लामाचौर कप राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगिता सुरु

पोखरा । पोखरा १९ लामाचौरमा आजदेखी राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगिता सुरु भएको छ । नव आदर्श विकास समाजको २८ औं वार्षिकोत्सव तथा तीजको अवसरमा इन्द्रराज्य लक्ष्मी माविको खेल मैदानमा महिला राष्ट्रिय भलिबल प्रतियोगिताको ११ औं संस्करण र पुरुषतर्फ तेस्रो संस्करण सुरु भएको हो । प्रतियोगिताको पहिलो दिन महिलातर्फ एपिएफ र टिपटप न्युु डायमण्डले जित हासिल गर्दा पुरुषतर्फ एपिएफ र पुलिसले जित निकाल्यो । महिलातर्फ भएको पहिलो खेलमा विभागिय क्लब एपिएफले गण्डकी प्रदेशलाई ३–१ को सेटमा हराउँदै विजयी सुरुवात गरेको छ । एपिएफले पहिलो सेट २५–१४ र दोस्रो सेटमापनि २५–१४ कै जित निकाल्यो । तेस्रो सेटमा एक समय १३–२० ले पछि परेको एपिएफले लगातार अंक बटुल्दै १९–२० को स्थितिमा खेल पु¥याँदै २४–२४ को बराबरीमा पुु¥याएपनि उक्त सेट गण्डकीले २६–२४ ले आफ्नो पक्षमा पा¥यो । चौथो सेटमा पुनः खेलमा फर्कदै एपिएफले २५– १३ को सेटमा हराउँदै जितको सुरुवात गरेको हो । दोस्रो खेलमा न्यु डायमण्डले एभरेष्ट भलिबललाई ३–० को सोझो सेटमा हराउँदै विजयी सुरुवात ग¥यो ।  पहिलो सेटमा २५–१४ को जित निकालेको न्यु डायमण्डले दोस्रो सेट २५–१२ र तेस्रो  २५–१७ को सहज जित निकाल्न सफल भयो । पुुरुषतर्फको पहिलो खेलमा एपिएफले ट्राभल इन्क्वाइरी गलकोटलाई ३–१ को सेटमा हराउन सफल भयो । पहिलो सेट २५–१७ ले जितेको एपिएफ दोस्रो सेटमा २५–२७ ले पछि प¥यो । तेस्रो सेटमा खेलमा फर्किएको एपिएफले २५–१६ र चौथो सेटमा २६–२४ ले हराउँदै पहिलो जित दर्ता गराएको हो । दिनको अन्तिम खेलमा गण्डकी प्रदेशलाई नेपाल पुलिस क्लबले सोझो सेटमा पाखा लगाएको छ । पहिलो सेट २५–१७ ले जितेको पुलिसले दोस्रो सेटमा २५–२१ को जित निकाल्दै जिततर्फ लम्किएको थियो । निकै प्रतिस्पर्धात्मक बनेको तेस्रो सेटमा पुलिसलाई जित निकाल्न हम्मे हम्मे प¥यो । खेलमा फर्कने प्रयास गरेपनि गण्डकीमाथि पुलिसले ३०–२८ को जित निकाल्न सफल रह्यो । राउण्ड रोविनको आधारमा सञ्चालन हुने प्रतियोगिताको महिलातर्फ गण्डकी प्रदेश भलिबल संघ, एभरेष्ट क्लब, टिपटप न्यू डायमण्ड यूथ स्पोर्टस क्लब र एपिएफ क्लब सहभागि छन् । पुरुषतर्फ गण्डकी प्रदेश भलिबल टिम, एपिएफ क्लब, ट्राभल इन्क्वाइरी गलकोट र नेपाल पुलिस क्लबको सहभागिता रहेको छ । भोलीको पहिलो खेल महिला तर्फ टिपटप न्यु डायमण्ड युथ स्पोर्टस र गण्डकी प्रदेश बिच बिहान ८ बजे हुनेछ भने दोस्रो खेल महिला तर्फ एपिएफ क्लब र एभरेष्ट भलिवल क्लब बिच बिहान १० बजे, तेस्रो खेल पुरुष तर्फ नेपाल पुलिस क्लब र ट्राभल इन्क्वाइरी गलकोट बिच मध्यान्न १२ः१५ बजे र भोलीको अन्तिम एवं प्रतियोगिता उद्घाटन खेल पुरुष तर्फ गण्डकी प्रदेश र एपिएफ क्लब बिच दिउँसो २ः१५ बजे संचालन हुनेछ । २१ गते सम्म सञ्चालन हुने प्रतियोगितामा हरेक दिन महिलातर्फ २ र पुरुषतर्फ २ गरी चार खेल हुनछन् । प्रतियोगिताको महिला र पुरुषतर्फ उपाधि विजेता, उपविजेता र तृतिय हुने टिमले क्रमशः नगद रु १ लाख ५० हजार १ सय ११, १ लाख १ सय ११ र ५० हजार १ सय ११ रुपैयाँका साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । त्यस्तै उत्कृष्ट विद्यागततर्फ समेत आकर्षक पुरस्कार वितरण गरिने आयोजकले जनाएको छ ।

कास्की काँग्रेसको अभिमुखीकरण कार्यक्रम सम्पन्न

संगम सहकारीको साधारणसभा सम्पन्न

पोखरा । संगम बचत तथा ऋण सहकारी संस्था पोखरा १५ ले  साधारणसभा  सम्पन्न गरेको छ । साधारणसभाको उद्घाटन गर्दै पोखरा १५ का वडा अध्यक्ष एवम् संस्थाका शेयर सदस्य तोरण बहादुर बानियाँले वडा १५ कै पहिलो र ठुलो सहकारी संस्थाले गरेको प्रगतिले आफुलाई खुसी लागेको बताए । संगम बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष नबराज तिवारीले सबैको साथ सहयोगले गर्दा नै आज संगम गण्डकी प्रदेशकै उत्कृष्ट सहकारी बन्न सफल भएको भन्दै सबैलाई धन्यवाद व्यक्त गरे । लेखा सुपरिवेक्षण समिति संयोजक भोबिन्द्र गिरीले ऋण सुरक्षण कोषमा शतप्रतिशत रकमको ब्यवस्थापनले संस्थालाई मजबुत बनाउने भएकोले सबैले ढुक्कसँग कारोबार गर्न अनुरोध गरे । कार्यालय प्रमुख बृहस्पति अधिकारीको संस्थागत प्रस्तुति रहेको सभामा कानुनी सल्लाहकार दयाराम गौतम , उपाध्यक्ष बुद्धिमान थापा , सचिव धनराज पुरी , अक्षयकोषदाता सन्ध्या कुँवर , विद्यार्थी तुमिन थापा , शेयर सदस्यहरु ई. आनन्द सापकोटा , टकदेवी पुन लगायतले मन्तव्य राखेका थिए । सभालाई उद्घाटन र बन्द सत्र गरि दुई भागमा नगरिकन एकैपटकको बसाइमा विभिन्न विषय उपर छलफल समेत गरि सम्पन्न गरिएको हो । सभामा सचिव धनराज पुरीले पेस गरेको प्रगति प्रतिवेदन सहित भरत बहादुर थापाले पेस गरेको कोषाध्यक्षको प्रतिवेदन र भोविन्द्र गिरीले पेस गरेको लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन पारित गरेको छ । यसैगरी २०८०/८१ को लेखा परिक्षकको प्रतिवेदन पनि पास भएको छ । सभाले गत आर्थिक वर्षको लाभांश तथा संरक्षित पुँजी फिर्ता कोषको रकम बितरण सम्बन्धी प्रस्ताव पनि पेस गरिएकोमा पारित भएको छ । सभामा संगम योग केसी स्मृति पुरस्कार र संगम सिद्धान्त कुँवर स्मृति छात्रवृत्ति पनि बितरण गरियो । सेयर सदस्यका परिवार मध्ये बाट कक्षा १२ मा उत्कृष्ट हुने दुई जनालाई दिइने संगम योग केसी स्मृति पुरस्कार बाट तुमिन थापा र कृतिका पुरीले नगद सहित सम्मान पत्र प्राप्त गरे । उनीहरुलाई अक्षयकोषदाता लक्ष्मी केसी र उनका परिवारले पुरस्कार प्रदान गरेका हुन् । यसैगरी सिद्ध माध्यमिक बिद्यालय पोखरा १५ मा कक्षा ९ र ११ मा अध्ययनरत विद्यार्थीहरु क्रमशः आयुस्मा पुन र एलिना श्रेष्ठले यस वर्षको संगम सिद्धान्त कुँवर स्मृति छात्रवृत्ति पाउन सफल भए । उनिहरुलाई पनि अक्षयकोषदाता सन्ध्या कुँवरले नगद र सम्मान पत्र सहित छात्रवृत्ति प्रदान गरिन् । सात करोड ५० लाख शेयर पुँजी , ४५ करोड ५२ लाख बचत , ४६ करोड ५८ लाख ऋण लगानी रहेको संस्थाको ६२ करोड ९२ लाख वासलात रहेको छ । यसैगरी जगेडा तथा अन्य कोषमा छ करोड ६७ लाख रहेको संस्थामा १२ करोड ७६ लाख तरलता रहेको छ । कास्की जिल्ला कार्यक्षेत्र भएको संस्थामा २९३३ जना शेयर सदस्य रहेका छन् । यसैगरी संस्थाले ऋण सुरक्षण कोषमा आवश्यक पर्ने शतप्रतिशत रकम रु. १,७६,४४,२३२/४५ ब्यवस्था गरेको छ ।

जिल्ला प्रशासन कार्यालय  कास्कीमा  ज्येष्ठ नागरिक विश्राम कक्ष एवम् स्वास्थ्य सहायता केन्द्रको स्थापना

    पोखरा ।गण्डकी प्रदेश सरकारका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री विन्दु कुमार थापाले ज्येष्ठ नागरिकलाई सहज र सरल सेवा उपलब्ध गराउनु  पर्नेमा  जाेड दिएका छन् । जिल्ला प्रशासन कार्यालय कास्लेकीले आइतबारबाट स्थापना गरेको ज्येष्ठ नागरिक विश्राम कक्ष एवम् स्वास्थ्य सहायता केन्द्रको स्थापना कार्यक्रममा बोल्दै मन्त्री थापाले यस्तो बताएका हुुन् । ज्येष्ठ नागरिकलाई लक्षित गर्दै स्थापना गरेको स्वास्थ्य सहायत केन्द्र  प्रभावकारी रुपमा स‌‌ञ्चालन  हुनु पर्ने  उनकाे भनाइ छ। गण्डकीको स्वास्थ्य मन्त्रालयले स्टाफ नर्स, बेड र निशुल्क औषधि उपलब्ध गराएको जानकारी  दिदै  मन्त्री थापाले  ज्येष्ठ नागरिकको सेवामा समर्पित हुनु सरकारको कर्तव्य भएको भनाई बताए     ।ज्येष्ठ नागरिक मैत्री कानून निर्माणमा प्रदेश सरकार  सचेत भएको उनले भनाइ छ । कार्यक्रममा बाेल्दै जिल्ला प्रशासन कार्यालय कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डेले कार्यालयमा ज्येष्ठ नागरिकको भीड देखेर उनीहरुको स्वास्थ्य सुरक्षाका लागि सहायता केन्द्रको स्थापना गरिएको बताए । राष्ट्रिय परिचयपत्र लिन आएका ज्येष्ठ नागरिकको भीड हुन थालेपछि कार्यालयले विश्राम कक्षको व्यवस्था गरेको उनले बताए । प्रशासन कार्यालयले सेवाग्राहीलाई विश्राम कक्षमा नै पुगेर सेवा प्रवाह गर्ने गरी काम गरिने प्रमुख जिल्ला अधिकारी  पाण्डेकाे भनाइ छ    । ज्येष्ठ नागरिकहरुलाई लाइन लााग्ने वातावरण नबनाउन तर्फ जिल्ला प्रशासन कार्यालय कास्की  सचेत रहेकाे  उनको भनाई    छ ।