तीन नयाँ आइफोन लञ्च, दुईमा डुअल सिमको विशेषताः नयाँ एप्पल वाचले ३० सेकेन्डमा मुटुको इसिजी गर्न सक्ने

0
एप्पलले बुधबार आफ्नो वार्षिक लञ्चिङ इभेन्टमा पहिलो पटक दुईवटा सिम राख्न मिल्ने आइफोन सार्वजनिक गरेको छ । कम्पनीले यो फिचर्स आइफोन एक्सएस  र एक्सएस म्याक्समा दिएको छ । यस्तै, तेस्रो आइफोन अक्सआर ले  एउटा सिममात्र सपोर्ट गर्नेछ । एप्पल वाचको चौथो सिरिजमा निकै ठूलो परिवर्तन गर्दै कम्पनीले नयाँ हेल्थ फिचर दिएको छ । यसमा ३० सेकेन्डभित्र इसिजी गर्न सकिन्छ । संसारको १६ देशमा १४ सेप्टेम्बरदेखि एप्पल वाचको बिक्री सुरु हुनेछ । यस्तै, तीन नयाँ आइफोन भने सेप्टेम्बर २८ तारिखदेखि २१ देशमा उपलब्ध हुनेछ । संसारमा दुई अर्ब आइओएस  डिभाइसः एप्पलका सिइओ टिम कुकले कार्यक्रमको कि–नोटको सुरुवात गरे । उनका अनुसार यतिबेला संसारमा दुई अर्ब आइओएस डिभाइस छ, जसले जीवनशैली परिवर्तन गरेको छ । उनले फायर, वाटर र वेपर फेस डिस्प्लेसहित एप्पत वाचका तीन भेरियन्ट पेश गरे । वाचको डिजिटल क्राउनलाई पूर्ण रुपमा पुनः डिजाइन गरिएको छ । स्पिकर पहिलेको भन्दा ५० प्रतिशत लाउड बनाइएको छ ता कि फोन कलमा पनि राम्रो आवाज सुनियोस् । मुटुको गतीसँगै एप्पल वाचमार्फत इसिजी पनि गर्न सकिनेः नयाँ एप्पल वाच लगाउनेहरुको चाल पनि डिटेक्ट गर्नेछ । इमर्जेन्सी वा दुर्घटना हुँदा यसले आफन्तलाई आफै एसओएस मेसेज पठाउनेछ । सिरिज–थ्रीको तुलनामा यसमा ३५ प्रतिशत ठूलो डिस्प्ले दिइएको छ र यसको क्षमतामा पनि दोब्बर वृद्धि गरिएको छ । यसपटक वाचमा मुटुको गती मापन गर्नुका साथै इसिजीको विशेषता पनि दिइएको छ । यसको मद्दतले जता पनि ३० सेकेन्डभित्र मुटुको इसिजी लिन सकिने जसलाई एपमा देख्न सकिनेछ । विश्वको नम्बर वान स्मार्टफोन हो आइफोनः एप्पल वाचपछि टिम कुकले आइफोन एक्सएस  र एक्सएस म्याक्स सार्वजनिक गरे । उनले आइफोन विश्वकै नम्बर वान स्मार्टफोन बताए । उनका अनुसार आइफोनका प्रयोगकर्ता ९८ प्रतिशत सन्तुष्ट छन् । कुकले आइफोन एक्स (10S) लाई अहिलेसम्मको सबैभन्दा सुन्दर आइफोन बताए । यो ५.८ इन्चको रेटिना डिस्प्लेसहित गोल्ड, सिल्भर र कालो रङमा उपलब्ध छ । यसको ग्लास सबै स्मार्टफोनमा सबैभन्दा टिकाउ हुने उनले बताएका छन् । एक्सएस म्याक्स पी सबैभन्दा ठूलो आइफोनः एप्पलका सिइओका अनुसार एक्सएस म्याक्स ६.५ इन्चको रेटिना डिस्प्ले भएकमो अहिलेसम्मको सबैभन्दा ठूलो आइफोन हो । यो कुनै पनि स्मार्टफोनको तुलनामा सबैभन्दा सुरक्षित फेस आइडी डिटेक्शन हुनेछ । यी दुई नयाँ आइफोन न्यूरल इन्जिन, फोर–कोर जिपियु र सिक्स–कोर सिपियु प्रविधीमा आधारित हुनेछ जसका कारण यी पहिलेको भन्दा निकै तेज हुनेछन् र कम इनर्जीमा नै चल्नेछन् । यी दुई फोन ५ ट्रिलियन अपरेशन प्रति सेकेन्ड हुने दाबी गरिएको छ । यसमा ५१२ जीबीको अधिकतम स्टोरेज हुनेछ अर्थात् यसमा दुई लाख फोटो सेभ गर्न सकिनेछ । होम बटन बिनाको आइफोन एक्सआर :  एप्पलले तेस्रो नयाँ फोन आइफोन एक्सआर पनि लञ्च गर्यो ।  यसमा ६.१ इन्चको लिक्विड रेटिना डिस्प्ले हुनेछ । यो धुलो र पानीबाट सुरक्षित हुनेछ । यसमा होम बटन हुनेछैन । यसलाई चलाउनका लागि हेप्टिक टच नामको नयाँ फिचर दिइएको छ । यसमा सिंगल रियर क्यामरा दिइएको छ । यसमा एडभान्स Bokeh टेक्नोलोजीका साथ १२ एमपीको सिंगल क्यामरा हुनेछ । यसको ब्याट्रि लाइफ डेढ घण्टा बढी हुनेछ । यस्तो छ मूल्यः एप्पलले आइफोन एक्सआर म्याक्सको मूल्य १०९९ डलर, आइफोन एक्सएसको ९९९ डलर र आइफोन एक्सआरको ७४९ डलर तोकेको छ । यस्तै, एप्पलले आइफोन सेभेन र आइफोन एट को मूल्य घटाएको छ । यसको नयाँ मूल्य क्रमशः ४४९ डलर र ५५९ डलर तोकेको छ । तीन नयाँ आइफोनको स्पेसिफिकेशनः

मर्न र हजारौं जिन्दगी जिउन’ चाहन्थे

0
पूर्वी नेपालको कोसी तटनजिकैको कोइलाडी गाउँमा राजपुत परिवारको एक बालक एकपल्ट सिकिस्त बिरामी प¥यो । डाक्टरले उपचारका लागि उसलाई भारत लैजान भन्यो । सम्पन्न जमिनदार परिवारको छोरोलाई उपचारार्थ भारत लैजानु कुनै महाभारत थिएन । उसलाई बिहार राज्यको दरभङ्गा नजिक लहेरियासराय लगियो । उपचारको क्रममा डेरामा बसिराख्दा एक दिन उसले नाराबाजीको आवाज सुन्यो । डेराको झ्यालबाट हेर्दा केही मानिस नारा लगाउँदै गइरहेको देख्यो । त्यत्तिकैमा उसले गोली चलेको र एउटा युवक रक्ताम्मे भई ढलेको देख्यो । पछि सोध्दा उसले के थाहा पायो भने ती मानिस अङ्ग्रेजको शासनबाट भारत स्वतन्त्र बनाउन खोजिरहेका छन् र यो नारा अङ्ग्रेजको शासनविरुद्ध लगाइराखिएको हो । बालहृदयमा यसको छाप प¥यो । उसले के बुझ्यो भने देशलाई विदेशी दासता वा निरङ्कुश शासनबाट मुक्त गराउनु छ भने विरोधको बाटो अपनाउनै पर्दछ र रगत बगाउनुपर्छ भने पनि डराउनु हुन्न । यसै भावनाका साथ हुर्कंदै, शिक्षार्जन गर्दै गएको बालकको नाम थियो– रामराजा प्रसाद सिंह, जो हाम्रो मुलुक नेपालमा गणतन्त्रका महानायकका रूपमा स्मरणीय छन् । उनले बाल्यावस्थामै आफ्नो देशभित्र पनि राणाहरूको क्रूर शासन र दमन देखिसकेका थिए । रामराजा भारतबाट उच्च शिक्षा प्राप्त गरी स्वदेश फर्कंदा मुलुकमा निर्दलीय पञ्चायती व्यवस्था लादिइसकेको थियो । त्यसैले उनले देशको संवैधानिक व्यवस्थामा परिवर्तन र सुधारको खाँचो औँल्याउन थाले । क्रूरताको बाटोमा हिँडिरहेको राज्यसत्ताका लागि उनी आँखाको काँडा बन्न थाले । गिरफ्तारी र जेलयात्रा रामराजाका लागि नियमित आकस्मिकता बन्न थाल्यो । उनले पनि दमनकारी शासकलाई चैनले बस्न नदिन उसको विरुद्ध सङ्घर्षको बाटो अपनाउने सङ्कल्प गरे । जेलबाट निस्केपछि उनले स्नातक निर्वाचन क्षेत्रबाट सक्रिय राजनीतिमा प्रवेश गर्न खोजे । तर २०२४ सालको निर्वाचनमा उनलाई उम्मेदवार बन्नै दिइएन, गिरफ्तार गरियो । जेलबाट निस्केपछि रामराजाले २०२८ सालको स्नातक निर्वाचन क्षेत्रबाट फेरि उम्मेदवारी दिए ।  स्नातक निर्वाचनताका उनले दिएका ‘यो निर्वाचन होइन, क्रान्तिको आरम्भ हो’ र ‘म चुनाव होइन, क्रान्ति चाहन्छु, पद होइन गणतन्त्र चाहन्छु’ जस्ता क्रान्तिकारी भाषण गरे, जसका कारण देशमा उनका समर्थकहरूको सङ्ख्या बढ्न थाल्यो । देशभरका स्नातक मतदाताको मन जितेर उनी राष्ट्रिय पञ्चायत सदस्यमा निर्वाचित भए । तर षडयन्त्रकारी प्रशासनले उनलाई पहिले राष्ट्रिय पञ्चायतमा पस्न, त्यसपछि शपथ ग्रहण गर्न, अनि मेडेन स्पिच दिनबाट वञ्चित गर्न अनेक जालझेल ग¥यो । पञ्चायती व्यवस्थाको निरङ्कुश, निर्मम र निष्ठुर व्यवहारबाट आजित भए पनि आफ्नो विश्वासमा सदा अडिग रहे । राजा महेन्द्रद्वारा जेलबाट दरबार झिकाएर प्रधानमन्त्री पदको प्रलोभनसहित निर्दलीय पञ्चायती व्यवस्थालाई सहयोग पु¥याउन आग्रह गरिँदा, रामराजाले ‘म विकाउको वस्तु होइन, यो मेरो जीवनको लक्ष्य होइन, मेरो र तपाईंको सोचमा ठूलो फरक छ, म सहयोग गर्न सक्दिनँ’ भन्दै उक्त प्रस्ताव ठाडै अस्वीकार गरे र अरू चार वर्ष जेलका चिसा छिँडीमा बिताए । जब जेलमुक्त भए, रामराजाले जस्तोलाई तेस्तै भन्ने सिद्धान्त अपनाउँदै सशस्त्र सङ्घर्षको बाटो हिँड्ने निर्णय लिए, जुन निर्णयले २०४२ साल असार ६ गते साकार रूप पायो । सिंहदरबारभित्र र नारायणहिटी दरबारको बाहिर, राजधानीका महत्वपूर्ण स्थलहरू र देशका विभिन्न नगरहरूमा एकै दिन एकैसाथ ‘गणतन्त्रको स्थापना गर’ भन्ने नाराका साथ बम विस्फोटबाट गुञ्जायमान भए । बहुदलीय जनवादी मोर्चाका अध्यक्ष रामराजा प्रसाद सिंहले यस घटनाको जिम्मेवारी लिए । फलस्वरूप पञ्चायती सरकारले उनी र बहुदलीय जनवादी मोर्चाका अन्य नेता कार्यकर्ताहरूमाथि राष्ट्रद्रोहको अभियोग लगाउँदै सर्वोच्च अदालतमा मुद्दा चलायो । सर्वोच्च अदालतले रामराजा र उनका भाइ लक्ष्मणप्रसाद सिंह तथा अन्य सहयोगी नेताहरू विश्वेश्वर मण्डल र प्रेमबहादुर विश्वकर्मालाई सर्वस्वहरणसहित मृत्युदण्ड सजाय सुनायो । यसै घटनासित सम्बद्ध खेमराज भट्ट मायालुलाई सर्वस्वसहित ३० वर्ष कैद तथा रामराजाका छोरा मनोज कुमार सिंहलाई पनि १० वर्ष कैद सजाय सुनाइयो । तर बहुदलीय जनवादी मोर्चाका नेता कार्यकर्ता भूमिगत भएकाले पञ्चायती सरकारले सर्वश्वहरणबाहेकका सजाय कार्यान्वयन गर्न सकेको थिएन । जनआन्दोलनमार्फत २०४६ सालमा देशमा प्रजातन्त्र पुनस्र्थापना भएपछि गठित अन्तरिम सरकारले बहुदलीय जनवादी मोर्चाका नेता कार्यकर्तामाथि झेल गर्यो, आममाफी दिएन । बहुदलीय जनवादी मोर्चाले चुनाव लड्न पाएन । चुनावबाट गठित सरकारले भने रामराजा र उनका पार्टीका नेता–कार्यकर्तालाई जेनरल एमनेस्टी दियो । यसपछि उनीहरूले भूमिगत जीवन परित्याग गरे तर नेपाललाई राजाविनाको देश बनाउने सोच त्यागेनन् । त्यसैबीच, रामराजाको परिकल्पनापथमा अर्को क्रान्तिकारी पुस्ताले जनयुद्धको नाउँबाट क्रान्तिबीउ छर्दै थियो । त्यो जनयुद्धबाट रामराजाको मनमा गणतन्त्र नेपाल स्थापना सङ्कल्प साकार हुने आशाको किरण उत्पन्न हुन थाल्यो । उनी एक पल्ट फेरि राजनीतिक क्षितिजमा सक्रिय हुन थाले । गणतन्त्रका लागि लडिरहेका माओवादीलाई उनले भरपुर सहयोग दिए भने माओवादीले पनि उनलाई आफ्नो अग्रजका रूपमा स्वीकार ग¥यो । त्यो सहकार्यपूर्ण सङ्घर्षले देशमा युगान्तकारी परिवर्तन ल्यायो । गणतन्त्र नेपाल स्थापना भयो ।  रामराजाले देश गणतन्त्रमय भएको उपलक्ष्यमा खुशी भएर भनेका थिए– ‘गणतन्त्रको यो यस्तो क्षण हो, जहाँ हजारौँ मृत्यु मर्न पनि मन लाग्छ र हजारौँ जिन्दगी जिउन पनि मन लाग्छ ।’ गणतन्त्रका लागि रामराजाको योगदानको कदर गर्दै माओवादीले उनलाई देशको पहिलो राष्ट्रपति पदका लागि आफ्नो उम्मेदवार बनायो । तर राष्ट्रिय र अन्तर्राष्ट्रिय राजनीतिका कारण, गणतन्त्र नेपालका प्रतीकपुरुष रामराजा राष्ट्रपति निर्वाचित हुन सकेनन् । पराजयको वातावरणमा पनि उनको मनोबलमा कुनै कमी भएन । संविधानसभाले आफ्नो निर्धारित र विस्तारित अवधिमा पनि देशलाई गणतन्त्र संस्थागत गर्ने संविधान दिन नसकेकोमा उनी दुःखी हुन्थे । उनले आफ्नो जीवन कालमा देश गणतन्त्रमय भएको त हेर्न पाए तर गणतान्त्रिक संविधान हेर्न पाएनन् । गणतन्त्रको पहिलो सूर्यको न्यानो ताप ताप्न पाएकोमा खुशी मान्ने रामराजाप्रसाद सिंह आज हाम्रा माझ छैनन् । उनको देहावसानमा कृतज्ञ राष्ट्रले १३ तोपको सलामीका बीच राजकीय सम्मानका साथ उनलाई बिदा ग-यो । साथै सरकारले उनलाई मरणोपरान्त ‘राष्ट्र गौरव’को उच्च सम्मानबाट सम्मानित ग-यो । गणतन्त्रका लागि उनको त्याग, तपस्या र सङ्घर्षको गाथा इतिहासको पानामा सुनौला अक्षरहरूमा लेखिएका छन् । उनको व्यक्तित्व हिमालयझैँ अग्लो, विशाल र उदात्त तथा चट्टानसरह अडिग थियो । सतत सङ्घर्षले बनेको रामराजाको मौलिक व्यक्तित्व अपराजेय थियो । रामराजा हाम्रा माझ नरहे पनि आज उनको नाउँ नेपाली जनमानसमा एउटा आदर्श नायकका रूपमा विद्यमान छ । हिमाल, पहाड र तराईको भावनात्मक एकताका पक्षमा निर्भयताका साथ खड़ा रहेका रामराजा गणतन्त्र नेपाल रहँदासम्म जिउँदै रहने छन् ।

सेल्फी, नाचगान र पूजा : तस्विरमा यस्तो देखियो पशुपतिको तीज

0
काठमाडौैँ–नेपाली महिलाहरूको महान चाड हरितालिका तीज आज मनाइँदैछ । प्रत्येक वर्षको भाद्र शुक्ल तृतीयाका दिन तीजको ब्रत बसी विभिन्न सांस्कृतिक कार्यक्रममा सहभागी भई यो चाड मनाउने गरिन्छ । गएराती दरखाने र आज ब्रत बसी तीज मनाउने प्रचलन रही आएको छ । भाद्रशुक्ल द्वितीयादेखि सुरु भएको तीज भाद्र शुक्ल पञ्चमीका दिन सप्त ऋषिको पूजा गरी सम्पन्न भएको मानिन्छ । भगवान शिवको आराधना गर्दै नाचगान मनोरञ्जन गरी दिदीबहिनी बोलाएर आफ्ना दुःख, सुख साट्ने महत्वपूर्ण चाड तीज नेपाली महिलाको आफ्नै मौलिक संस्कृति हो ।

जहाँ मुसलमान धर्मगुरुहरुले पैसा जम्मा गरेर लेनिनको शालिक पुनर्स्थापना गरे

0
मध्य एशियाली देशहरुका मिडिया दक्षिणी ताजिकिस्तानको एक खबरले अचम्मित छन् । त्यहाँका मुसलमान उलेमा(धर्मगुरु)हरुले आफ्नो साप्ताहिक चन्दा रकम जम्मा गरेर कम्युनिष्ट नेता लेनिनको प्रतिमा सहरको केन्द्रमा लगाएका छन् । लेनिनले सन् १९२२ मा ताजिकिस्तानलाई समेत समेटेर कम्युनिष्ट राज्य  सोभियत संघको स्थापना गरेका थिए । रेडियो लिबर्टीको ताजिक सेवाको अनुसार तुस सहरको मस्जिदहरुका इमामहरु र खतिबहरुले मस्जिदमा जम्मा भएको पैसाबाट सोभियत कम्युनिष्ट नेताको शालिक सहरको केन्द्रमा सोही स्तम्भमा स्थापित गरेका छन्, जहाँ दुई वर्ष पहिले ढालिएको थियो । अहिले यो शालिकलाई पुनः पहिलेको यसको सुनौलो रंगले रंगाइएको छ । साथै प्रतिमाको भाँच्चिएको हातको स्थानमा नयाँ हात लगाइएको छ । तुस सहरका बासिन्दा महरीनिसो राजाबोवाको भनाइमा यो कार्य इमामहरु आफैंले गरेका हुन् । उनले फ्रिडम रेडियोसँगको कुरामा भने, ‘उनीहरुले आफैँले खराब अवस्थामा रहेको लेनिनको शालिकको मर्मत गरे र शालिक राख्ने स्मारकको वरपर पनि सफाइ गरे । पछिल्लो समय उनी पानीको फोहोराको मर्मत गरिरहेका छन् । ’ एक मस्जिदको इमामको फ्रिडम रेडियोसँग कुरा गरे । उनले कुल खर्चको बारे त बताएनन् तर लगभग हरेक मस्जिदले प्रति हप्ता लगभग १०० डलरको चन्दा उठाएको बताए । तूस सहरमा लेनिनको यो शालिक १९८० मा सोभियत कालमा स्थापित गरिएको थियो र यो दक्षिण ताजिकिस्तान क्षेत्रमा रहेको सबैभन्दा ठूलो शालिक हुने गथ्र्यो । सोभियत संघबाट छुट्टिएपछिका कयैन वर्षपछिमा देशमा सोभियतकालिन अधिकाशं शालिकलाई हटाइए । तिनको स्थानमा ताजिक राष्ट्रिय नायकहरुको शालिक लगाइयो । त्यही क्रममा उक्त स्थानमा रहेको लेनिनको प्रतिमा ओवशोरोन गाउँ पु¥याइयो र त्यहाँको गोदाममा थन्काइयो । शालिक पुनर्स्थापना गर्नको लागि मस्जिदका इमामहरुले किन पैसा जम्मा गरे स्पष्ट भएको छैन । तर सहरको मुख्य स्तम्भ लगभग दुई वर्षसम्म खाली रहेको थियो र त्यसमा कुनै प्रतिमा लगाइएको थिएन । यो घटनाको सन्दर्भमा सामाजिक सञ्जालमा मिश्रित प्रतिक्रिया आएको छ । फ्रिडम रेडियोको वेबसाइटमा एक प्रयोगकर्ताले टिप्पणी गरेका छन्, “उनीहरु धार्मिक गुरु होइनन्, मूर्ती–पूजक हुन् ।”(मुसलमान धर्ममा शालिक पूजालाई अपराध मानिन्छ ।) अन्य मानिसहरुले यो रकम गरीबको मद्दतमा खर्च हुन सक्थ्यो भनेका छन् । केही मानिसहरुले ताजिकिस्तानको वर्तमान स्थितिको तुलना सोवियत युगको जीवन शैलीसँग गरेका छन् । महाजिर नामको एक व्यक्तिले लेखेका छन् “उनीहरुले ठीक गरे । यदी लेनिन हुदैन थिए भने सबै मध्य एशियाली देशहरु अफगानीस्तानजस्तै हुने थिए ।” केही मानिसहरुले आफ्नो देशको विगत स्वीकार्नुपर्छ भन्ने विचार राखेका छन् । फ्रिडम वेबसाइटमा टिप्पणी गर्ने एक व्यक्तिले भनेका छन्,“ लेनिन हाम्रो देशको पनि नेता थिए कि थिएनन् भन्नेमा प्रश्न हुन सक्छ तर उनी हाम्रो पनि इतिहास हुन् र हाम्रो बच्चाहरुलाई यो बारेमा जानकारी हुनुपर्छ ।” –बीबीसी हिन्दीबाट