फोनिज रजत वर्षमा भलिबल र छेलो प्रतियोगिता

पोखरा । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) को रजत वर्षका अवसरमा पोखरामा पत्रकारहरु बिच मैत्रीपूर्ण भलिबल र छेलो (महिला÷पुरुष) प्रतियोगिता भएको छ ।
फोनिज गण्डकीको आयोजना र फोनिज कास्कीको सह–आयोजनामा भएको प्रतियोगितामा भलिबलतर्फ पुरुष टिममा नेपाल खेलकुद पत्रकार मञ्च गण्डकी प्रथम भएको छ । पोखरा रंगशालाको भलिबल कोर्टमा भएको खेलमा मञ्चले आयोजक फोनिज गण्डकीको टिमलाई ३–२ सेटमा हराएको हो । पहिलो र दोस्रो सेट लगातार २५–२१ र २५–१९ ले जितेको फोनिजले त्यसपछिको २५–१४, २५–२१ र १५–१३ ले मञ्चलाई सुम्पेको हो ।
विजेता बनेको मञ्चको टिमले सिल्ड मेडल र प्रमाणपत्र प्राप्त ग¥यो । भने, फोनिज गण्डकीले मेडल र प्रमाणपत्रमा चित्त बुझाउनुप¥यो ।
महिलातर्फको खेलमा फोनिज गण्डकीको टिमले नेपाल पत्रकार महासंघ कास्कीको टिमलाई २५–२१ र २५–२० को सोझो सेटमा पराजित ग¥यो । भेट्रान्सतर्फको खेलमा पनि आयोजकको टिमले पत्रकार महासंघको टोलीलाई २५–१६ र २५–१४ को सेटले हरायो ।
दुवै विधामा विजेता बनेको फोनिजको टिमले सिल्ड, मेडल र प्रमाणपत्र प्राप्त ग¥यो भने, उपविजेता भएको पत्रकार महासंघको टिमले मेडल र प्रमाणपत्र पायो ।
प्रतियोगिता अन्तर्गत भएको छेलो प्रतियोगितामा पुरुषतर्फ अशोक थापा प्रथम बने । विजेता थापाले नगद रु २ हजारसहित फेटा र मेडल प्राप्त गरे ।
महिलातर्फ प्रियंका गर्बुजा मगर प्रथम बनिन् । उनले पनि नगद रु २ हजारसहित दोसल्ला र मेडल प्राप्त गरिन् ।
प्रतियोगिताको उद्घाटनपछि प्रदेश खेलकुद परिषद्का सदस्य सचिव श्रीधर शर्माले खेलकुद र पत्रकारितको माध्यमबाट समाजलाई अनुशासित, मेहनती र लगाशिल बनाउनुपर्ने बताए । ‘खेलकुदको अनुशासन र पत्रकारितको सचेतनालाई सँगै राखेर समाजलाई अनुशासित, मेहनती र लगाशिल बनाउनुपर्छ,’ उनले भने, ‘यदि यसो गर्न सकिएमा राष्ट्र नै अनुशासित हुन्छ अनि कर्तव्यनिष्ट र जवाफदेही बन्छ ।’ प्रदेश खेलकुद परिषद्, गण्डकी प्रदेश भित्रका खेल क्षेत्रको विकास लागि तल्लिन रहेको उनको बताए । यसका लागि विभिन्न संघसंस्थासँग सहकार्य गरेर अगाडि बढिरहेको उनले बताए ।
खेलकुद संयोजक अर्जुन गाहा ‘सुशान्त’ ले आगामी वर्ष पनि फोनिजले खेल गतिविधिलाई निरन्तरता दिने बताए । फोनिज कास्की अध्यक्ष दिलप्रसाद गुरुङले पत्रकारहरुको भाइचारा प्रगाढ बनाउनका लागि प्रतियोगिता आयोजना गरेको बताए ।
फोनिज गण्डकीका अध्यक्ष रुद्र श्रीसले फोनिजले यो वर्ष रजत वर्ष मनाईरहेकाले गण्डकी र कास्की शाखाले संयुक्त रुपमा सप्ताहव्यापी कार्यक्रम गरिरहेको बताए । रजत वर्षकै अवसरमा साउन २७ गते मुल कार्यक्रम आयोजना गरी कञ्चन पत्रकारिता पुरस्कार अर्पण गरिने महासचिव धनबहादुर गुरुङले जानकारी दिए । यसका लागि कास्कीका पत्रकार दीपेन्द्र श्रेष्ठ र नलवपुरकी कमला रानामगर छनोट भइसकेको उनले बताए । सोही दिन अनिज स्थापनामा योगदान दिने र फोनिजलाई साथ, सहयोग र सल्लाह गर्ने अग्रज फोनिजकर्मीहरुलाई पनि सम्मान गरिने महासचिव गुरुङले बताए ।

 

लामाचौर तिज महोत्सवकाे तयारी सुरू

पाेखरा  ।  पोखराको लामाचौरमा हरेक वर्ष  हुने तिज महोत्सव एवं महिला तथा पुरुष आमन्त्रित राष्ट्रिय भलिवल प्रतियोगिताको मिति घोषणा भएको छ ।

नव आदर्श सामुदायिक समाज स्थापनाको २८ औँ वार्षिकोत्सव एवं २६ औ संस्करणको लामाचौर तिज महोत्सव तथा आमन्त्रित राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगिता यही आउँदो भाद्र १९ गते देखि २१ गते सम्म हुने भएको समाजले जनाएको छ ।

महिलाहरूको महान् पर्व हरितालिका तिज पर्वको अवसरमा पोखरा लामाचौर स्थित ईन्द्रराज्य लक्ष्मी माविको परिसरमा सञ्चालन हुन राष्ट्रिय आमन्त्रित महिला तथा पुरुष भलिबले  प्रतियोगितामा पुरुष तथा महिला तर्फ करिब ५÷५ टिमको सहभागिताको लागी पत्राचार गरिएको समाजका अध्यक्ष स्वागतमानसिंह भण्डारीले बताउनु भयो । प्रतियोगितामा पुरुष तर्फ नेपाल पुलिस क्लब, एपिएफ क्लब, त्रिभुवन आर्मी क्लब, गण्डकी प्रदेश र मणिमुकुन्द भलिवल क्लब त्यस्तै महिला तर्फ त्रिभुवन आमी, नेपाल पुलिस क्लब, एपिएफ क्लब,े न्यू डायमण्ड एकेडेमी र एभरेष्ट भलिवल क्लबलाई सहभागीताको लागी आमन्त्रण गरिएको पनि अध्यक्ष भण्डारीले जनाकारी दिनुभयो ।

लिगकम नकआउटका आधारमा संचालन हुने उक्त प्रतियोगिता भदौ १८ गते देखि सुरु गर्ने तयारी रहेकोे छ । महोत्सवको अवसरमा राष्ट्रिय भलिबल सहित अन्तर महिला समूह तिज गीत प्रतियोगिता, अन्तर विद्यालय लोक नृत्य प्रतियोगिता, औद्योगिक तथा विभिन्न व्यापारिक स्टलहरू, विभिन्न सांस्कृतिक कार्यक्रमको साथमा ख्यातिप्राप्त राष्ट्रिय कलाकारको प्रस्तुती संगै शिक्षा, साहित्य, खेलकुद, युवा उद्यमशीलता विकासका क्षेत्रमा योगदान दिने श्रष्टालाई सम्मान र छात्रवृत्ति कार्यक्रमलाई निरन्तरता दिइने संस्थाका प्रथम उपाध्यक्ष दिनेश भण्डारीले बताउनु भयो ।

यसै बिच आइतवार(हिजो) समाजले कार्यसमिति, सल्लाहकार, पुर्व अध्यक्ष लगायत सम्पूर्ण समिति र उपसमिति संयोजक सहितको सयुक्त भेला आयोजना गरी महोत्सबको तयारी सम्बन्धि बृहत छलफल गरेको छ । छलफलमा आफ्नो भनाई राख्दै पोखरामहानगर पालिका वडा नं. १९ का वडा अध्यक्ष पुष्पेन्द्र पाण्डेले अहिलेको प्रतिकुल व्यवसायिक अवस्थामा मेला महोत्सव सम्पन्न गर्न धेरै चुनौती रहेता पनि लामाचौर तिज महोत्सव एउटा ब्राण्ड नै बनिसकेकोले यसलाई सम्पन्न गराउन सबै एकजुट भएर लाग्नु पर्ने बताउनु भयो ।

कार्यक्रकमा बाेल्दै समाजका अध्यक्ष स्वागतमानसिंह भण्डारीले महोत्सवको मिति नजिकिदै गइरहेको अवस्थामा सबै समिति, सल्लाहकार र उपसमितिहरुबाट बिगतका वर्षहरुमा झै यस वर्ष पनि सक्रियताका साथ सहयोग प्राप्तहुने विश्वास व्यक्र गर्नुभयो ।
राष्ट्रको कला र संस्कृतिको संरक्षणार्थ समाजले २०५४ सालदेखि नै “मौलिक संस्कृतिको जगेर्ना गरौ” भन्ने मुल नाराका साथ महिला हरुको महान पर्व हरितालिका तिजको अवसरमा तिज महोत्सव संचालन गर्दै आइरहेको छ।

उक्त कार्यक्रममा नव आदर्श सामुदायिक समाजले लामाचौर स्थित गण्डकी आवासिय माध्यामिक विद्यालय तथा गण्डकी कलेज अफ इन्जिनियरिङ साइन्सका नव नियुक्त प्राचार्य डा. विश्व उदिर पौडेल क्षेत्रीलाई स्वागत समेत गरेको थियो ।

गण्डकीमा मन्त्रालयको    सङ्ख्या  बढाउन नहुने अडानमा एमाले

 

 पाेखरा । नेकपा (एमाले) स्थायी कमिटी सदस्य एवं गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्री खगराज अधिकारीले गण्डकी प्रदेश सरकारमा एमालेको सहभागिताका विषयमा छलफल भइरहेको बताउनुभएको छ । शनिबार पोखरामा नेपाल बुद्धिजीवी परिषद गण्डकी प्रदेश कमिटीद्वारा प्रकाशित स्मारिका ‘गण्डकी दर्पण’को विमोचन समारोह बोल्दै अधिकारीले मन्त्रालयको सङ्ख्या लगायतका विषयमा कुरा मिल्न बाँकी रहेको बताउनुभयो । एमालेले मन्त्रालयको सङ्ख्या ७ बाट बढाउन नहुने अडानमा कायम रहेको स्पष्ट पार्नुभयो । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको जोडबल मन्त्रालयको सङ्ख्या बढाएर १२ सम्म पुर्‍याउनेमा रहेको देखिएको उहाँको सङ्केत थियो । केन्द्रीय गठबन्धन परिवर्तन भएको एक महिना बित्दा समेत गण्डकी प्रदेशमा एमाले सरकारमा सहभागिता नभएको विषयमा चासो बढिरहेको समयमा एमाले गण्डकी प्रदेश संसदीय दलको नेता समेत रहनुभएका अधिकारीले संवाद भने भैरहेको खुलाउनुभएको हो । उहाँले वर्तमान मुख्यमन्त्रीले भनेझैँ मन्त्रालयको सङ्ख्या बढाउन त्यति सजिलो भने नरहेको दावी गर्नुभयो ।

अर्को प्रसङ्गमा अधिकारीले अब सरकार राष्ट्रिय पुँजी निर्माण गर्ने भावना र योजनाका साथ अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो । अहिलेको अवस्थामै देश अगाडि बढे देशको अर्थतन्त्र दुर्घटनामा पर्ने भएकोले राष्ट्रिय पुँजी निर्माण आवश्यक पर्ने उहाँको भनाई थियो । एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सरकार निर्माण भएपछि देशको अर्थतन्त्रमा सकारात्मक सन्देश देखिएकोले नयाँ आशाको सञ्चार भने गराएको उहाँको भनाई थियो । एमाले सरकारमा गएपछि शक्ति सञ्चय गर्दै मिसन ०८४ को अभियानलाई पुरा गर्नको लागि सबैले मिहेनत गर्नुपर्ने उहाँले बताउनुभयो । ‘सरकारले राम्रो काम गर्नुपर्‍यो, भष्ट्राचार रोक्नुपर्‍यो, हाम्रा मन्त्रीहरू विवादित हुनु भएन’ उहाँले भन्नुभयो । दुई प्रतिस्पर्धीबीचको सहकार्य सानोतिनो चोटमा नहुने भएकोले संयुक्त सरकारका नियममा रहेर उत्कृष्ट कार्य गर्नुपर्ने उहाँको भनाई थियो ।

एमाले अध्यक्ष ओली नेतृत्वमा सरकार निर्माण भएपछि एमालेलाई सिध्याउने योजना बनाएकालाई छटपटी भइरहेको उहाँको दावी थियो । पार्टी सदस्यता थप्न र टोलटोलमा पार्टी कमिटी पुर्‍याउनको लागि नेता तथा कार्यकर्तालाई खट्न उहाँको आग्रह थियो । ‘०८४ मा वडादेखि पालिका, प्रदेशदेखि राष्ट्रिय सभासम्म हाम्रो बहुमत आउने गरी लाग्नुपर्छ, त्यसो भए मात्र समाजवाद तर्फ यात्रामा जान सक्छौ’ उहाँले भन्नुभयो ।

कार्यक्रममा प्रादेशिक संवृद्धिका लागि योजनाबद्ध विकासका आधार एवं प्राथमिकताहरु सम्बन्धमा परिचर्चा समेत गरिएको थियो । यसको प्रस्तुती गण्डकी प्रदेश नीति तथा योजना आयोगका पूर्व उपाध्यक्ष डा. श्रीकान्त खतिवडाले राख्नुभएको थियो । कार्यक्रममा बोल्दै नेपाल बुद्धिजीवी परिषदका अध्यक्ष एवं वागमती प्रदेशका सासंद डा.दिनेशचन्द्र देवकोटाले उत्पादनसँग नजोडिएको शिक्षा प्रणालीका कारण अध्ययनको लागि विदेश जानेको सङ्ख्या बढेको बताउनुभयो । देशको विकासमा विभिन्न चुनौतीहरु रहेकोले ती चुनौतीालाई चिर्दे अगाडि बढ्न सक्नुपर्ने उहाँको भनाई थियो ।

नेपाल बुद्धिजीवी परिषद गण्डकीका अध्यक्ष प्रा.डा.चन्द्र बहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत उपाध्यक्ष भोजराज दाहाल, सञ्चालन सचिव बाबुराम केसीले गर्नुभएको थियो । कमिटीद्वारा प्रकाशित स्मारिका गण्डकी दर्पणको समीक्षा राधाकृष्ण लामिछानेले गरेको कार्यक्रममा नेकपा एमाले गण्डकी प्रदेश कमिटीका सचिव धनञ्जय दवाडी र नेकपा एमाले जिल्ला कमिटी कास्कीका अध्यक्ष वैनबहादुर अधिकारी क्षेत्रीले समेत बोल्नुभएको थियो ।

 

बाँदरकाे प्रकोप कम गर्न बाँदरले खाने फलफूलका बोट सहित बाँदर बगैंचाको अवधारणा अघि सानुुपर्नेमा जोड

पाेखरा । ग्रिन गभर्नेन्स नेपालको आयोजना एवम् युएसएआइडीको सहयोगमा आज पोखराको पचभैयामा आयोजित कार्यक्रममा बाँदका कारण बढ्दो समस्या र यसको विकल्प सम्बन्धमा छलफल गरिएको छ ।
सिड फाउन्डेशन नेपालको स्थानीय संयोजनमा गरिएको कार्यक्रममाबक्ताहरूले बाँदरको समस्याका कारण गाउँ बस्तीमा खेतीपाती लगाउने क्रम घट्दै गएको बताए ।
ग्रिन गभर्नेन्स नेपालका कार्यक्रम अधिकृत अर्जुुन भुुषालले देशव्यापी रुपमा बाँदरको समस्या रहेको बताउँदै यसको विकल्पमा विभिन्न खेती गर्न सकिने बताउनुुभयो ।
ग्रिन गभर्नेन्स नेपालले मानव वन्यजन्तुु नियन्त्रणमा नवप्रवर्तन कार्यक्रम अन्तर्गत आवाजका माध्यमबाट बाँदरलाई धपाउने जस्ता विभिन्न विकल्पबारे अध्ययन गरिरहेको उहाँले जानकारी दिनुुभयो ।
बाँदर प्रकोपको विकल्पमा कागती, खुुर्सानी, अदुुवा जस्ता विभिन्न बैकल्पिक खेती गर्न सकिने बताउँदै उहाँले ती खेतीको प्रविधि बारे चर्चा गर्नुुभयो ।
उहाँले बन्यजन्तुुबाट भएको क्षतिको राहत वितरण निर्देशिका २०८० लगायतको कानुुनी व्यवस्था बारे जानकारी गराउनुुभयो ।
सिड फाउन्डेशन नेपालका निर्देशक दामोदरभक्त थापाले बाँदर प्रकोप कम गर्नका लागि उनीहरूले खाने फलफूलका बोट सहित बाँदर बगैंचाको अवधारणा अघि सानुुपर्नेमा जोड दिनुुभयो ।
कार्यक्रममा मादी गाउँपालिका वडा नं १२ लिपेपानीका गिरेन्द्र गुुरुङले बाँदर तर्साउने बन्दुक बारे जानकारी गराउनुुभएको थियो । लेखनाथ पत्रकार मञ्चका अध्यक्ष एवं रेडियो नेपाल कास्की सम्वाददाता कविराज खनालले बाँदरले खेतीमा पार्ने गरेको असरबाट जोगिन कुरिलो खेती ,ुसिप्लीकान खेती जस्ता विभिन्न विकल्प अपनाउने सकिने सुुझाव दिनुुभयो ।
उक्त अवसरमा सहभागीले बाँदरका कारण पर्ने गरेका समस्या बारे आ आफ्ना धारणा राख्नुुभएको थियो ।