नेपाल आउँदै बलिउड अभिनेता गोबिन्दा
काठमाडौँ — बलिउड अभिनेता गोबिन्दा नेपाल आउने भएका छन् । आइतबार राजधानीमा आयोजना हुने ‘एलजी सिनेमा सर्कल अवार्ड’को लागि उनी नेपाल आउने भएका हुन् ।
अवार्डमा पाहुनको रुपमा उनले सहभागी जनाउने अवार्डका अध्यक्ष दिनेश डिसीले बताए ।
डिसीका अनुसार गोबिन्दा शनिबार नेपाल पाउनेछन् । तीन दिनको भ्रमणका लागि नेपाल आउन लागेका गोबिन्दाले अवार्डमा बरिष्ठ निर्देशक किशोर रानालाई लाइफटाइम अचिभमेन्ट अवार्ड दिने कार्यक्रम रहेको छ ।
राना र बलिउड अभिनेता गोविन्दा पुरानै साथी हुन् । १५ वर्ष मुम्बईमा बिताएका किशोरले हिन्दी फिल्मसँगै भोजपुरी फिल्ममा समेत काम गरेका थिए । राना अहिले मृगौला रोगबाट पिडित छन् ।
अवार्डको अलवा गोविन्दाको पशुपतिनाथको पूजा गर्ने कार्यक्रम समेत रहेको बुझिएको छ ।
‘छक्का पञ्जा ३’को यस्तो छ नयाँ गीत ‘उमेर ढल्किन्छ… ’
काठमाडौं – दीपाश्री निरौला निर्देशित चलचित्र ‘छक्का पञ्जा ३’को नयाँ गीतसार्वजनिक भएको छ । दिपकराज गिरी, दीपिका प्रसाई, जीतु नेपाल, केदार घिमिरे र बुद्धी तामाङ लगायतको अभिनय देख्न सकिने गीत नवलपरासी स्थित सास्वत धाममा छायाँकन गरिएको छ ।
निशान भट्टराई र एन्जिला रेग्मीको स्वर रहेको गीतमा अर्जुन पोखरेलको संगीत रहेको छ भने शब्द पोखरेल र दिपकराज गिरीले लेखेका हुन । गीतमा महाराज थापाले संगीत संयोजन, कबिराज गहतराजको कोरियोग्राफी, पुरुषोत्तम प्रधानको छायाँकन र बिपिन मल्लको सम्पादन रहेको छ ।
प्रियंका कार्की, स्वस्तिमा खड्का र वर्षा राउतले अतिथी भुमिका निर्बाह गरेको चलचित्रको यस अगाडि सार्वजनिक ‘पहिलो नम्बरमा ’बोलको गीतले छोटो समयमै करोड बढी दर्शक पाइसकेको छ ।
दिपकराज गिरीको कथा र पटकथा रहेको चलचित्रको सम्बाद दिपकका साथै, जीतु नेपाल, केदार घिमिरे र यमन श्रेष्ठले लेखेका हुन । दशैमा प्रदर्शन हुने भनिए पनि अहिले सम्म चलचित्रको रिलिज डेट तोकिएको छैन ।
सुमन गिरी, शिबहरी पौडेल, किरण केसी, पुरुषोत्तम प्रधान, दिपेन्द्र खनिया, केदार घिमिरे, जितु नेपालका साथै दिपक राज गिरी र दिपाश्री निरौलाले मिलेर चलचित्र बनाएका हुन् ।
विदेशमा ‘रामकहानी’
काठमाडौं – गत शुक्रबारबाट प्रदशर््नमा आएको चलचित्र ‘रामकहानी’ यूरोप, अष्ट्रेलिया र अमेरिका लगायत देशमा रिलिज हुन लागेको निर्देशन सुदर्शन थापाले जानकारी दिएका छन् ।
चलचित्र सेप्टेम्बर १६ मा अमेरिकाको बोष्टनमा हुँदैछ । यसपछि अमेरिकाका विभिन्न राज्यमा यो चलचित्र रिलिज हुनेछ । यस्तै, चलचित्र अष्ट्रेलियाको मेलबर्नमा पनि प्रदर्शन हुने तयारीमा छ ।
यस्तै, चलचित्रको यूरोप प्रदर्शन डेनमार्कबाट सुरु हूँदैछ । डेनमार्कपछि पोल्याण्ड, स्पेन, पोर्चुगल, जर्मन लगायतका १० वटा देशमा हुनेछ । कतार, ओमान, जापान, बहराइन लगायतका देशमा पनि चलचित्र चल्ने निर्देशक सुदर्शन थापाले जानकारी दिए ।
पूजा शर्मा, आकाश श्रेष्ठ, केदार घिमिरे, जितु नेपाल, विल्सन विक्रम राई, रविन्द्र झा लगायतका कलाकारको मुख्य भूमिका रहेको चलचित्र ‘रामकहानी’को कमेडी संवाद, कथावस्तुले भरिएको छ ।
सुधार गर्न खोज्दा गुनासो आउँछः अर्थमन्त्री
काठमाडौं–अर्थमन्त्री डा.युवराज खतिवडाले कुनै पनि क्षेत्रको सुधार सहज नभएको बताएका छन् । सुधार गर्न खोज्दा गुनासो धेरै आउने उनले बताए । मंगलबार नाडा अटो शोको उद्घाटन गर्दै डा.खतिवडाले मान्छे हेरर आफुलाई कुरा गर्न नआउने बताउँदै भने, ‘जसलाई जे राम्रो लाग्छ त्यही कुरा गर्न आउँदैन मलाइ । म जे हो र जे देख्छु त्यही भन्छु । त्यसकारण पनि मसँग बढी गुनासो गर्छन् ।’
डा.खतिवडाले भने, ‘विकास पनि गर्नुपर्छ भन्छन् अनि कर उठाउन खोज्दा तर्सन्छन । यद्यपि, राजस्वबाटै देश चलाउनुपर्छ भन्ने मेरो मान्यता होइन । तर ऋण लिएर होइन आफैले कमाएर काम गर्नुपर्छ भन्ने मेरो मान्यता हो ।’
अब बैकिङ क्षेत्रको तरलता समस्या विस्तारै समाधान भएर गाडी खरिदका लागि सहज हुने अवस्था आउने उनले बताए । व्यवसायीहरुले भृकुटी मण्डपको प्रर्दशनीस्थल सानो भएकाले सबैलाई समेट्न नसकेको गुनासो गर्दै ठुलो प्रर्दशनी स्थल बनाउन सरकारसँग आग्रह गरे ।
व्यवसायीको आग्रहलाई सम्बोधन गर्दै अर्थमन्त्रीले व्यवसायी आफैंले प्रदर्शनी स्थलको ठाउँ देखाउन र सरकारसँग साझा रुपमा अगाडी बढ्न अनुरोध गरे ।