स्व.बसन्तकेशव पराजुलीको छैटौं स्मृति दिवस अल्जाईमर रोग सम्बन्धी सचेतना कार्यक्रम गरि मनाइयो
पोखरा । गण्डकी प्रदेशको सामाजिक क्षेत्रमा कार्यरत अगुवा संस्था पोखरा बृद्धाश्रम एवम निबृत्त शिक्षक समुदाय, कास्कीका अध्यक्ष स्व. बसन्तकेशव पराजुलीको छैठौ स्मृति दिवस बिभिन्न कार्यक्रमका साथ मनाइएको छ ।
राष्ट्रिय ज्येष्ठ नागरिक महासंघका तत्कालिन केन्द्रीय सल्लाहकार एवम् पोखरा बृद्धाश्रममा दुई दशक सम्म अनवरत सेवा गर्नुुभएका स्वर्गीय पराजुलीको स्मृति दिवश हरेक वर्र्ष विभिन्न रचानात्मक कार्यक्रमका साथ मनाउँदै आइएको प्रेस स्वतन्त्रता सेनानी तथा पोखरा बृद्धाश्रमका अध्यक्ष कुसुम केशव पराजुलीले बताउनुुभयो ।
यसवर्ष स्व.बसन्तकेशवको छैटौं स्मृति दिवसको उपलक्षमा पोखरा र आसपासका जिल्लाका ज्येष्ठ नागरिकलाई लक्षित गरी डिमेन्सिया अर्थात अल्जाईमर रोग सम्बन्धी सचेतना कार्यक्रम गरिएको छ ।
अल्जाईमर एवम डिमेन्सिया रोगबारे नेपाली जनमानसमा धेरै जानकारी नभएको र यो बिषयमा जनचेतना जगाउने कार्यक्रम अत्यन्त न्युन रहेको कारण यस्तो बिर्सने रोग बृद्धि भएको कुरा सचेतना कार्यक्रमका प्रस्तोता तथा मनोरोग बेत्ता डाक्टर राजन शर्माले बताउनुुभयो । डिमेन्सिया अल्जाईमर रोग आफैमा “सुशुप्त मृत्युजय” अर्थात साईलेन्स किलर छ भन्दै डा.शर्माले संसारमा अहिले यस्तो नसर्ने रोगको प्रकोप बढ्दै गएको बारे चिन्ता व्यक्त गर्नुुभयो ।
डिमेन्सिया रेगबाट पीडित भएका बिरामी र उनिहरुको मृत्यको संख्या नेपालमा कति छन् भनेर आधिकारिक तथ्यांक नभए पनि करिब पाँच प्रतिशतको हाराहारीमा बिश्वको जनसंख्या यो रोगबाट पीडित भएको कुरा बिश्व स्वास्थ्य संगठनको आँकडाले देखाएको छ । साईलेन्स किलर यस्तो रोगबारे ब्यापक जनचेतना जगाउन नसकेमा नेपालमा पनि १० प्रतिशत ज्येष्ठ नागरिकहरु धेरैथोरै यो रोगबाट ग्रसित हुँदै जाने अवस्था रहेको उहाँले जानकारी दिनुुभयो ।
कार्यक्रममा डिमेन्सिया रोग न्युनिकरणका लागि पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानका डा.बिजय बस्नेतले अपनाउनुपर्ने तरिका बारे स्पष्ट पार्नुुभएको थियो ।
गण्डकी प्रदेसभा सदस्य भीम बहादुर कार्कीले स्व.बसन्त केशव पराजुली जस्ता समाजिक अभियन्ताहरुले संचालन गर्दै आएका यस्ता कार्यक्रमहरुलाई सरकारले सहयोग गर्नु पर्ने बताउनुुभयो ।
निबृत्त शिक्षक समुदायका केन्द्रीय उपाध्यक्ष तोयनाथ लामिछानेले पुर्व शिक्षक एवम सामाजिक अभियन्ता बसन्त केशव पराजुलीको योगदान बारे चर्चा गर्नुुभयो ।
निबृत्त शिक्षक समुदाय, कास्कीका अध्यक्ष छबिलाल आचार्य, ज्येष्ठ नागरिक महासंघ गण्डकी प्रदेशका सचिव ईच्छाबहादुर वाग्ले, स्याङ्गजा जिल्लाबाट आएकी नेपालका पहिलो महिला बिकास अधिकृत कल्पना बस्याल लगायतले आ आफ्ना धारणा राख्नुुभयो ।
कार्यक्रमा गण्डकी प्रदेशमा रहेका अधिकांस जिल्लाबाट आएका ज्येष्ठ नागरिक र कास्की जिल्लामा रहेका पुर्व शिक्षक, बौद्धिक ब्यक्तित्व र समाजिक क्षेत्रमा कार्यरत अभियान्ताहरुको उपस्थिति थियो ।
पोखरा बृद्धाश्रमको हातामा सम्पन्न कार्यक्रममा हालै मात्र नेपाल सरकारले काठमाडौमा सम्पन्न चौथो राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको उपलक्षमा पोखरा बृद्धाश्रमलाई सम्मान एवम पुरस्कृत गरेको बृद्धाश्रमका उपाध्यक्ष केशवराज लम्सालले जानकारी दिनुुभयो ।
पोखरा बृद्धाश्रमको कार्यको प्रशंसा गर्दै बिहिबार बुद्ध एयरका कार्यकारी अध्यक्ष बीरेन्द्र बहादुर बस्नेतले पोखरा बृद्धाश्रमलाई एक लाख नगद प्रदान गर्नुुभएको थियो ।
कास्की कारागारका कैदीबन्दीको कोलेस्ट्रोल निकै उच्च,निद्रा नलाग्ने र छटपटी हुने समस्या
पोखरा । कारागार कार्यालय कास्कीमा रहेका बिरामी कैदीबन्दीको बुधबार सित्तैमा जाँचसहित औषधी वितरण गरिएको छ । युआरएल फाउन्डेसन नेपाल र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्राविधिक सहयोगमा कारागारमा निशुल्क शिविर भएको हो ।
गएको शनिबार कैदी, बन्दीहरुको सुगर, युरिक, एसिड थाइराइड जाँचका लागि नमुना संकलन गरिएकोमा बुधबार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सकबाट स्वास्थ्य जाँच, परामर्शसहित आवश्यक औषधी वितरण गरिएको हो । शिविरमा २ सय ६० जनाको सित्तैमा जाँच गरिएको छ । कास्की कारागारमा कैदी, बन्दी, सुरक्षाकर्मीसहित करिब ९ सयको बसोबास छ ।
शिविरमा सहभागी पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका वरिष्ठ फिजिसियन डा कृष्णराज अधिकारी कारागारमा रहेका कैदीबन्दीका विभिन्न खाले समस्या देखिएको बताउँछन् । ‘सबैजसोमा कोलेस्ट्रोल निकै उच्च देखियो,’ डा अधिकारी भन्छन्, ‘धेरैले मानसिक समस्या जस्तोः निद्रा नलाग्ने, छटपटी हुने गरेको सुनाए । कहिल्यै जाँच गर्न नपाएका मधुमेह, प्रेसर निकै उच्च भएकाहरु पनि भेटियो ।’
चिल्लो खाना, व्यायामको कमी, आवश्यक परामर्शको अभाव, कसरत नहुनुका साथै बेलैमा उपचारको व्यवस्था नहुँदा यस्तो अवस्था देखिएको डा अधिकारीले औंल्याए । युआरएल फाउन्डेसनका अध्यक्ष ठाकुरप्रसाद पन्थ स्वास्थ्य उपचारको निकै आवश्यक रहेका कैदीबन्दीहरुको परीक्षणसहित औषधीसमेत वितरण गरिएको बताउँछन् ।
‘हामीले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानसँग मिलेर शिविर आयोजना गरेका हौं,’ अध्यक्ष पन्तले भने, ‘सामाजिक उत्तरदायित्व निर्वाह गर्ने क्रममा यहाँ आइपुगेका हौँ । करिब ३ लाखको औषधीसमेत वितरण गरिएको छ ।’
युआरएल फाउन्डेसनका सचिव गणेशप्रसाद कोइरालाले पहिलो पटक यसरी शिविर गरिएको जनाउँदै कारागारमा दन्तसहित विभिन्न रोगका शिविर जरुरी रहेको औंल्याए । कैदी बन्दीहरुको स्वास्थ्य सेवालाई बनाउन यस्ता शिविरले सघाउने कारागार प्रमुख राजेन्द्र शर्माको भनाइ छ । उनले सीमित स्रोतका बाबजुद पनि आफूहरु कारागारमा स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन लागिपरेको उल्लेख गरे ।
किसानलाई संरक्षण गर्न महोत्सव गर्न लागेका हाैं : तनहुँ उद्योग वाणिज्य सङ्घका अध्यक्ष मिश्र
तनहुँ । लागत मुूल्य नउठेर किसान पेशाबाट पलायन हुन नपरोस् भन्ने मूख्य उद्धेश्यले तनहुँको सदरमुकाम दमौलीमा महोत्सव हुने भएको छ । तनहुँ उद्योग वाणिज्य सङ्घको आयोजना तथा दमौली बजार इकाईको सहआयोजनामा पुस २५ गते देखि फागुन ७ गते सम्म नवौं तनहुँ महोत्सव हुने भएको हो ।
“तनहुँ महोत्सव हाम्रो आधार,आर्थिक सामाजिक विकासको पूर्वाधार” भन्ने मूल नाराका साथ नवौं तनहुँ कृषि पर्यटन तथा प्रविधि महोत्सवमा कृषिमा पहिलो प्राथमिकता दिईएको आयोजकले जनाएको छ । किसानको उत्पादन बिक्री नहुने, सस्तोमा बेच्नु पर्ने लगायतले गर्दा जामिन बाँझो राख्ने क्रम बढेकाले पेशा संरक्षण गर्न महोत्सव गर्नु परेको तनहुँ उद्योग वाणिज्य सङ्घका अध्यक्ष तथा महोत्सव मुल समारोह समितिका संयोजक वैकुण्ठनाथ मिश्रले जानकारी दिनुभयो ।
बिचौलीयाको माध्यमबाट सस्तोमा बेच्नुुपर्दा लागत मूल्य नउठेर किसान पलायन हुने र उपभोत्ताले महङ्गो मूल्यमा किनु पर्ने बाध्य भएकोले किसानलाई संरक्षण गर्न महोत्सव गर्नु परेको मिश्रले बताउनुभयो । मिश्रले भन्नुभयो, ‘उत्पादन गरेका कृषि तथा पशुजन्य उपजको प्रदर्शनी तथा बजारीकरण गरी उनीहरुको आर्थिक अवस्थामा सुधार ल्याउने प्रमुख उद्धेश्यले महोत्सव गर्न लागेका हौं, किसानलाई स्टलको पैसा तिर्नुपर्दैन ।’ किसानलाई बढी फाइदा होस् भनेर पालिकासँग समन्वय गरेर निशुल्क ढुवानीको व्यवस्था गर्न पहल कदमी भईरहेको मिश्रले जानकारी दिनुभयो । हौंसला दिन उत्कृष्ट किसानलाई सम्मान गरिने उहाँले बताउनुभयो । महोत्सव पुस २५ गते देखि माघ ७ गते सम्म हुने आयोजकले जनाएको छ । कृषि क्षेत्रमा भएको उत्पादनको बजारीकरण, नयाँ प्रविधिबारे जानकारी प्रदान गर्नाका साथै व्यावसायिक कृषि पेसामा आबद्ध हुनका लागि युवालाई उत्प्रेरित गर्ने अपेक्षा गरिएको आयोजकले जनाएको छ ।
कृषि अन्तर्गत कृषिउपज प्रदर्शनी, स्थानीय हस्तकलाको प्रदर्शनी र स्थानीय उद्योगबाट उत्पादित कृषि सामग्रीको प्रदर्शनी स्टल राखिने छ । महोत्सवमा अन्नबाली, दलहन बाली, नगदेबाली, फलफूल, तरकारी, मसला बाली, च्याउ बाली र महलगायत स्थानीय कृषि उपज तथा उत्पादन समावेश गरिने छ । महोत्सवमा दुग्धजन्य उपज एवं उत्पादन प्रविधि, पशुपक्षीजन्य उपज एवं उत्पादन तथा प्रविधि, अण्डा लगाएको मासुजन्य बिक्री, मत्स्यजन्य परिकारसमेत समावेश गर्न सकिने महोत्सवबाट बेरोजगार युवा व्यावसायिक कृषितर्फ आकर्षित हुने, कृषि उपजको बजारीकरण भई आयमा वृद्धि हुने, उन्नत एवं हाइब्रिड जातको बीउको प्रयोग तथा उत्पादनमा वृद्धि तथा विदेशबाट फर्केका युवाको कृषितर्फ आकर्षण एवं व्यावसायिकतामा अभिवृद्धि हुने अपेक्षा गरिएको महासचिव अधिकारी बताउनुहुन्छ । त्यस्तै महोत्सव मार्फत तनहुँको पर्यटन प्रवद्र्धन र धार्मिक एवं ऐतिहासिक स्थलको प्रवद्र्धन गरिने तनहुँ उद्योग वाणिज्य संघका निबर्तमान अध्यक्ष तथा महोत्सवका निर्देशक पविन्दकुमार श्रेष्ठ महोत्सवमा दुई सय वटा स्टलहरु रहने र एक सय वटा बुकिङ भईसकेको जानकारी दिनुभयो ।
घलेलमा २६ औं ल्होछार उत्सव जारी,घोडा दौड २० गते हुने
पोखरा । तमु समुदायको मुख्य पर्व ल्होछार/ल्होसारको अवसरमा कास्कीको माछापुच्छ्रे गाउँपालिका ८/९ स्थित घलेलमा २६ औं घलेल ल्होछार उत्सव जारी छ ।
बौद्ध सृजना युवा क्लबको आयोजनामा आगामी गत १५ देखि जारी उत्सवमा
प्रौढतर्फ युनाइटेड किङ्स क्लब पोखरा फाइनलमा प्रवेश गरेको क्लबका अध्यक्ष विराज गुरुङले जानकारी दिए ।
उनका अनुसार घलेलको खेल मैदानमा भएको सेमिफाइनल खेलमा आयोजक बौद्ध सृजना युवा क्लबलाई २–० को सोझो सेटमा पराजित गर्दै किङ्स क्लब फाइनलमा प्रवेश गरेको हो ।
भलिबल खेल संयोजक गणेश बिसीका अनुसार आयोजकले तोकेको समयमा उपस्थित नभएपनि लामाचौर, सिङ्दी, विन्ध्येश्वरी ठाँटी, भुर्जुङखोला र लामाचौर जिएम समाज र ड्राइभर समूहलाई वाकओभर दिइएको थियो ।
उनले भोलिको पहिलो खेल प्रौढतर्फ नै मर्दी हिमालको टोली र ल्वाङको बीचमा प्रतिस्पर्धा हुनेछ । यस्तै अर्को खेल धवलागिरी घलेल र म्याच नम्बर ४ को विजेताबीच खेल हुनेछ । भने, अर्काे खेल छारमेन्दो तक्रो र म्याच नम्बर ८ बीचको विजेताबीच हुने बिसीले बताए ।
यसैगरी आज महिलातर्फको खेलतालिका पनि सार्वजनिक भएको क्लबका सचिव अमृत गुरुङले बताए ।
उनका अनुसार बुधबार महिलातर्फको पहिलो खेल ग्रीनहिल क्लब ल्वाङ र घलेल रातोबीच प्रतिस्पर्धा हुनेछ । भने, भोलि दिउँसो २ बजे पुरुषतर्फको पनि खेल तालिका सार्वजनिक गरिने सचिव गुरुङले जानकारी दिए ।
उनका अनुसार प्रौढ भलिबलतर्फ कुल १२, महिलातर्फपनि १२ टिमको सहभागिता रहेको छ भने, पुरुषतर्फ अहिलेसम्म १८ टिमको दर्ता भएको छ ।
कुन प्रतियोगिता कति गते ?
क्लबका अध्यक्ष विराज गुरुङका अनुसार साँस्कृतिका कार्यक्रमतर्फ १९ गते चर्चित गायक चिज गुरुङ र बालकाशी गुरुङको बेजोड प्रस्तुती रहने छ । यस्तै घोडा दौड २० गते बिहान ११ बजे हुनेछ ।
यसैगरी नृत्य प्रतियोगिता १८, १९ र २० गते साढे ४ बजेबाट सुरु हुनेछ । ठेलो प्रतियोगिता २० गते दिउँसो १ बजे, रस्साकस्सी २० गते दिउँसो २ बजे आयोजना हुनेछ ।
कुन प्रतियोगिताको उपाधि राशी कति ?
गाउँ स्तरीय पुरुष भलिबल प्रतियोगिताको विजेतालाई ६५ हजार र उपविजेतालाई नगद ४५ हजार पुरस्कारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने छ ।
सेमिफाइनलमा प्रवेश गर्ने दुवै टिमलाई जनही १० हजार रुपैयाँ तथा प्रमाणपत्र प्रदान गरिनेछ । यसैगरी सर्वाेत्कृष्ट हुने खेलाडीलाई गो बन्जी नेपालबाट बन्जी जम्प गर्ने अवसर प्रदान गरिने क्लबका अध्यक्ष गुरुङले बताए ।
यसैगरी महिला भलिबल तर्फको विजेतालाई ३० हजार उपविजेतालाई २० हजार, शिल्ड,मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ ।
प्रौढ पुरुष भलिबल प्रतियोगिताको विजेताले बोका (ठुलो) र उपविजेताले बोका (सानो)सँगै ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
घोडा दौड प्रतियोगिताको विजेताले नगद रु ४० हजार र उपविजेताले २० हजार, सान्त्वना स्थान हाँसिल गर्नेले १० हजारसहित प्रमाणपत्र प्राप्त गर्नेछन् ।
यस्तै खुल्ला सामुहिक नृत्य प्रतियोगिताको विजेताले ३० हजार र उपविजेताले २० हजार रुपैयाँसहित प्रमाणपत्र प्राप्त गर्नेछन् ।
ठेलो फाल्ने प्रतियोगिता, रस्साकस्सी प्रतियोगिताको विजेता र उपविजेतालाई आर्कषक पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ