शान्त माध्यमिक बिद्यालयमा लैंगिक हिंसा सम्बन्धी सचेतना कार्यक्रम

पाेखरा। पाेखरा महानगरपालिका वडा नम्बर १८ भकुण्डेमा रहेको शान्त माविमा लैंगिक हिंसा सम्बन्धी सचेतनामुलक कार्यक्रम मंगलबार सम्पन्न भएको छ। लैंगिक हिंसा बिरुद्धकाे १६ दिने अभियानकाे अवसरमा बिद्यालय सचेतना कार्यक्रम अन्तर्गत   विपी काेईराला स्कुल अल पब्लिक पाेलिसि कास्कीले  कार्यक्रम आयोजना गरेको  विपी काेईराला स्कुल अल पब्लिक पाेलिसि कास्कीका अध्यक्ष  अधिबक्ता सरिता तिम्सिना पगेनीले जानकारी दिनुभयाे । कार्यक्रमकाे उद्घाटन गर्दै शान्त माविका शिक्षक अभिभावक संघका अध्यक्ष समुन्द्रा थापाले लैंगिक हिंसाका विषयमा बिद्यार्थीहरुले परिवार र समुदाय सम्म सचेतना फैलाउन महत्त्वपूर्ण भुमिका खेल्न सक्ने बताउनुभयाे।बिद्यालयलाई लैंगिक समतामूलक  बनाउन सबै सराेकारवालाहरु जिम्मेवार बन्नुपर्नेमा उहाँले जाेड दिनुभयो । शान्त माविका प्रधानाध्यापक कृष्ण प्रसाद तिमिल्सिनाले  बिद्यालयलाई राम्रो बनाउन शिक्षक,अभिभावक र बिद्यार्थीहरुकाे महत्त्वपूर्ण भुमिका रहने बताउनुभयो ।बिद्यालयलाई लैंगिक हिंसा मुक्त बनाउने सवालमा आफू सधैं प्रतिबद्ध रहेको उहाँको भनाइ थियाे। बिद्यालयका शिक्षक प्रतिनिधि सुर्य प्रसाद तिमिल्सिनाले बिद्यालयमा बाल क्लब ,रेडक्रस जस्ता संस्थामा बिद्यार्थीहरुलाई सहभागी गराई उनिहरुकाे नेतृत्व विकासमा समेत जाेड दिईएकाे जानकारी दिनुभयो । ईन्सेकका मधु पन्थीले विद्यालय तहबाट नै हिंसाका विषयमा सचेतना जगाउन सके मात्र समाजलाई लैगिंक समतामूलक बनाउन सकिने बताउनुभयो ।

सभ्य समाज निर्माणका लागि लैंगिक हिंसाको अन्त्य हुनुपर्नेमा जाेड

  पाेखरा । पाेखरा महानगरपालिका वडा नम्बर २५ हेमजाका वडा अध्यक्ष तथा पाेखरा महानगरका प्रवक्ता माेतिलाल तिमिल्सिनाले  सभ्य समाज निर्माणका लागि लैंगिक हिंसाको अन्त्य हुनुपर्नेमा जाेड दिनुभएको छ।साेमबार पाेखरा महानगरपालिका  वडा नम्बर २५  हेमजाकाे आयोजना तथा पाेखरा महानगरपालिकाकाे आर्थिक सहयोगमा आयोजित लैंगिक हिंसा बिरुद्ध महिला पुरुषको ऐक्यबद्धता कार्यक्रममा बाेल्दै उहाँले सभ्य समाज निर्माणका लागि ल‌ैंगिक हिंसाको अन्त्य हुनुपर्ने बताउनुभयो ।
कार्यक्रमलाई नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य अधिबक्ता सरिता तिम्सिना पगेनी  वडा प्रहरी कार्यलय वगरका प्रमुख प्रहरी निरीक्षक देवराज भट्टराई र काेपिला नेपालका विना सिलुवालले लैंगिक हिंसा ,घरेलुु हिंसा ,करणी सम्बन्धी कसुर,बाल बिबाह ,बहु बिबाह,महिला अधिकार लगायतका बिषयमा सहजिकरण गर्नुभएको थियाे।  सहजिकरण गर्नुभएको थियाे।

रुपा  वाङ्मय प्रतिष्ठान तदर्थ समिति गठन

रुपा गाउँपालिका भित्र रहेका कला, साहित्य, संगित तथा वाङ्‌मय क्षेत्रमा रहेका मानिसहरुलाई एउटै सस्थामा आवद्ध गराउने, रुपा गाउँपालिकाभित्र विद्यालय तहदेखि नै साहित्य, संगित तथा कला सम्बन्धी कार्यक्रम सञ्चालन गर्ने र रू‌पा गाउँपालिका भित्र साहित्य कला तथा संस्कृतिको संरक्षण र संवर्धनमा सहयोग गर्ने उद्देश्यले यो संस्था गठन गर्न लागिएको संस्थाका तदर्थ समिति संयोजक आदर्श पोखरेलले जानकारी दिए ।
Enter

रामकाेट माध्यमिक बिद्यालयमा लैंगिक हिंसा सम्बन्धी सचेतना कार्यक्रम