पोखरा । गत पुष २५ देखि पोखराको अमरसिंह चौरमा जारी रहेको १३ औं पोखरा महोत्सव सम्पन्न भएको छ । महोत्सवको पोखरा महानगरका प्रमुख धनराज आचार्यले एक समारोहका बीच समापन गरे ।
महोत्सवको समापन गर्दै मेयर आचार्यले युनाईटेड क्लबले पोखरा महोत्सवको आयोजना गरी सामाजिक कामलाई अगाडी वढाइरहेको आफुले प्रत्यक्ष रुपमा अवलोकन गरिरहेको बताउदै युनाईटेड क्लबले पोखरा २७ अर्चलेमा निर्माण गर्न लागेका युनाईटेड छात्राबास निर्माणका लागि पोखरा महानगरको तर्फबाट सहयोग गर्ने प्रतिवद्धता ब्यक्त गरे ।
शिक्षाको क्षेत्रमा युनाईटेड क्लबले निर्माण गर्न लागेको छात्राबास निर्माणमा महानगरको तर्फबाट हुने आर्थिक र नैतिक सहयोग समेत रहने मेयर आचार्यको भनाइ थियो । त्यसैगरी युनाईटेड क्लब पोखराले स्थापना कालदेखिनै क्यालेण्डरमा समावेश गरी पोखरा महोत्सव सञ्चालन गर्दै आइरहेको र महोत्सव सञ्चालन अवधिको समेत कर तिरेर आफुलाई अब्बल संस्थाको रुपमा उभ्याएको बताउदै अन्य संघ संस्थाहरुले समेत युनाईटेड क्लबको सिको गर्नुपर्नेमा उनको भनाइ रहेको थियो ।
सो अवसरमा वोल्दै गण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपति सूर्य खड्का बिखर्चीले पोखरा महोत्सवले महोत्सवको मात्र आयोजना नगरी भाषा, कला संस्कृतिको उजागर र जगेर्ना गर्ने काम गरेको बताए । विगतका संस्करणका महोत्सवहरुमा समेत गण्डकी प्रज्ञा प्रतिस्ठानको तर्फबाट साथ र सहयोग प्रदान गरिरहेको बताउदै बिखर्चीले आगामी संस्करणमा समेत सहयोगलाई निरन्तरता दिने बताए ।
त्यस्तै जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक श्यामबावु ओलियाले पोखरा महोत्सव शान्तिपूर्ण ढंगबाट सम्पन्न भएकोमा आयोजकलाई धन्यवाद ब्यक्त गरे । प्रहरी उपरीक्षक ओलियाले महोत्सव महोत्सव मात्र नभइ महाउत्सव समेत भएकाले आर्थिक क्रियाकलाप चलायमान संगै महोत्सवले मौलिकता र ऐतिहाँसिकतालाई झल्काउने र एक आपसमा सामाजिक सद्भाव समेत कायम गराउने वताउदै युनाईटेड क्लब संग सहकार्य गरेर सामाजिक विकृति र विसंगती विरुद्धको क्रियाकलापमा सहकार्य गरेर अगाडी बढ्ने समेत बताए ।
युनाईटेड क्लबका संस्थापक अध्यक्ष हिमालय बख्रेलले युनाईटेड क्लबले पोखरा महोत्सवको आयोजना गरी महोत्सवको कर समेत तिर्दै आइरहेको भएतापनि क्लबलाई दोहोरो तेहेरो करको दायरामा पार्ने गरी दुख दिने काम गरेको बताउदै त्यस तर्फ महानगरका मेयर समक्ष सहजीकरण गरिदिन आग्रह गरे ।
त्यस्तै पोखरा महानगरपालिका वडा नं १५ का अध्यक्ष तोरण बहादुर बानियाँले युनाईटेड क्लबले महोत्सवको आयोजना गरी सञ्चालन गरेको सामाजिक कामको प्रशंसा गर्दै अन्य संघ संस्थाहरुले समेत युनाईटेड क्लबको सिको गर्न सके समाज रुपान्तरणमा सहयोग पुग्ने बताए ।
त्यस्तै समाजकल्याण परिषदका उपाध्यक्ष तथा पोखरा महानगरपालिका वडा नं १० का वडा सदस्य परमेश्वर कार्कीले युनाईटेड क्लबले महोत्सवको आयोजना गरी सामाजिक काम गर्नु आफैमा श्रहानिय काम भएको र आफु जनप्रतिनिधी समेत रहेकाले युनाईटेड क्लबको हरेक क्रियाकलापमा साथ र समर्थन रहने बताए ।
अमरसिंह माविका प्रध्यानाध्यापक शेर बहादुर थापाले युनाईटेड क्लबले पोखरा महोत्सवको आयोजना गरी सामाजिक काम गरेकोमा धन्यवाद ब्यक्त गरे । युनाईटेड क्लबका अध्यक्ष तथा १३ औं पोखरा महोत्सव मुल आयोजक समितिका संयोजक लोक बहादुर थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा क्लबका वरिष्ठ उपाध्यक्ष गणेश तिमिल्सिनाले स्वागत मन्तब्य राखेका थिए । युनाईटेड क्लबका महासचिव तथा तेह्रो पोखरा महोत्सवका प्रचार प्रसार संयोजक दिनेश सुनारले कार्यक्रमको सञ्चालन गरेका थिए ।
महोत्सवको अन्तिम दिन लोकदोहोरी गायक गायिका चोलेन्द्र पौडेल, रामजी पौडेल, तुलसा क्षेत्री, ममता तामाङ, इन्द्रा गुरुङ लगायतको प्रस्तुतीमा दर्शकहरुले भरपुर मनोरन्जन लिएका थिएभने सांझको लाइभ कन्सर्ट तर्फ जेम्सीको प्रस्तुतीमा युवाहरु झुमेका थिए ।
पोखरा महोत्सव बिद्यालय स्तरीय सामुहिक लोक नृत्य प्रतियोगिताको उपाधी बेसलाइनलाई
पोखरा महोत्सवमा आयोजित विद्यालय स्तरीय सामुहिक लोक नृत्य प्रतियोगिताको उपाधी वेसलाइन ईङ्ग्लीस बोर्डिङ स्कुलले हात पारेको छ । गण्डकी प्रज्ञा प्रतिष्ठानको प्रायोजनमा सम्पन्न विद्यालय स्तरीय सामुहिक लोक नृत्य प्रतियोगितामा १३ टीमलाई पछाडि पार्दै बेसलाइनको उपाधी संगै नगद ४५ हजार, शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरे ।
प्रतियोगितामा सरस्वती आदर्श विद्याआश्रमले दोश्रो स्थान सहित नगद ३० हजार, शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्न सफल भयो । प्रतियोगितामा विभूती शिक्षा सदनले तेश्रो स्थान सहित नगद २० हजार, शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गर्न सफल भयो ।
प्रतियोगितामा कास्की मोडनाइज्ड र सेन्ट म्यारिज बोर्डिङ स्कुलले शान्तवना स्थान सहित नगद १० हजार, प्रमाणपत्र प्राप्त गरे ।
प्रतियोगितामा बिजयीहरुलाई गण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपति सूर्य खड्का बिखर्ची, उपकुलपति गोरे गुरुङ, सदस्य सचिव मन कुमार गुरुङ, महोत्सव आयोजक युनाईटेड क्लबका अध्यक्ष लोक बहादुर थापा, निवर्तमान अध्यक्ष राजु श्रेष्ठ, संस्थापक अध्यक्ष हिमालय बख्रेल लगायतले पुरस्कार तथा प्रमाणपत्र वितरण गरेका थिए ।
खुल्ला बुद्धिचालको उपाधी सागरलाई
त्यसैगरी महोत्सवको अवसरमा आयोजित खुल्ला बुद्धिचाल प्रतियोगिताको उपाधी सागर साईले जितेका छन । उपाधी सहित साइले नगद १० हजार, मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गरे । त्यस्तै महेश्वर अधिकारी प्रतियोगिताको उपबिजेता सहित नगद ७ हजार, मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गरे । त्यस्तै बुद्धिराज शर्माले तृतिय स्थान सहित नगद ५ हजार प्राप्त गरे । प्रतियोगितामा निशान पौडेलले शान्तवना स्थान सहित नगद ४ हजार र प्रमाणपत्र प्राप्त गरे । प्रतियोगितामा दशौं स्थान भित्र पर्न सफल भीम प्रसाद भट्टराई, हुमराज गुरुङ, सुजन रानाभाट, रन्जन कुँबर, गोविन्द बराल, र एन्जल शाही ठकुरीले जनही नगद २ हजार र मेडल र प्रमाणपत्र प्राप्त गरे ।
प्रतियोगिताका बिजेताहरुलाई गण्डकी प्रदेश बुद्धिचाल संघका अध्यक्ष युवराज भण्डारी, कास्की जिल्ला बुद्धिचाल संघका अध्यक्ष बिनोद नाल्मी, पोखरा महानगर बुद्धिचाल संघका अध्यक्ष चन्द्र गुरुङ, चिफ आर्बेटर श्याम शुन्दर ताम्राकार, नरेन्द्र रानाभाट, राम बहादुर क्षेत्री, क्लबका पूर्व अध्यक्ष एवं खेलकुद समिति संयोजक सुक बहादुर गुरुङ, क्लबका निवर्तमान अध्यक्ष राजु श्रेष्ठ लगायतले पुरस्कार प्रदान गरेका थिए ।
त्यसैगरी महोत्सवमा आयोजिक टिकटक प्रतियोगिताको उपाधी गोले लामाले जितेका छन । आशीष इन्स्टीच्युटले प्रायोजन गरेको उक्त प्रतियोगिताका बिजेता गोले लामाले नगद ५० हजार र प्रमाणपत्र प्राप्त गरे ।
त्यस्तै महोत्सवको मुख्य प्रायोजक बेटरको स्टलबाट सामाग्री खरिद गरेका मध्ये लक्की ड्रको माध्यामबाट पोखरा ९ का गणेश रानाले १.५ टनको बेटर एसी प्राप्त गर्न सफल भएका छन । रानाले बेटरको स्टलबाट बटरफ्लाई मिक्स्चर खरिद गरेका थिए ।
त्यस्तै पोखरा १४ का साहारा लामिछानेले किंग राइकुकर खरिद गरि प्राप्त गरेको कुपनबाट बेटरको २५ लिटरको इलेक्ट्रिक गिजर बेटर मोनाको प्रो २५ र बेटरको ९० सेन्टिमिटरको तीनवटा बाफेल फिल्टर र मोसन सेन्सर भएको चिम्नि बेटर ब्रेथ प्रो ९० ग्लासहुड चिम्नी प्राप्त गरेका छन । तेश्रो बिजेता पोखरा १४ का तनिश तामाङले प्रेसर कुकर खरिद गर्दा बेटरको तीन बर्नर भएको बिल्ड इन हब चुलो बेटर युरोपा टफटेन थ्री प्राप्त गरेका छन । उक्त बिजेताहरुले बेटरको नयाँबजारमा रहेको शोरुमबाट उपहार प्राप्त गर्ने सक्ने बेटरका चिफ अप्रेसन अफिसर सर्वज्ञ अधिकारीले बताए ।
महोत्सव स्थलमा राखिएको भिजनलिंक एजुकेशन कन्सल्टेन्सीको स्टल मार्फत पोखरा भद्रकालीका प्रस्ताव ढकाल, मियापाटनकी सुनिता गौतम, रानीपौवाका अरमन अली, पोखरा ७ की गरिमा शर्मा, हस्पिटलचोकका राजेश तिवारी, अमरसिंहकी अन्जिला खत्री, पोखराका शिवजी प्रसाद गुप्ता, भेडिफर्मका सइरास गुरुङ, पोखराका प्रतिमा परियार र अमरसिंहका हरिकृष्ण खरेलले कन्सल्टेन्सीबाट सञ्चालित कुनैपनि कक्षामा निशुल्क सेवा प्राप्त गर्नेछन ।
पोखरा महोत्सवमा बद्रीले नचाए दर्शक
पोखरा । संधै वियोगान्त गित गाएर दर्शकलाई रुवाउने लोक तथा दोहोरी गायक बद्री पंगेनीले १३ औं संस्करणको पोखरा महोत्सवमा भने दर्शकलाई नचाएका छन । प्राय महोत्सवहरुमा आमा दिदीबहिनीहरुलाई लक्षित गरी प्रस्तुत हुने बद्री पंगेनीले पोखरा महोत्सवको आठौं दिन भने भिन्न शैलीमा आफ्नो प्रस्तुती राखे ।
भान्छे चलेन बोलको गीतबाट आफ्नो प्रस्तुती सुरु गरेका पंगेनीले युवाहरु माझ लोकप्रिय बनेको चिना हेराउदा भन्ने गीत प्रस्तुत गर्दा दर्शहरु बद्री संगै झुमे । बद्रीले झ्याउरे, ससुराली लगायतका गीतहरु संगै दोहोरी समेत गाएका थिए ।
महोत्सवमा बद्री पंगेनी संगै चोलेन्द्र पौडेल, रामजी पौडेल, तुलसा क्षेत्री, सरीता सारु मगर, नेत्र खड्का, सुनिता नेपाली र हाँस्य कलाकार पवन खतिवडा (म्याकुरी) को प्रस्तुती मार्फत दर्शकहरुले मनोरन्जन लिए । त्यसैगरी सांझको लाइभ कन्सर्ट तर्फ कबवेवको प्रस्तुतीमा युवाहरु झुमे ।
महोत्सवको आठांै दिन सम्म आइपुग्दा महोत्सवमा दर्शकहरुमो उल्लेख्य सहभागीता जनाएका छन । महोत्सवमा दर्शकको उपस्थिती संगै महोत्सवमा राखिएका स्टलहरुमा समेत उल्लेख्य मात्रामा ब्यापार भएको महोत्स्व अर्थ तथा स्टल ब्यवस्थापन उपसमिति संयोजक जयराम आचार्यले जानकारी दिए ।
महोत्सवको नवौं दिन लोकदोहोरी तर्फ श्याम राना, प्रजापति पराजुली, चोलेन्द्र पौडेल, शरला पाण्डे, इब्सल सन्ज्याल, कृष्ण सुवेदी, तुलसा क्षेत्री, जगत गौडेल, मधु थापा मगर र हाँस्य ब्यंग्य तर्फ पुर्खे बाको प्रस्तुती रहने महोत्सव कलाकार ब्यवस्थापनि उपसमिति संयोजक गणेश तिमिल्सिनाले जानकारी दिए । त्यसैगरी साँझको लाइभ कन्सर्टतर्फ रक हेड्सको प्रस्तुती रहने समेत संयोजक तिमिल्सिनाले जानकारी दिए ।
त्यसैगरी महोत्सवमा आयोजित विद्यालय स्तरीय सामुहिक लोकनृत्य प्रतियोगिताको दोश्रो दिन बिहीबार कास्की मोडनाइज्ड स्कुल, बाल कल्याण बीचको प्रीतस्पर्धामा कास्की मोर्डनाइज्ड फाइनलमा प्रवेश गरेको महोत्सव प्रचार प्रसार संयोजक दिनेश सुनारले जानकारी दिए ।
मानवअधिकार एलायन्स कास्कीको अध्यक्षमा मधु पन्थी
पाेखरा।राष्ट्रिय मानवअधिकार तथा सामाजिक न्याय मञ्च नेपाल (मानवअधिकार एलायन्स )कास्कीको अध्यक्षमा मानवअधिकारकर्मी मधु पन्थी चयन हुनुभएको छ।बिहिवार पाेखरामा सम्पन्न साताैं जिल्ला अधिबेशनले मधु पन्थीकाे नेतृत्वमा नयाँ कार्य समिति चयन गरेकाे हाे।समितिकाे उपाध्यक्षमा बिमला के सी , सचिवमा रमेश सुवेदी, कोषाध्यक्षमा सवनम शर्मा, सह- सचिवमा कल्पना घिमिरे सापकोटा
सदस्यहरूमा तुल ब रानाभाट, कृष्णमाया गुरूङ , विमला गुरूङ , आश्मा पहारी र सुशिला नेपाली रहनुभएकाे छ।
रहनुभएकाे छ।
पोखरामा कक्षा ८ को परीक्षालाई व्यवस्थित गर्न परीक्षा केन्द्रहरू तोकिने, होम सेन्टरको प्रावधान हटाइयो
पोखरा । पोखरा महानगर भित्र सञ्चालन हुने कक्षा ८ को परीक्षालाई थप व्यवस्थित गरिने भएको छ । होम सेन्टरका रूपमा विद्यार्थीहरूले शैक्षिक सत्रको अन्तिममा दिने वार्षिक परीक्षा आफ्नै विद्यालयमा दिने व्यवस्थालाई परिमार्जन गरी परीक्षा केन्द्रहरू नै तोकेर परीक्षा सञ्चालन गरिने भएको हो ।
शुक्रवार बसेको सरोकारवाला सहित महानगर शिक्षा समितिको बैठकले यस्तो निर्णय गरेको महानगर शिक्षा समितिका अध्यक्ष समेत रहनुभएका नगर प्रमुख धनराज आचार्यले बताउनुभयो । उहाँका अनुसार महानगर क्षेत्रमा सञ्चालन गरिने कक्षा ८ को विद्यमान परीक्षा प्रणालीलाई परिमार्जन गरी थप व्यवस्थित बनाउन लागिएको हो । यसले विद्यार्थीहरूलाई एसइई परीक्षाका लागि समेत मार्गदर्शन प्रदान गर्ने उहाँको विश्वास छ ।
‘हालको परीक्षा सञ्चालन प्रणालीले विद्यार्थीहरूलाई परीक्षाका सम्बन्धमा कुनै प्रकारको नयाँ अनुभूति मिल्ने अवस्था रहेन, यो आफ्नै विद्यालयमा तल्लो तहका नियमित परीक्षाका रूपमा जस्तै सीमित भयो, उहाँले भन्नुभयो, अव यसलाई उनीहरूको निकट भविष्यमा हुने विद्यालय तहको निकै महत्त्वपूर्ण मानिने एसइई परीक्षाको पूर्व अभ्यासका रूपमा विकास गर्नु पर्दछ ।, ताकी विद्यार्थी मानसिक रूपमा पनि त्यसका लागि तयार होस् ।’ यसो गर्दा कक्षा ८ का विद्यार्थीहरूलाई परीक्षाका सम्बन्धमा नयाँ अनुभूति पनि हुने र, यो एसइई परीक्षाको पूर्व अभ्यासका रूपमा समेत महत्त्वपूर्ण हुने नगर प्रमुख आचार्यले बताउनुभयो ।
यसले अन्तर विद्यालय विद्यार्थी घुलमिल, नयाँ साथीहरूसँग उनीहरूको भेटघाट, नवीन वातावरणमा सामञ्जस्ययता, आफ्नो विद्यालय र अन्य विद्यालयको शैक्षिक तथा भौतिक अवस्थाको अनुभूति लगायतमा विद्यार्थीहरूलाई नयाँ सिकाइ प्रदान गर्ने विश्वास गरिएको महानगरपालिकाको शिक्षा महाशाखाका प्रमुख हेमप्रसाद आचार्यले बताउनुभयो । उहाँका अनुसार महानगरपालिकाले विद्यार्थीहरूको सिकाइ प्रवर्द्धनका लागि विभिन्न किसिमका रचनात्मक उपायहरू अवलम्बन गर्दै आइरहेको । सोही अनुसार आधारभूत तहको परीक्षा प्रणालीमा सुधार सहित यसलाई समयानुकूल बनाउन लागिएको उहाँले बताउनुभयो ।
शिक्षा समितिको बैठकले परीक्षा सञ्चालनका लागि विद्यार्थीहरूलाई पायक पर्ने गरी ३३ वटा परीक्षा केन्द्रहरू उपयुक्त हुने प्रस्ताव समेत गरेको छ । तर, विद्यालय शिक्षाका सरोकारवाला (प्याव्सन, एन प्याव्सन, युनिप्स र पेसागत संघसंगठन) हरूसँग आवश्यक छलफल तथा परामर्श गरी यसलाई टुङ्ग्याइने छ । परीक्षा केन्द्र तोक्दा सामान्यतया परीक्षा सञ्चालन प्रणालीको मापदण्डका आधारमा विद्यार्थीहरूलाई पायक पर्ने गरी नै तोकिएको समितिले जनाएको छ । यस वर्ष पोखरामा १० हजार ५२२ जना विद्यार्थीहरू कक्षा ८ को परीक्षामा सहभागी हुनेछन् । जसमा ६ हजार ५ सय संस्थागत विद्यालयका रहेका छन् भने, ४ हजार २२ जना विद्यार्थी सामुदायिक विद्यालयका रहेका छन् ।
महानगरपालिकामा ८ हजार बढी विद्यार्थीहरू सामुदायिक विद्यालयहरूमा थपिएका छन् भने, यसलाई व्यवस्थित गर्न हरेक सामुदायिक विद्यालयहरूमा बाल विकासका कक्षाहरू अनिवार्य गरिएको छ । यसले महानगरपालिका भित्रको शिक्षालाई व्यवस्थित गर्न र आधारभूत तहको शिक्षाको पहुँचमा सबै विद्यार्थीहरूको सहभागिता सुनिश्चित गर्न मद्दत पुगेको छ ।