पोखरा–३३ शुक्लेश्वर धाम  शिववस्तीमा  महायज्ञ हुने

पोखरा । पोखरा महानगरपालिका वडा नं ३३ शिववस्तीस्थित शुक्लेश्वर धाम प्राङ्गणमा यही साउन १४ गतेदेखि २४ गतेसम्म श्रीमद्भागवत महापुराण, सप्ताह ज्ञान महायज्ञ, शिव महापुराण, बृहत धार्मिक श्रावण मेला एवम् बोलबम महोत्सव हुने भएको छ ।
महायज्ञबारे जानकारी दिन आज आयोजित पत्रकार सम्मेलनमा मन्दिरको सर्वाङ्गिण, भौतिक पूर्वाधार विकास निर्माण सहयोगार्थ महायज्ञ गर्न लागिएको शुक्लेश्वरधाम क्षेत्र विकास संस्था, शिववस्तीका अध्यक्ष पदमराज पौडेलले जानकारी दिनुुभयो ।
कथा शिरोमणि पण्डित दीपकप्रसाद पौडेलको प्रमुख बाचकत्वमा हुने महायज्ञमा विभिन्न देवलिला, जनचेतनामूलक नाटक सहित संगीतमय कथा प्रवचन हुने उहाँले बताउनुुभयो ।
महायज्ञका क्रममा श्रीमद्भागवत सतचण्डी, बेदपाठ, रुद्राभिषेक, सहस्र जलधारा, बेलपत्र अर्पण, ग्रहशान्ति पूजा, चौरासी पूजा, अन्नदान, भूमिदान, ब्राह्मण भोजन सहित पितृको फोटो राखी पितृ तर्पण तुलादान, विवाह, ब्रतबन्ध, गुन्युुचोली सहित आरती अर्पण गर्दै धार्मिक सम्बन्धी सम्पूर्ण कार्य सञ्चालन गरिने पत्रकार सम्मेलनमा जानकारी गराइयो ।
महायज्ञलाई भव्य र सभ्य बनाउन पदमराज पौडेलको संयोजकत्वमा १५१ सदस्यीय मूल समारोह समिति एवम् ३१ सदस्यीय सल्लाहकार समिति तथा १० वटा उपसमिति गठन गरिएको प्रचारप्रसार उपसमितिका संयोजक दिनेश आचार्यले जानकारी दिनुुभयो ।
उहाँका अनुसार अन्य उपसमितिका संयोजकहरू मध्ये अर्थ संकलनमा खगेश्वर आचार्य, प्रचारप्रसारमा दिनेश आचार्य, मञ्च व्यवस्थापनमा तिलबहादुर विक, कलश यात्रामा चन्द्र कुमारी आचार्य चापागाइँ, प्रसाद व्यवस्थापन र अतिथि सत्कारमा सम्पूर्ण आमा समूह, यातायातमा जीवन पौडेल, सरसफाई तथा खानेपानीमा मथुरा भण्डारी, स्वयम् सेवक परिचालनमा कुुष्माखर भण्डारी, प्राथमिक उपचारमा प्रकाश पौडेल रहनुुभएको छ ।

कार्यक्रमको तयारी अन्तिम चरणमा पुुगेको उहाँले बताउनुुभयो ।
स्थानीय समाजसेवीका अजुुसार ऐतिहासिक महत्व र गरिमा बोकेको शुक्लेश्वर धामस्थित शिव मन्दिर २०१४ सालमा स्थापना भएको हो । मन्दिर बनेकै वर्ष बाढीका कारण भत्किएपछि हाल रहेको मन्दिर २०१५ सालमा स्थापना गरिएको हो । सामाजिक एवम् बौद्धिक व्यक्तित्व साविक भोटे पोखरी ९ (हाल पोखरा ३३ सिस्ने) का स्व.टीकारम पौडेलले स्थापना गर्नुुभएको हो । तत्काली समयमा नै मन्दिरको दैनिक पूजाआजा सञ्चालनका लागि स्व.होमनाथ पाध्यालाई जिम्मा दिनुुभएको र हालसम्म उहाँकै परिवारबाट पूजाआजा हुँदै आएको छ । उक्त कार्यका लागि गुठी समेत राखिएको पत्रकार सम्मेलनमा जानकारी गराइयो ।

स्व.टीकारम पौडेलले यसै स्थानमा रहेको सरस्वती मा.वि.लाई २० लाख ६८ हजार रुपैयाँ दान दिएर उहाँकै नामबाट सरस्वती टीका मा.वि. र सरस्वती टीका बहुुमुखी क्याम्पस सञ्चालन हुँदै आएको छ ।
महायज्ञको शुुभकामना व्यक्त गर्दै पोखरा महानगरपालिका वडा नं ३३ का वडा अध्यक्ष रामचन्द्र अधिकारीले वडा भित्रका सम्पूर्ण संघ संस्था तथा सामाजिक व्यक्तित्वलाई महायज्ञ सफल बनाउन साथ र सहयोगका लागि आग्रह गर्नुुभयो ।

समितिका अध्यक्ष पदमराज पौडेलको सभापतित्व एवम् सचिव खगेश्वर आचार्यले सञ्चालन गर्नुुभएको कार्यक्रममा समाजसेवी एवम् राजनीतिक व्यक्तित्वहरू पिताम्बर पौडेल, तिलकप्रसाद अधिकारी, श्रीभद्र बराल लगायतले  शुुभकामना तथा सुुझाव व्यक्त गर्नुुभएको थियो ।

 

सौर्य एयरलाइन्सको जहाज दुर्घटना

काठमाडौँ । त्रिभुवन विमानस्थलमा विमान दुर्घटना भएको छ । बुधबार करिब ११ बजे सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा परेको बताइएको छ ।

दुर्घटनाबारे थप विवरण आउन बाँकी छ ।

पोखरा -२४ मा सार्वजनिक सुनुवाई सम्पन्न, चुनावी वाचालाई पाँच वर्ष भित्र पुरा गर्ने प्रतिवद्धता

 

पोखरा महानगरपालिका वडा नं २४ कार्यालयद्वारा आयोजित आर्थिक वर्ष २०८०÷८१ को सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ ।
सार्वजनिक सुनुवाई कार्यक्रममा पाँचै जना जनप्रतिनिधीहरुले चुनावीताका गरेका वाचालाई पाँच वर्ष भित्र पुरा गर्ने प्रतिवद्धता जनाएका छन् । दुई वर्षभित्र ४० प्रतिसतको हाराहारीमा काम भएको जानकारी दिदै वडा वासीलाई नआत्तिन पनि उनिहरुको अनुरोध थियो । शिक्षा, स्वास्थ्य, खानेपानी, पुर्वाधार निर्माण वडाको पहिलो प्राथमिकतामा रहेको भन्दै आउँदो वर्ष भित्र पामेवाट कास्कीकोट जाने वाटो पुरा गर्ने पनि उनिहरुको भनाई थियो । खानेपानी समस्या समाधानका लागि लौरुक लिफ्टिङ्ग योजनाको काम अगाडी वढेको भन्दै वहु वर्षिय आयोजनाको रुपमा दुई वर्ष भित्र पुरा गर्ने पनि जनप्रतिनिधीको भनाई थियो ।
कास्कीकोट माथी देखी पामे साईडको पनि अधिकतम भूभाग समेटीएकाले वडा कार्यालयमा हुने काम कार्वाहीमा समस्या परेको भन्दै वडाको भूभागवाटै वडा कार्यालयमा जाने कनेक्टिङ्ग रोड छिट्टै पुरा गर्ने पनि उनिहरुको भनाई थियो । अहिले २४ नम्मर वडाकै लौरुक तथा पामे एरियाका नागरिकलाई वडाको काम गर्नजानु परेमा ५ वटा वडा कार्यालयको भूभाग घुमेर जानु पर्ने वाध्यता छ ।
उक्त कार्यक्रममा कास्कीकोटका स्थानीय बासिन्दा, वडाभित्रका संघसंस्थाका प्रतिनिधिहरू, तथा सरकारी अधिकारीहरू समेत गरि १ सय ५० भन्दा वढीको सहभागिता रहेको थियो । कार्यक्रममा पोखरा २४ का अध्यक्ष भरत बहादुर अधिकारीले आर्थिक वर्षको विभिन्न परियोजनाहरू, खर्चको विवरण तथा आगामी योजनाहरूको बारेमा विस्तृत जानकारी प्रस्तुत गरेका थिए । कार्यक्रममा उनले कास्कीकोटलाई अगाडी बढाउनका लागि आवश्यकताको आधारमा सबै प्रकारका व्यक्तित्वहरुसँग सहकार्य गरेर जाने बताए ।
कार्यक्रममा सहभागी स्थानीयहरूले वडाभित्रका सडक तथा योजनाहरूमा विभिन्न प्रश्नहरू उठाएका थिए । सहभागीहरुको जिज्ञासा सम्बोधन गर्दै संघीय, प्रदेश र स्थानीय तीनै तहले उपलब्ध गराएको रकम समायोजन गरेर बजेट बनाएउको उल्लेख गरे ।
सार्बजनिक सुनुवाई कार्यक्रममा वडा सचिब ईन्द्र बहादुर जीसीले चालु आ ब २०८०÷८१ मा जारी कार्यक्रम र बजेटसँग सम्बन्धित वडा प्रगति प्रतिबेदन प्रस्तुत गरेका थिए । साथै उनले सार्वजनिक सुनुवाई बाहेक पनि नागरिकका जिज्ञासाहरुको सम्बोधन गर्ने बताए ।
सार्वजनिक सुनुवाई कार्यक्रममा वडा सदस्य कृष्ण प्रसाद सुवेदीले वडावासी नागरिकले मात्र नभई राजनीतिक दलका नेताहरुले पनि वडाको काममा चासो राख्नुपर्ने बताए । उनले पार्टीलाई अगाडी बढाउने बारे मात्र होईन वडालाई अगाडी बढाउन पनि वार्ता र सुझावहरु दिनुपर्ने बताए ।
सार्बजमिक सुनुवाईमा वडा बासीले ग्रामिण सडक, शैक्षिक र स्वास्थ्य गुणस्तर सुधार, कास्कीकोटमा पर्यटन प्रवद्र्धन, वडाको भावी योजना बारे प्रश्न तथा जिज्ञासाहरु राखेका थिए ।

शिक्षा मन्त्रालयद्वारा समकक्षताको प्रमाणपत्रबारे छानबिन गर्न समिति गठन

काठमाण्डौ । शिक्षा,बिज्ञान तथा प्रबिधि मन्त्रालयले समकक्षताको प्रमाणपत्रबारे छानबिन गर्न समिति गठन गरेको छ ।

सो मन्त्रालय अन्तर्गत पाठ्यक्रम बिकास केन्द्रबाट जारी हुने समकक्षताको प्रमाणपत्र प्रदान गर्दा भए गरिएका काम कारबाही सम्बन्धमा र प्रमाणपत्र लिदा अपनाउनुपर्ने प्रक्रिया , लाग्ने दस्तुर लगायतका बिषयमा छानबिन गर्न सो समिति गठन भएको मन्त्रालयका प्रबक्ता सह-सचिब केशब प्रसाद दाहालले जानकारी दिनुभयो ।

प्रबक्ता दाहालका अनुसार शिक्षा तथा मानब स्रोत बिकास केन्द्रका उप महानिर्देशकको संयोजकत्वमा गठित तिन सदस्यीय समितिलाई सुझाब सहितको प्रतिबेदन पेश गर्न मन्त्रिस्तरीय निर्णय अनुसार ७ दिनको समयसीमा प्रदान गरिएको शिक्षा बिज्ञान तथा प्रबिधि मन्त्रालयले एक विज्ञप्ति मार्फत जानकारी दिएको छ । साउन ६ गतेको प्रतिनिधि सभाको बैठकमा सदस्यहरूले सो बिषयमा प्रश्न उठाएका थिए।