लेखनाथमा सामी परियोजना अन्तर्गत आप्रवासी स्रोत उपकेन्द्र स्थापना 

पोखरा । इलाका प्रशासन कार्यालय लेखनाथमा सामी परियोजना अन्तर्गत आप्रवासी स्रोत उपकेन्द्र स्थापना गरिएको छ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, सामाजिक विकास युवा तथा खेलकुद मन्त्रालय गण्डकी र पोखरा महानगरपालिकाको सहकार्यमा उक्त उपकेन्द्र सञ्चालनमा ल्याइएको हो । केन्द्रको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य र सहायक प्रमुख जिल्ला अधिकारी शिव लम्साल लगायतले शुभारम्भ गर्नुभएको हो ।
अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवसको अवसरमा पोखरा महानगरपालिकाका वडा नं २६ देखि ३३ सम्म र रुपा गाउँपालिकाका बासिन्दाहरूले समेत सेवा लिन सक्ने गरी लेखनाथमा उक्त उपकेन्द्र सञ्चालनमा ल्याइएको हो । केन्द्रले वैदेशिक रोजगारीमा जान चाहने र वैदेशिक रोजगारीमा रहेकाहरूका लागि समेत आवश्यक परामर्श सेवा दिने गर्दछ । वैदेशिक रोजगारीलाई सुरक्षित र मर्यादित बनाउने सन्दर्भमा सामी परियोजना मार्फत सरकारले प्रभावकारी कार्यहरू गर्दै आइरहेको छ ।
नगर प्रमुख आचार्यले महानगरपालिकाले स्वदेश मै रोजगारी सृजना गरी उद्यमशीलताको प्रवर्द्धनमा लागिरहेको उल्लेख गर्दै वैदेशिक रोजगारीमा जानेहरूका लागि समेत आवश्यक तालिम र परामर्शका कार्यक्रमहरू समेत सञ्चालन गरिरहेको बताउनुभयो । विभिन्न अवधिका तालिमका कक्षाहरू सञ्चालन गरिरहेको महानगरपालिकाले सीप विकासमा जोड दिइरहेको उहाँले बताउनुभयो । वैदेशिक रोजगारीका सम्बन्धमा आइपर्ने कुनै पनि प्रकारका समस्याहरूको समाधानका लागि महानगरपालिका आवश्यक समन्वय र सहकार्यका लागि प्रतिबद्ध रहेको नगर प्रमुख आचार्यले बताउनुभयो ।
सहायक प्रमुख जिल्ला अधिकारी लम्सालले वैदेशिक रोजगारीका सवालमा दैनिक रूपमा आउने समस्या र गुनासाको सुनुवाइ विलम्ब नगरी गर्ने गरिएको बताउनुभयो ।  वैदेशिक रोजगारीलाई सुरक्षित र विश्वासिलो बनाउने कार्यमा आफूहरू लागिरहेको उहाँले बताउनुभयो ।
सामाजिक विकास युवा तथा खेलकुद मन्त्रालय गण्डकीका उपसचिव प्रकाशचन्द्र ढुङ्गानाले वैदेशिक रोजगारीलाई सुरक्षित बनाउन आवश्यक रहेको बताउनुभयो । सामी परियोजनाकी प्रदेश स्तरीय कार्यक्रम व्यवस्थापक उमाकला शर्माले वैदेशिक रोजगारीमा थुप्रै समस्या रहेको उल्लेख गर्दै यसको निराकरणका लागि चेतना र वैदेशिक रोजगारीमा आत्मसम्मानको आवश्यकतामा जोड दिनुभयो ।
कार्यक्रममा पोखरा महानगरपालिका वडा नं.२७ का वडाध्यक्ष पूर्ण कुमार गुरुङ, वडा नं.३० का वडा अध्यक्ष दुर्गा प्रसाद सुवेदी र पोखरा महानगरपालिकाका रोजगार संयोजक तथा सामी कार्यक्रमका फोकल पर्सन विष्णुप्रसाद दाहाल लगायतले बोल्नुभएको थियो । कार्यक्रमका सहभागीहरूले वैदेशिक रोजगारीका सम्बन्धमा भोग्न परेका समस्याहरूका बारेमा जिज्ञासा राखेका थिए

पर्यटन प्रर्वद्धनका लागि लेखनाथका व्यवसायी चितवनमा

  कविराज खनाल चितवन। पर्यटन प्रर्वद्धनकाका लागि होटल तथा रेस्टुरेन्ट एसोसिएसन लेखनाथले १७ औँ वार्षिक साधारण सभा तथा अन्तक्र्रिया कार्यक्रम चितवनको रत्ननगर नगरपालिका सौराहामा सम्पन्न गरेको छ । पोखरा महानगरपालिका वडा नं–३१ बेगनासताल मा रहेको सो संस्थाले चितवनको सौराहामा वार्षिक साधारण सभा गरेको हो । साधारण सभाको अवसर पारेर एसोसिएसनले सौराहा र लेखनाथको पर्यटन विकास सम्बन्धी अन्तक्र्रिया एवं परिचयात्मक कार्यक्रम गरेको हो । दुवै क्षेत्रका जनप्रतिनिधि र व्यवसायी सहभागी उक्त कार्यक्रममा वक्ताहरुले पोखरा र सौराहाबीच पर्यटन सहकार्य र पर्यटन क्षेत्रलाई पुनरुत्थान गर्न आवश्यक रहेको बताएका थिए । कार्यक्रमको उद्धघाटन गर्दे प्रमुख अतिथि पोखरा महानगरपालिका वडा नं–३१ का वडाध्यक्ष ढकनाथ कँडेलले पर्यटन विकासका लागि व्यवसायीबीचको एकता आवश्यक रहेको बताए । उनले सात तालको वाटिका लेखनाथवाट हिमश्रृखलाहरु दृष्यावलोकन गर्न सकिने सातवटै ताल सहज घुम्न सकिने, विभिन्न प्रकारका माछाका परिकारका लागि यो क्षेत्र प्रख्यात रहेको र पर्यटकीय हिसाबले उत्कृष्ट गन्तव्य रहेको भन्दै यसको प्रचारप्रसार आवश्यक रहेको उनले बताए । यसैगरी दुवै क्षेत्रका व्यवसायीले सौराहा आएका पर्यटकलाई लेखनाथ जाने र लेखनाथमा रहेका पर्यटकलाई सौराहा आउने वातावरण व्यवसायीको एकताबाट मात्र सम्भव भएको बताए । होटल तथा रेस्टुरेन्ट एसोसिएसन लेखनाथका अध्यक्ष वीरभक्त कँडेलले संस्था मार्फत पर्यटकीय कृयाकलापमा भ्रमण, होटेल व्यवसायीलाई प्रशिक्षण पर्यटनलाई थप चलायमान बनाउन र पर्यटन क्षेत्रलाई पुनरउत्थानका लागि सवै सदस्यलाई आग्रह गर्दै यस प्रकारका कार्यक्रमले दुवै पर्यटकीय ठाउँका पर्यटनलाई चलायमान बनाउदै भातृत्व सम्बन्ध प्रगाढ बनाउन आग्रह पनि गरे । लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष विनोद श्रेष्ठले पोखराको काखमा रहेको लेखनाथको पर्यटन प्रकृतिमा निर्भर रहेको बताए बताउदै नजिकै आउदै गरेको लेखनाथ महोत्सव अवलोकन गर्न चितवन वासीलाई आग्रह गरे । क्षेत्रीय होटल संघ सौराहाका उपाध्यक्ष ओमप्रकाश पाण्डेले सौराहा र पोखराको पर्यटकीय विशेषता फरक–फरकरहेको भन्दै दुवै तर्फका होटल तथा रेष्टुरेनटका व्यवसायी विच सहकार्य र एकतावद्ध भएर अगाडि बढ्दा उपयुक्त हुने बताए । रत्ननगर उद्योग वाणिज्य संघका अध्यक्षशंकर गिरीले सफारी पर्यटनको हिसाबले प्रख्यात सौराहाको पर्यटन विकासमा व्यवसायी र स्थानीय सरकारको सहकार्य अनिवार्य रहेको बताए ।   होटल तथा रेस्टुरेन्ट एसोसिएसन लेखनाथका अध्यक्ष वीरभक्त कँडेलको अध्यक्षतामा भएको कार्यक्रममा रेवान सौराहाका पूर्वअध्यक्ष गोकर्ण गिरीले र महासचिव सुरेश लामिछाने, रत्ननगर नगरपालिका वडा नं–६ की कार्यवाहक वडाध्यक्ष केशरीमाया सुनार, चितवन उद्योग संघ रत्ननगरका अध्यक्ष उमाकान्त पौडेल, एसोसिएसनका निवर्तमान अध्यक्ष अर्जुन लम्साल लगायतले आ आफ्नो मन्तव्य राखेकाा थिए संस्थाकी सदस्य एवं लेखनाथ उद्योग वाणिज्य संघकी महासचिव जानुका पराजुलीले स्वागत मन्तव्य राखेको सो कार्यक्रमको संचालन संस्थाका महासचिव सुरेश लामिछानेले गरेका थिए ।

नेपाल बार एसोसिएसनको ५०औं कार्यकारिणी परिषद् बैठक पोखरामा सुरु

0

  पोखरा। नेपाल बार एसोसिएसनको ५०औं कार्यकारिणी परिषद बैठक साेमवार पोखरामा सुरु भएको छ । बैठकको उदघाटन गर्दै गण्डकीका मुख्यमन्त्री सुरेन्द्र राज पाण्डेले जनतालाई न्याय दिलाउन, अदालतलाई न्यायीक स्वतन्त्रता दिलाउनकालागी बार एसोसिएसन निरन्तर लागिरहन आग्रह गरे । न्यायपालिकाभित्र विकृति मौलाएको भन्दै नेपाल बार एसोसिएसनले त्यसको विरुद्धमा छेडेको आन्दोलनलाई जारी राख्ने उद्घोषका साथ पोखरा बैठक सुरु भएको नेपाल बार एसोसिएसनका केन्द्रीय अध्यक्ष गोपालकृष्ण घिमिरेले बताए । त्य्स्तै पोखराका मेयर धनराज आचार्यले  समाज विकासकालागी मानव अधिकार मुख्य विषय रहेको बताए ।  उनले  देशमा संघीयता आइसकेको परिपेक्षमा संविधान सही ढङ्गले कार्यान्वयन भए न भएको विषयमा बारले ध्यान दिन आग्रह गरे । बरिष्ठ अधिवक्ता कृष्ण बहादुर थापले नेपालको गणतान्त्रिक संविधान भएपनी सम्बिधान कार्यान्वयनको सन्दर्भमा फितलो देखिएको बताए । उनले नेपाल बार प्रतिपक्ष न भए पनि सरकारले गरेका काम कार्वाहीलाई खवरदारी गर्ने र कानून अनुसारको शासन होस भन्ने धेय रहेको बताए । बारले आवाज उठाउने , कमिकमजोरी औल्याइदिने बताउदै सम्बन्धित पक्षले आफ्ना कामकारबाही चुस्तदुरुस्त बनाउदै जानू पर्ने बरिष्ठ अधिवक्ता कृष्ण बहादुर थापले बताए । अदालतको भ्रस्टाचार र बेथितिको बारेमा आवाज उठाउदा बारका अध्यक्षले अपहेलनाको मुद्दा  खेप्नु परेको बारका पुर्व उपाध्यक्ष वरिष्ठ अधिवक्ता रक्षा बस्यालले बताइन । उनले कानून ब्यवसायी र अदालत एक सिक्काका दुई पाटा भनिए पनि त्यसो हुन नसकेको बताइन । गण्डकी प्रदेशका मुख्यन्यायाधिवक्ता चिरञ्जीवी शर्माले संघीयता अनुरुप न्यायपालिका अर्थात अदालतको  पुनर्संरचना गर्नुपर्नेमा जिड दिए । सम्बिधानले तोकेको प्रदेश न्यायपालिका बनाउने कुरा उठेपनि संघीयता कार्यान्वयन नहुदा प्रदेशमा बसेर काम गर्न गारो भएको उनको भनाई थियो । न्यायपालिकाको काम कामकारबाही चुस्तदुरुस्त नहुदा  भ्रष्टाचार मौलाउदै गएकोले त्यस तर्फ आवाज उठाउन बारलाई आग्रह गरे । नेपाल बार एशोसिएशनका केन्द्रीय अध्यक्ष गोपाल घिमिरेको अध्यतामा सुरु भएको सम्म्मेलन भोलिसम्म चल्नेछ ।  बैठकमा विभिन्न एजेन्डामा छलफल हुने  बताइएको छ । बैठकमा देशैभरबाट करिव १ हजार अधिवक्ताहरुको सहभागिता रहेको छ ।

पोखरा महोत्सवको फुड पार्टनरमा पोखरा सेकुवा घर

  पोखरा । आगामी पुषको २५ देखी माघको ७ गते सम्म पोखराको अमरसिंह चौरमा आयोजना हुने तेह्रौं संस्करणको पोखरा महोत्सवलाई अमरसिंहचोकमा रहेको पोखरा सेकुवा घरले फुड पार्टनरमा रही सहकार्य गर्ने भएको छ । महोत्सव आयोजक युनाईटेड क्लबका अध्यक्ष लोक बहादुर थापा र पोखरा सेकुवा घरका सञ्चालक चिन बहादुर गुरुङ बीच पोखरा महोत्सवलाई सफल पार्न एक अर्का बीच सहकार्य गर्ने सहमति भएको छ । सहमति पत्रमा हस्ताक्षर गर्दै पोखरा सेकुवा घरका सञ्चालक चिन बहादुर गुरुङले हालै सञ्चालनमा आएको पोखरा सेकुवा घरले पोखराको ब्राण्डको रुपमा रहेको पोखरा महोत्सव संग सहकार्य गर्न पाउदा खुसी लागेको वताए । युनाईटेड क्लब पोखराले पोखरा महोत्सवको आयोजना गरी सामाजिक काममा अगाडी वढिरहदा तेह्रौ संस्करणको पोखरा महोत्सवमा सहकार्य गरेर आफ्नो व्यवसायको प्रवद्र्धन संगै सामाजिक काममा सहकार्य गर्न पाउदा निकै खुसी लागेको बताए । महोत्सव स्थल अमरसिंह चौरको पूर्वतर्फ रहेको पोखरा सेकुवा घरले पोखरा महोत्सव अवधिभर महोत्सवमा आउने दर्शकलाई फुड आइटममा १० प्रतिशत छुट उपलब्ध गराउने सञ्चालक गुरुङले वताए । पोखरा सेकुवा घरमा चिकन, मटन, बफ, पोर्क सेकुवा संगै खाजाका विभिन्न परिकारहरु उपलब्ध रहेको छ । सेकुवा घरमा एकै पटकमा दुई सय जनाको क्षमता रहेको र तीस जना अट्ने बैठक हल समेत रहेको र हाल १३ जनाले प्रत्यक्ष रोजगार पाएका छन । पोखरा सेकुवा घरका सञ्चालक चिन बहादुर गुरुङले अमरसिंह र लेकसाइडमा पोखरा मिट मार्ट समेत सञ्चालन गर्दै आइरहेको र अघिल्लो संस्करणको पोखरा महोत्सवमा समेत मिट मार्टको तर्फबाट महोत्सवमा सहकार्य गर्दै आइरहेको छ । सो अवसरमा वोल्दै महोत्सव आयोजक युनाईटेड क्लबका अध्यक्ष लोक बहादुर थापाले पोखरा सेकुवा घर जस्तै सहयोगीहरुको साथ र सहयोगलेनै पोखरा महोत्सव १३ औं संस्करण सम्म आइपुगेको वताउदै पोखरा सेकुवा घर संघ सहकार्य गर्न पाउदा गर्व लागेको वताए । सो अवसरमा महोत्सव आयोजक युनाईटेड क्लबका वरिष्ठ उपाध्यक्ष गणेश तिमिल्सिना, प्रथम उपाध्यक्ष सूर्य बहादुर बानियाँ, महासचिव दिनेश सुनार, सदस्य पूर्ण कुमार श्रेष्ठ, सल्लाहकार रमेश बहादुर कार्की लगायतको सहभागीता रहेको थियो ।