रियंका कार्की, सारा सिरपाली र शिल्पा पोखरेल मनोनयमा परेका छन् ।
मनोयनमा सूचिमा छक्का पञ्जा २ सर्वाधिक धेरै १५ विधाको मनोनयनमा परेको छ । कृ १३ र ए मेरो हजुर २ एघार विधाको मनोयनमा परेका छन् । यसैगरी लिलीबिली १० विधाको मनोनयमा परेको छ ।
अवार्डमा चलचित्र क्षेत्रमा पु¥याएको योगदानको आधारमा १ लाख रुपियाँ नगदसहित कीर्तिमय दीर्घ योगदान सम्मान ९लाइफ टाइम अचिभमेन्ट अवार्ड०, निर्णायक मण्डलको आधारमा जुरी अवार्ड प्रदान गरिनेछ । संगीत, फेशन र नाट्य विधामा सिजी क्रिटिक्स अवार्ड पनि प्रदान गरिनेछ । उत्कृष्ट ५ को मनोनयमा परेका ९ लोकप्रिय विधामा एसएमएस भोटिङको व्यबस्था गरिएको छ । ती ९ विधामा ९० प्रतिशत अंक निर्णायक मण्डल र १० प्रतिशत अंक एसएमएस भोटिङबाट मिलाई विजेता चयन आयोजकले जनाएको छ ।
चौथो संस्करणको सिजी कामना फिल्म अवार्डस् २०७५ समग्र फिल्म क्षेत्र र फिल्मकर्मीमा समर्पित हुने अवार्ड आयोजकले जनाएको छ ।
उत्कृष्ट ५ को मनोनयन सूची
विधाः सर्वोत्कृष्ट चलचित्र
ब्लाइन्ड रक्स
घामपानी
कृ
लीली बीली
शत्रु गते
विधाः सर्वोत्कृष्ट निर्देशक
दीपाश्री निरौला – छक्का पञ्जा २
मिलन चाम्स – लीली बीली
नवल नेपाल – मंगलम
प्रदीप भट्टराई – शत्रु गते
सुरेन्द्र पौडेल – कृ
विधा ः सर्वोत्कृष्ट नवनिर्देशक
झरना थापा – ए मेरो हजुर २
नवराज बुढाथोकी – भुइँमान्छे
घामपानी – दिपेन्द्र लामा
पुर्णेन्दु झा – संरक्षण
आर। राजवंशी – शेरबहादुर
विधा ः सर्वोत्कृष्ट अभिनेता
दीपकराज गिरी – छक्का पञ्जा २
दायाहाङ राई – घामपानी
सौगात मल्ल – झ्यानाकुटी
अनमोल केसी – कृ
प्रदीप खड्का – लीली बीली
पुष्प खड्का – मंगलम
विधाः सर्वोत्कृष्ट अभिनेतृ
बेनीषा हमाल – ब्लाइन्ड रक्स
मेनुका प्रधान – शेरबहादुर
नीता ढुंगाना – पञ्चायत
प्रियंका कार्की – शत्रु गते
सारा सिरपाली – पिंजडा ब्याक अगेन
शील्पा पोखरेल – मंगलम
विधा ः सर्वोत्कृष्ट नवअभिनेता
सलीनमान बानीया – ए मेरो हजुर २
स्वरुपपुरुष ढकाल – छक्कापञ्जा २
आशीरमान देशराज श्रेष्ठ जोशी – ग्याङस्टर ब्लुज
सुरज पाण्डे – लभ लभ लभ
शारुक ताम्राकार – रानी
विधा ः सर्वोत्कृष्ट नवअभिनेत्री
अदिती बुढाथोकी – कृ
दिपीका प्रसाईं – ऐश्वर्य
जसिता गुरुङ – लीली बीली
सारा सिरपाली – रुद्र
सीपोरा गुरुङ – भुइँमान्छे
विधाः सर्वोत्कृष्ट सहअभिनेता
सलोन बस्नेत – ए मेरो हजुर २
जितु नेपाल – छक्का पञ्जा २
प्रमोद अग्रहरी – संरक्षण
शिवहरी पौडेल – शत्रु गते
रविन्द्र झा – शेरबहादुर
विधाः सर्वोत्कृष्ट सहअभिनेतृ
अनु शाह – कान्छी
वर्षा राउत – छक्का पञ्जा २
मिथिला शर्मा – आधा लभ
रोजीषा शाही – ग्याङस्टर ब्लुज
रुपा राना – कृ
विधाः सर्वोत्कृष्ट खलपात्र
अनुपविक्रम – शाही कृ
विपीन कार्की – नाका
प्रशान्त ताम्राकार – ऐश्वर्य
पुकार भट्टराई – पिंजडा ब्याक अगेन
रमेश रञ्जन झा – संरक्षण
विधा ः सर्वोत्कृष्ट हास्य कलाकार
केदार घिमिरे – छक्का पञ्जा २
जयनन्द लामा – छक्का पञ्जा २
बुद्धी तामाङ – दुई रुपैंया
राजाराम पौडेल – म यस्तो गीत गाउँछु
शिवहरी पौडेल – शत्रु गते
विधा ः सर्वोत्कृष्ट बालकलाकार
अनुभव रेग्मी – ए मेरो हजुर २
विनोद मगराती – आधा लभ
पिंजडा ब्याक अगेन – कुशाग्र भट्टराई
सौरभ शाह – कृ
स्वदीता सापकोटा – भुइँमान्छे
विधा ः सर्वोत्कृष्ट कथा
नवराज बुढाथोकी – भुइँमान्छे
यम थापा – ब्लाइन्ड रक्स
दिपेन्द्र लामा – घामपानी
प्रदीप भारद्वाज – झ्यानाकुटी
शिवम अधिकारी – पञ्चायत
विधा ः सर्वोत्कृष्ट पटकथा
दीपकराज गिरी – छक्कापञ्जा २
दीपकराज गिरी÷प्रदीप भट्टराई – शत्रु गते
नवल नेपाल – मंगलम
नवराज बुढाथोकी – भुइँमान्छे
लीली बीली – प्रदीप भारद्वाज
विधा ः सर्वोत्कृष्ट संवाद
दीपकराज गिरी÷जितु नेपाल÷केदार घिमिरे÷अभिमन्यु निरबी – छक्कापञ्जा २
गोविन्द फुयाँल÷नवल – नेपाल मंगलम
हरिवंश आचार्य÷प्रदीप भट्टराई – शत्रु गते
नवराज बुढाथोकी – भुइँमान्छे
शिवम अधिकारी – पञ्चायत
विधा ः सर्वोत्कृष्ट गीतकार
अर्जुन पोखरेल – तिमी रोएको पल÷ऐश्वर्य
धिरेन्द्र प्रेमर्षी – सम्झनाको सारंगी÷संरक्षण
डा। कृष्णहरी बराल – ए मेरो हजुर÷ए मेरो हजुर २
कालीप्रसाद बास्कोटा÷सबिन एकतारे –अजम्बरी÷ग्यांग्स्टर ब्लुज
मुक्त उदास – तिमी नी आधा÷पिंजडा ब्याक अगेन
विधाः सर्वोत्कृष्ट संगीतकार
बसन्त सापकोटा – मलाई आँखामा÷ए मेरो हजुर २
अर्जुन पोखरेल – तिमी रोएको पल÷ऐश्वर्य
हरी लम्साल – उड्यो मन÷ब्लाइन्ड रक्स
राजनराज शिवाकोटी – कुटुमा कुटु÷दुई रुपैंया
दीपक शर्मा – पर्ख पर्ख÷मंगलम
विधाः सर्वोत्कृष्ट पाश्र्वगायक
कालीप्रसाद बास्कोटा – ओडौंला पिरतीको÷शत्रुगते
कृष्ण काफ्ले – पर्ख पर्ख÷मंगलम
सुगम पोखरेल – भन्छु आज÷म यस्तो गीत गाउँछु
सुगम पोखरेल – तिमी रोएको पल÷ऐश्वर्य
स्वरुपराज आचार्य – सम्झनाको सारंगी÷संरक्षण
विधाः सर्वोत्कृष्ट पाश्र्वगायिका
अञ्जु पन्त – भन्छु आज÷म यस्तो गीत गाउँछु
बानिका प्रधान –उड्यो मन÷ब्लाइन्ड रक्स
विन्दु परियार – पर्ख पर्ख÷मंगलम
मेलिना राई – कुटुमा कुटु÷दुई रुपैयाँ
मीना निरौला – रुपै मोहनी÷शत्रु गते
विधाः सर्वोत्कृष्ट नृत्य निर्देशक
कविराज गहतराज – आँखैमा÷ ए मेरो हजुर २
कविराज गहतराज – इन्जीन गाडीमा÷लीली बिली
कविराज गहतराज – कुटुमा कुटु÷दुई रुपैयाँ
कविराज गहतराज – पर्ख पर्ख÷मंगलम
मिलन चाम्स – उड्यो मन÷ब्लाइन्ड रक्स
विधाः सर्वोत्कृष्ट द्वन्द निर्देशक
चन्द्र पन्त – कृ
हिमाल केसी – संरक्षण
हिमाल केसी – पिजंडा ब्याक अगेन
रोशन श्रेष्ठ – छक्का पञ्जा २
सम्राट थापा – ग्याङस्टर ब्लुज
विधाः सर्वोत्कृष्ट छायांकन
सञ्जय लामा – ए मेरो हजुर २
दीर्घ गुरुङ – छक्का पञ्जा २
पुरुषोत्तम प्रधान – कृ
सुदीप बराल – लीली बीली
सञ्जय लामा – म यस्तो गीत गाउँछु
विधा ः सम्पादन
अर्जुन जीसी – लीली बीली
बनीष शाह – ए मेरो हजुर २
बिपीन मल्ल – छक्का पञ्जा २
सन्दिप अधिकारी÷बनीष शाह – कान्छी
सुरेन्द्र पौडेल – कृ
विधा ः पाश्र्वसंगीत
शैलेश श्रेष्ठ – ए मेरो हजुर २
सुजिल कर्मचार्य – छक्का पञ्जा २
शैलेश श्रेष्ठ – कृ
एलिष कार्की – लीली बिली
सैलेश श्रेष्ठ – म यस्तो गीत गाउँछु
विधा ः ध्वनी मिश्रण
उत्तम न्यौपाने – ए मेरो हजुर २
सुनयमान श्रेष्ठ – छक्का पञ्जा २
उत्तम न्यौपाने – कृ
मुकेष शाह – लीली बिली
सुनयमान श्रेष्ठ – संरक्षण
विधा – श्रृंगार
अमृत मरहठ्ठा – पञ्चायत
सीजी थापा – भुइँमान्छे
निमा लामा – कृ
शंकर थापा – घामपानी
श्याम बराल – छक्का पञ्जा २