टेवानले तीज सांस्कृतिक महोत्सव गर्ने
पोखरा । पर्यटन व्यवसायी महिला संघ नेपाल (टेवान) आयोजनामा पोखरामा ‘तीज सांस्कृतिक महोत्सव–२०८१’ हुने भएको छ ।
‘दिगो पर्यटनका लागि समान सहभागिता’ मूल नारासहित महिलाहरुको महान् पर्व हरितालिका तीज अवसरमा टेवानले दोस्रो संस्करणको रुपमा उक्त महोत्सव आयोजना गर्न लागेको हो ।
आइतबार पत्रकार सम्मेलनमा टेवान अध्यक्ष कमला गिरीले नेपालको संस्कार, संस्कृति, कला, धर्म कसरी पर्यटनमा जोड्न सकिन्छ भन्ने उद्देश्यले गत वर्षदेखि तीज सांस्कृतिक महोत्सव आयोजना गरेकोमा यसपालि पनि निरन्तरता दिइएको बताइन् । उनका अनुसार यही भदौ २१ र २२ गते लेकसाइडको वाराहीघाटमा उक्त महोत्सव हुनेछ । सो अवसरमा सांस्कृतिक तीज गीत प्रतियोगिता, खेलकुदका कार्यक्रम, बहस लगायत कार्यक्रम हुने छन् ।
महोत्सवको पहिलो दिन तीज पर्व नै भएकाले बिहान १० बजे वाराहीचोकदेखि सांस्कृतिक झाँकीसहितको ¥याली हुनेछ । वाराहीघाटस्थित नेपाल ट्रष्टको चौरमा बिहान ११ बजे औपचारिक उद्घाटन हुनेछ । साथै, सांस्कृतिक कार्यक्रम एवं तीज गीत प्रतियोगिता सुरु हुनेछ ।
दोस्रो दिन बिहानैदेखि खेलकुदका कार्यक्रम हुनेछन् । त्यसपछि तीज सन्दर्भमा महिला सशक्तीकरण, पर्यटन तथा संस्कृति विषयमा प्यानल डिस्कसन हुनेछ । संस्कृतिकर्मी तीर्थ श्रेष्ठ, राप्रपानेतृ खुश्वु ओली र डा.राजुराज अधिकारी वक्ता रहनेछन् । सहजीकरण पत्रकार दुर्गा अधिकारीले गर्ने छिन् ।
कार्यक्रम संयोजक शान्ता तिमिल्सिनाले तीज गीत प्रतियोगिताका लागि हालसम्म १६ टिमले दर्ता गरिसकेको र महोत्सव सुरु हुँदासम्म करिब ३० टिम पुग्न सक्ने बताइन् । ‘पर्यटन प्रवद्र्धनसम्बन्धी र महिला उद्यमशीलता विषयमा प्रतियोगीले तीज गीत प्रस्तुत गर्नुपर्नेछ । प्रथमले ३० हजार, दोस्रोले ३० हजार, तेस्रोले १५ हजार सान्त्वना १० टिमलाई ५÷५ हजार पुरस्कार र प्रमाणपत्र प्रदान गरिनेछ । उत्कृष्ट नृत्य र भेषभूषासहित झाँकी प्रदर्शन गर्नेलाई पनि पुरस्कारको व्यवस्था छ । एउटा टिममा बढीमा ७ जनासम्म कलाकार हुनुपर्नेछ । ७ मिनेटमा गाएर सक्नुपर्नेछ ।
अग्रज पर्यटन व्यवसायी गणेशबहादुर भट्टराईले पोखरालाई पर्यटनको राजधानी घोषणा गरेरमात्र नहुने सरकारले आवश्यक कार्ययोजना ल्याउनुपर्नेमा जोड दिए । उनले पोखराको पर्यटन प्रवद्र्धनमा टेवानले विविध कार्यक्रम गर्दै आएकोमा यो महोत्सवले पनि पर्यटन प्रवद्र्धनमा सघाउ पुग्ने विश्वास लिए ।
संस्थाका सल्लाहकार बोबरजंग गुरुङले अचेल पदयात्रा मासिदै गएकोमा चिन्ता व्यक्त गरे । उनले पर्यटन प्रवद्र्धनमा यसखालका मेला महोत्सवले सघाउ पुग्ने बताए ।
संस्थाका निवर्तमान अध्यक्ष रेणु थापाले महोत्सव सफल पार्न हरेक निकायबाट सहयोगको अपेक्षा गरिन् ।
टेवान अध्यक्ष कमला गिरीको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा स्वागत उपाध्यक्ष प्रभा सुवेदी र सञ्चालन महासचिव अनिता खड्का भट्टराईले गरेकी थिइन् ।
पोखराका पर्यटन व्यवसायी महिलाहरुको सक्रियतामा २०७४ सालमा टेवान स्थापना भएको सचिव शोभा अधिकारी पौडेलले बताइन् ।
माैलिकताकाे जगेर्ना गर्दै तीज मनाउनुपर्नेमा जाेड
पाेखरा।उच्च अदालत पाेखराका न्यायाधीश मेरिना श्रेष्ठले माैलिकताकाे जगेर्ना गर्दै तीज पर्व मनाउनुपर्नेमा जाेड दिनु भएको छ।
शुक्रबार पाेखरामा उच्च अदालत वार एशाेसियसन पाेखरा महिला केन्द्र र कास्की जिल्ला अदालत वार एशाेसियसन महिला केन्द्रले संयुक्त रुपमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा बाेल्दै उहाँले तीज महिलाको स्वतन्त्रताको वकालत गर्ने पर्व भएको उल्लेख गर्नुभयो ।
कानुनले प्रदान गरेका हक अधिकारकाे व्यवाहारिक कार्यन्वयनमा महिला अधिबक्ताहरुकाे महत्त्वपूर्ण भुमिका रहने उहाँको भनाई थियाे।
महिलाको हरेक क्षेत्रमा अर्थपूर्ण सहभागीताका लागि क्षमता विकास गर्दै महिला अगाडी बढ्नु पर्ने उहाँको भनाइ थियाे। हरेक खालका हिंसा र बिभेदमा परेका महिलाको न्यायमा पहुँच बढाउन महिला अधिबक्ताले महत्त्वपूर्ण भुमिका खेल्न सक्ने उहाँको भनाइ थियाे।
उच्च अदालत वार एशाेसियसन पाेखरा महिला केन्द्रका संयाेजक अधिबक्ता भुवन पराजुलीकाे अध्यक्षतामा भएको कार्यक्रममा नेपाल वार काउन्सिलका गण्डकी प्रदेश पार्षद वरिष्ठ अधिबक्ता मुकुन्द अर्याल ,बरिस्ठ अधिबक्ता पदमपाणी देवकोटा ,नेपाल वार एशाेसिएसनका पुर्व उपाध्यक्ष अनिता गुरुङ ,पुर्व केन्द्रीय सदस्य कल्पना भण्डारी ,उच्च अदालत बार एशाेसियसन पाेखराका अध्यक्ष विष्णु मरासिनी, पुर्व अध्यक्ष फणीन्द्रराज काेईराला,अधिवक्ता डा.शाेभा पराजुली ,कास्की जिल्ला बार एशाेसियसन कास्कीका अध्यक्ष भगवती पहारी ,अधिबक्ता जुना कुमारी गुरुङ ,अधिवक्ता कमल पाैडेल लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियाे।
कार्यक्रममा स्वागत मन्तव्य कास्की जिल्ला अदालत वार एशाेसियसन महिला केन्द्रका संयाेजक अधिबक्ता प्रिती पाण्डेले गर्नुभएको थियाे भने कार्यक्रमकाे संचालन उच्च अदालत वार एशाेसियसन पाेखरा महिला केन्द्रका सचिव अधिबक्ता माधवी पाण्डेले गर्नु भएको थियाे।
सृजनशील स्वाबलम्बन कृषि सहकारीकाे दशाैं वार्षिक साधारणसभा सम्पन्न
पाेखरा।पाेखरा -३ नदिपुरमा रहेको सृजनशील स्वाबलम्बन कृषि सहकारीकाे दशाैं वार्षिक साधारणसभा शुक्रबार पाेखरामा सम्पन्न भएको छ।
साधारणसभाकाे उद्घाटन गर्दै जिल्ला सहकारी संघ कास्कीका अध्यक्ष सावित्री काेईरालाले सहकारीकाे विषयमा सुनेका हल्लाकाे पछि नलागी आफ्नो संस्था बलियो वनाउन तर्फ लाग्नुपर्नेमा जाेड दिनुभयो ।सहकारीका ऐन नियम अनुसार चलेका सहकारीलाई वजारकाे हल्लाले केही फरक नपार्ने उहाँले बताउनुभयो ।शेयर सदस्य वीचकाे सहकार्यले मात्रै सहकारी सफल हुने उहाँकाे भनाइ थियाे ।
कार्यक्रममा अध्यक्षकाे प्रतिबेदन संस्थाका अध्यक्ष जगन्नाथ सुवेदीले प्रस्तुत गनृुभएकाे थियाे भने काेषाध्यक्षकाे प्रतिबेदन संस्थाका काेषाध्यक्ष गायत्री कुँवरले प्रस्तुत गर्नुभएको थियाे।
लेखा समितिकाे प्रतिवेदन लेखा संयाेजक फणीन्द्र प्रसाद पाैडेलले प्रस्तुत गर्नुभएको थियाे।
संस्थाका अध्यक्ष जगन्नाथ सुवेदीकाे अध्यक्षतामा भएकाे कार्यक्रममा स्वागत मन्तव्य संस्थाका वरिष्ठ उपाध्यक्ष गीता कुवँर अधिकारीले गर्नुभएको थियाे भने कार्यक्रमकाे संचालन संस्थाका सचिव जगत पाैडेलले गर्नुभएको थियाे।
कार्यक्रममा पाेखरा महानगरपालिका आर्थिक बिकास महाशाखा प्रमुख मनहर कडरियाले कृषी सम्बन्धी प्रशिक्षण दिनुभएकाे थियाे ।
तीज विशेष कार्यक्रममा भलिबल कप्तान अरुणा शाही र पत्रकार जमुना वर्षा सम्मानित
पोखरा १० भदौ गण्डकी प्रदेशको वैदेशिक रोजगार शाखा संरक्षण संघले पोखरामा आयोजित तीज विशेष कार्यक्रममा राष्ट्रिय महिला भलिबलकी कप्तान अरुणा शाही र नेपाल पत्रकार महासंघ कास्कीकी उपाध्यक्ष जमुना वर्षा शर्मालाई सम्मान गरेको छ। कार्यक्रममा गण्डकी प्रदेश सभा सदस्य सरस्वती अर्याल तिवारीले शाही र शर्मालाई प्रशंसा पत्र र नगदसहित सम्मान गरेका थिए। कप्तान शाहीलाई ५० हजार र पत्रकार शर्मालाई १० हजार नगदले सम्मान गरिएको हो ।
अरुणा शाहीलाई उनको कप्तानीमा विदेशमा उत्कृष्ट भलिबल खेल प्रदर्शन गरेको भन्दै सम्मान गरिएको थियो भने जमुना वर्षा शर्मालाई पत्रकारिताको माध्यमबाट महिला सशक्तिकरणमा पुर्याएको योगदानको कदर गर्दै सम्मान गरिएको हो । सम्मान कार्यक्रममा प्रमुख अतिथि तिवारीले कडा परिश्रम र मिहिनेतको परिणामस्वरूप समाजमा सफलता प्राप्त गरेका महिलाहरुलाई सम्मान गर्ने यो कार्यक्रम प्रसंशनीय रूपमा स्थापित गरेको बताइन्। साथै, उनले महिलाहरु अघि बढ्नका लागि अझै धेरै चुनौतीहरू रहेको उल्लेख गर्दै, यी चुनौतीहरूको सामना गरेर मात्रै सफलता प्राप्त गर्न सकिनेमा जोड दिइन्। उनले वैदेशिक रोजगारलाई व्यवस्थित बनाउनु पर्ने , गैह्रकानुनी र सीप बिना बिदेश जाने कुरालाई निरुत्साहित गर्दै विदेश भन्दा स्वदेशमै स्वरोजगार बन्न प्रेरित गर्नु पर्नेमा जोड दिइन ।
सम्मानित पत्रकार जमुना वर्षा शर्माले सम्मानले पत्रकारीता क्षेत्रमा अझ जिम्मेवार भएर काम गर्न प्रेरित गरेको बताइन । सो अवसरमा पत्रकार शर्माले रोजगारीको लागि संघर्ष गर्ने महिलाहरूको समस्यालाई सम्बोधन गर्दै वैदेशिक रोजगार शाखा संरक्षण संघले समस्यामा परेका नेपाली श्रमिकहरूलाई सहयोग गर्न आग्रह गरिन्। सम्मानित कप्तान अरुणा शाही सम्मानले आफुलाई थप हौसला र उर्जा मिलेको धारणा राख्दै देशको नाम राख्न आफुले निरन्तर मिहिनेत गर्ने बताइन ।
संघका अध्यक्ष सुजन श्रेष्ठले हरितालिका तिज पर्व को महत्व र महिमा विशेष रहेको जनाउदै महिला सम्मान गरेको बताए । उनले २०६६ सालमा स्थापना भएको सस्थाले गण्डकी प्रदेशका वैदेशिक रोजगार सम्बद्ध शाखाहरुलाई नियमन गर्दै सरकार र व्यवसायीबीच समन्वय गर्दै आइरहेको जानकारी दिए । उनले वैदेशिक रोजगारको नाममा हुने ठगिलाई रोक्दै कानुनी र व्यवस्थित माध्यमबाट रोजगार प्रदान गर्न सस्था सक्रिय रहेको र संघमा ८० वटा सस्था आवद्ध रहेको उनको भनाइ थियो । सो कार्यक्रममा संघका सल्लाहकार, सदस्य, कर्मचारी र अन्य विशिष्ट व्यक्तित्वहरूलाई पनि मायाको चिनोसहित सम्मान गरिएको थियो ।
कार्यक्रमको सञ्चालन महासचिव विक्रम पोखरेलले गरेका थिए भने, सल्लाहकार, संघका वरिष्ठ उपाध्यक्ष घनश्याम गौतम लगायतका वक्ताहरूले आफ्नो मन्तव्य राखेका थिए।