अपाङ्गता भएका व्यक्तिहरुको अधिकार सुनिश्चिततामा प्रदेश सरकार प्रतिबद्ध छ :मन्त्री थापा

पोखरा । गण्डकी प्रदेश सरकारका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री विन्दु कुमार थापाले अपाङ्गता भएका व्यक्तिहरुको अधिकार सुनिश्चिततामा प्रदेश सरकारको चाँसो रहेको बताएका छन् । नेपाल अपाङ्गता संघ कास्की र राष्ट्रिय शारीरिक अपाङ्ग महासंघ गण्डकी प्रदेशको संयुक्त आयोजना र सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय अन्तर्गतको प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र गण्डकीको सहयोगमा भएको स्वास्थ्य तथा सहायक सामग्री वितरण कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
“अपाङ्गता भएका व्यक्तिको अधिकार सुनिश्चिततामा प्रदेश सरकार प्रतिबद्ध छ । सम्बन्धित संघसंस्थासँग समन्वय गर्दै अगाडि बढनेछौं ।”, उनले भने । मन्त्री थापाले अपाङगता भएका नागरिकको क्षमता अभिवृद्धि, सीप विकास र रोजगारी सिर्जनामा प्रदेश सरकार लागिरहेको बताए । त्यसका लागि आवश्यक बजेट विनियोजन समेत गरिएको भनाई उनको छ ।
अपाङ्गता भएका व्यक्तिहरुलाई सीप विकास तालिम दिलाई उनीहरुबाट उत्पादित वस्तुको बजारीकरणमा समेत प्रदेश सरकारले सहयोग गर्ने उनले उल्लेख गरे ।
स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रका अधिकृत राममणी ढुंगानाले अपाङ्गता भएका व्यक्तिहरुको समस्या प्रकृति अनुसार फरक रहेको र आगामी दिनमा समन्वयका आधारमा कार्यक्रम तय गरिने बताए ।
राष्ट्रिय शारीरिक अपाङ्ग महासंघ गण्डकीका अध्यक्ष जगन्नाथ सुवेदीले प्रदेश सरकारबाट उपलब्ध भएको सहयोग सामग्रीले ठूलो राहत मिल्ने बताए । उनले अपाङ्गता भएका व्यक्तिहरुलाई आयआर्जनमा जोड्ने खालको कार्यक्रम ल्याउनुपर्ने आवश्यकतालाई औंल्याए ।
पोखरा महानगरपालिका अन्तर्गत नगर संजालका अध्यक्ष गंगा बहादुर खड्काले प्राप्त सामग्रीको सही सदुपयोग गर्न आग्रह गरेका छन् । अपाङ्गता भएका व्यक्तिहरुले पाउनुपर्ने सुविधा नपाएको गुनासो गर्दै यसमा निर्मम भएर लाग्न उनले प्रदेश सरकारलाई अनुरोध गरेका छन् । कार्यक्रममा अपाङ्गता भएका व्यत्तिहरुलाई व्हीलचियर, मेडिकल सामग्री हस्तान्तरण गरिएको थियो । कार्यक्रम नेपाल अपाङ्गता संघ कास्कीका अध्यक्ष विष्णु सिग्देलको अध्यक्षतामा सम्पन्न भएको थियो ।

 

नयाँ ‘मिष्टर नेपाल’ को खोजी, पोखरा अडिसन असार २९ गते

पोखरा । मिस्टर नेपालको गण्डकी प्रदेश अडिसन असार २९ गते हुने भएको छ । १६ औं संस्करणको मिस्टर नेपालका लागि यसपटक पनि क्षेत्रीय अडिसन गर्न लागिएको हो।

पोखरा अडिसन लेकसाइड स्थित होटेल बाराहीमा आयोजना गरिएको मिस्टर नेपाको गण्डकी प्रदेश निर्देशक आशिष पुरीले जानकारी दिए । पुरीका अनुसार अडिसनमा पोखरा लगाएत छिमेकी जिल्ला स्याङ्गजा, तनहुँ, गोर्खा, बागलुङ्गबाट पनि सहभागी हुनेछन् ।

१८ वर्षदेखि ३२ वर्ष ननाघेका युवाहरुले सहभागिता जनाउन सक्ने प्रतियोगिताको आवेदन ई–सेवा तथा अडिसनमै  वा सामाजिक सञ्जालबाट समेत प्राप्त गर्न सकिनेछ । प्रतियोगितामा विश्वका जुनै कुनामा रहेका ५ फिट ७ इन्च माथि उचाई भएका नेपाली नागरिकले सहभागिता जनाउन सक्नेछन् ।

पोखरा अडिसनबाट करिब ५ देखि १०  जना छनौट गरिने र उनीहरुले फेरि काठमाडौंमा अडिसन दिनेछन् । देशभरका अडिसनबाट छनौट भएकाहरुबीच काठमाडौंमा फेरि अडिसन हुनेछन् । जहाँबाट २५ जना छनौट हुनेछन् । उनीहरुलाई एक महिनाको प्रशिक्षण दिइनेछ ।

प्रशिक्षणपछि काठमाडौंको याक एण्ड यतिमा ग्राण्ड फिनाले हुनेछ । पोखराबाहेक नेपालगंज, बुटवल, चितवन, हेटौडा, जनकपुर,दमक र विराटनगरमा अडिसन सम्पन्न भइसकेको छ। मिस्टर नेपालको विजेताले पाँच लाख बराबरको पुरस्कार प्राप्त गर्नेछन् ।

यस्तै मिस्टर नेपालले मिस्टर वर्ल्डमा सहभागी हुने अवसर प्राप्त गर्नेछन् भने फर्स्ट रनरअपले मिस्टर ग्लोबक तथा सेकेन्ड रनरअपले मिस्टर टुरिजममा सहभागी हुने अवसर प्राप्त गर्नेछन् । मिस्टर नेपाल सन् २००२ देखि आयोजना हुँदै आएको छ ।

पहिरोमा पुरीएर बिद्यार्थीकाे मृत्यु भएपछि पाेखराका   (साविक लेखनाथ) ३ वटा   विद्यालय शोकमा

कविराज खनाल
पोखरा ।    पहिरोमा पुरीएर बिद्यार्थीकाे मृत्यु भएपछि पाेखराका   (साविक लेखनाथ) ३ वटा   विद्यालय शोकमा डुवेका छन् ।  पोखरा महानगरपालिका वडा नंं ३२, स्थित चैनपुरमा गएराति अविरल बर्षाका कारण पहिरोमा पुरीएर ३ जनाको मृत्यु भए सँगै साविक लेखनाथका ३ वटा विद्यालय शुक्रवार शोकमा डुवेका हुन ।
बिहिबार  राति करिव १२ः३० बजे समयमा घर भन्दा पाँचसय मिटर माथिबाट आएको पहिरोले स्थानीय शिव ओझाको टिनले छाएको एक तले घरमा आएको पहिरोले पुरिदा उहाँकी छोरीहरु  वर्ष १६ कि अनिता ओझा  र वर्ष १३ कि  अनुश्का ओझाकाे ज्यान गएकाे हाे । उनका  सालाको छोरा वर्ष ९ का प्रतिक सुवेदीको पनि घरमा पुरीएर  मृत्यु भएको  हो ।
उनकी श्रीमती आरती ओझालाई स्थानीयवासी र जनपथ र सशस्त्रबलको टोलीले रातीनै उद्धार गरेका थिए ।उनकाे अहिले  पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपाचार भइरहेको   कास्की प्रहरीले जनाएको छ । ।
अनिता ओझा पोखरा महानगरपालिका वडा नंं ३२, राजाको चौतारामा रहेको श्री ब्रह्मरुपा माध्यमिक विद्यालयमा कम्प्युटर इनिजनियरिङ् तर्फ कक्षा १० मा अध्ययनरत थिइन।  अनुश्का ओझा   पोखरा महानगरपालिका वडा नंं  ३० मा रहेकाे श्री त्रिभुवन शान्ति मा.वि.मा कक्षा छ मा अध्ययनरत थिइन ।  रुपा गाउँपालिका वडा नं. २ शिरकोतान घर भएका वर्ष ९ का प्रतिक सुवेदी पोखरा– ३१, श्री डायमण्ड मोडल सेकेन्डरी स्कुलमा कक्षा ३ मा अध्ययनरत थिए । उनी विद्यालयमा  अन्तिम शुक्रवार विदा परेकाले फुपुदिदीको घरमा  विदा मनाउन आएका थिए ।
 घरधनी शिवओझा रोजगारको शिलशिलामा भारतमा रहेका छन् ।

कास्कीमा पहिरो गई घर पुरिँदा ११ जनाको ज्यान गयाे