तीन डीआईजी एआईजीमा बढुवा सिफारिस, एक नम्बरमा पुस्कर कार्की

काठमाडौं– नेपाल प्रहरीका डीआईजी पुस्कर कार्कीसहित तीन डीआईजी एआईजीमा बढुवा सिफारिस भएका छन् । बढुवा सिफारिस भएका अरु दुई जनामा ठूले राई र धिरु बस्नेत रहेका छन् । कार्की यसअघि आईजीपीको दाबेदार रहेका थिए । तर, सर्वेन्द्र खनाललाई सरकारले चयन गरेपछि उनी डीआईजीमा खुम्चिएका थिए । उनै कार्की अहिले एक नम्बरमा रहँदै एआईजीमा बढुवा सिफारिस भएको गृह मन्त्रालयले मंगलबार अबेर निकालेको विज्ञप्तिमा उल्लेख छ । बढुवा समितिको मंगलबार बसेको बैठकले कार्की, राई र बस्नेतलाई एआईजीमा बढुवा सिफारिस गरेको गृह मन्त्रालयले जनाएको छ । बैठकले प्रहरी नियमावली २०७१ (संशोधन सहित) को नियम को उपनियम (४) को प्रावधान अनुसार उनीहरुकमो बढुवा सिफारिस गरेको बढुवा समितिको सचिवालयका सदस्य सचिव समेत रहेका आईजीपी सर्वोच्द्र खनालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । प्रहरीको तीन वटा अतिरिक्त महानिरीक्षक पद गत २९ चैत  देखि रिक्त रहेको थियो। डीआईजी कार्की, राई,  बस्नेतसहित मनोज नेउपाने र सुरेशबिक्रम शाह प्रतिस्पर्धामा थिए।

हरितालिका तीजः पशुपतिनाथमा बिहानैदेखि भक्तजनको भीड (फोटो फिचर)

पूजा एवं दर्शन गर्न आउने भक्तजनका लागि तीन मार्गको व्यवस्था गरिएको पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा प्रदीप ढकालले राससलाई जानकारी दिए । मित्रपार्क–गौरीघाट–दक्षिणामूर्ति–रुद्रगाडेश्वर–वासुकी हुँदै उत्तरढोकाबाट मन्दिर प्रवेश गरी रुद्रगाडेश्वर नयाँ फलामे भ¥याङ हुँदै कैलाश दक्षिण जुत्ता चप्पल कक्षबाट फर्कने व्यवस्था मिलाइएको छ ।   जयवागेश्वरी–भुवनेश्वरी–शङ्कराचार्यमठ दक्षिण हुँदै फलामेपुल पश्चिम सानो ढोकाबाट मन्दिर प्रवेश गरी पश्चिम मूल ढोकाबाट बाहिरिने व्यवस्था गरिएको छ । यसैगरी तेस्रो मार्ग वनकाली–चारशिवालय–पञ्चदेवलपूर्व–बज्रघर–दक्षिणढोका हुँदै चौँसठ्ठी लिङ्गको सानोढोकाबाट मन्दिर प्रवेश गरी दक्षिणढोकाबाट बाहिरिने व्यवस्था गरिएको छ । भक्तजन लाममा बसेको आधा घण्टादेखि एक घण्टामा मूल मन्दिर प्रवेश गरी भगवान् उमामहेश्वरको दर्शन गरेर फर्कन सक्ने व्यवस्था मिलाइएको छ ।

बुबाको मृत्युपछि पाँच सन्तानकी अामाले आमाले अर्को विवाह गरेपछि

बाजुरा — बडिमालिका नगरपालिका–५ मना गाउँका बिचल्लीमा परेका पाँच अनाथ बालबालिकालाई सहयोग जुटेको छ । बेलायतमा बस्दै आएका इशा गुरुङले सङ्कलन गरेर रु एक लाख ८० हजार सहयोग गरेकी हुन् । यस्तै बडीमालिका नगरपालिकाका उपप्रमुख कविता विष्टले तीजको दर खानका लागि छुट्याएको रु १० हजार सहयोग गरेकी छिन् । बुवा ४३ वर्षीय रामबहादुर साउदको क्यान्सरका कारण मृत्यु भएको थियो । बुबाको मृत्यु भएको १० महिनापछि आमा बिर्मा साउदले अर्को विवाह गरेपछि १३ वर्षीया पार्वती, ११ वर्षीया सोबिना, नौ वर्षीया अस्मिता, ७ वर्षीय सुवास र चार वर्षीय रोशन बिच्चलीमा परेका हुन् । बिचल्लीमा परेका पाँच भाइबहिनीले अहिले गाउँमा मागेर गुजरा गरिरहेका छन् । बाजुरा क्याम्पसका क्याम्पस प्रमुख सुरेशप्रसाद पण्डितले रु दुई हजार ५००, जिल्ला समन्वय समितिका सदस्य धनी थापाले रु एक हजार पाँच तथा अन्तरपार्टी महिला सञ्जालका अध्यक्ष कमलकुमारी शाहले रु दुई हजार सहयोग गरेकी छिन् । सिर्जना बोगटीले तीजको दर खानका लागि छुट्याएको रकमबाट लत्ताकपडा सहयोग गरेका छन् ।

के राजपा नेपालले सरकारबाट समर्थन फिर्ता लेला?

काठमाडौँ । विभिन्न मागहरु राखी राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाएको ५४ दिन अर्थात् डेढ महिना पूरा भइसकेको छ । तर, हालसम्म उनीहरुको मागको कुनै सुनुवाई भएको छैन । आफ्नो मागप्रति सरकार उदासिन भएको भन्दै राजपा सरकारबाट समर्थन फिर्ता लिने मनस्थितिमा पुगेको छ । बबरमहलस्थित पार्टी कार्यालयमा सोमवारदेखि शुरु भएको अध्यक्षमण्डलको बैठकमा यो विषयमा प्रमुखताका साथ छलफल भइरहेको छ । न राजपा नेपाल सरकारमा सहभागी छ, न प्रदेशमा सरकारको नेतृत्व गरेको छ । न त राखेको माग नै पुरा भइरहेको छ । यस अवस्थामा सरकारलाई समर्थन दिइरहनुको कुनै अर्थ नरहेको भन्दै पार्टीमा बहस शुरु भएको अध्यक्षमण्डलका एकजना सदस्यले रातोपाटीलाई बताए । ‘सरकारलाई दिएको विश्वासको मत फिर्ता लिनुपर्ने दबाब प्रदेश तथा स्थानीय तहबाट समेत आइरहेको हुनाले अब धेरै दिनसम्म यसरी त्यहाँ अल्झेर बसिरहनुको अर्थ रहँदैन भन्ने निष्कर्ष बैठकले निकालेको छ । तर निर्णय हुन बाँकी छ,’ उनले रातोपाटीसँग भने । साउन ३ गते प्रधानमन्त्री ओलीलाई ज्ञापनपत्र बुझाए पछि पार्टीले साउन २७ गते ताकेता पनि गरेको थियो । साउन २७ गते राजपा नेपालका अध्यक्षमण्डलका सदस्यहरुले प्रधानमन्त्री ओलीलाई भेटेर ज्ञापनपत्रको बारेमा ध्यानाकर्षण गराएका थिए ।