तायाः मचा नृत्य प्रतियोगीता पोखरा – ३० शिशुवामा हुने

पोखराकाे पुरानो टुँडिखेलमा भाद्र ६ गतेदेखि तीज महोत्सव हुने

पोखरा ।  नेपाली महिलाहरुको महान पर्व हरितालिका तीज २०८२ को अवसर पारि पोखरा महानगरपालिका वडा नम्बर १ स्थित पुरानो टुँडिखेलमा तीज महोत्सव हुने भएको छ । टुँडिखेलस्थित इन्द्रेणी एकिकृत विकास केन्द्रको आयोजनामा आउदो ६ देखि १५ भाद्रसम्म तेस्रो संस्करणको ऐतिहासिक टँुडिखेल तीज महोत्सव २०८२ हुने भएको हो । आयोजक केन्द्रले महोत्सवको मिति तय सगै तयारी समेत तिव्र पारेको छ । महोत्सव सम्पन्न गर्न आयोजक केन्द्रमा अध्यक्ष भानुभक्त अधिकारीको संयोजकत्वमा पोखरा १, २ र ३ नम्बर वडामा रहेका सम्पूर्ण संघ संस्था, आमा समूह, क्लब, टोल सुधार समिति, वित्तिय संस्था, विद्यालय लगायत विभिन्न क्षेत्रमा क्रियाशिल संघ संस्थाका प्रमुख एंव प्रतिनिधिहरुको प्रतिनिधित्व हुने गरि मूल आयोजक समिति, ३९ सदस्य सम्पादन समिति, विभिन्न ३८ वटा उपसमिति, ३१ सदस्य मेला संरक्षक समिति, १३१ सदस्य सल्लाहकार समिति गठन गरिएको आयोजक केन्द्रका सचिव समेत रहेका सचिवालय व्यवस्थापन उपसमितिका संयोजक दृर्गाप्रसाद अधिकारीले जानकारी दिए । महोत्सवको तयारीका क्रममा शनिबार महोत्सव कार्य सम्पादन समिति एंव सरोकारवालाहरुको बैठक सम्पन्न भएको छ । बैठकमा आयोजक संस्थाका अध्यक्ष एंव मूल आयोजक समितिका संयोजक अधिकारीले ऐतिहासिक टँुडिखेलको संरक्षण, परम्परागत नेपाली कला संस्कृतीको संरक्षण, महिला दिदी–बहिनीहरुद्वारा उत्पादित वस्तुहरुको प्रदर्शनी, नृत्य र संगीत मार्फत महिला सशक्तिकरणमा टेवा पुर्याउने, तीजलाई भड्किला नभई मौलिक तीजको रुपमा विकास गर्ने, लोपउन्मुख संस्कृतिको जगेर्ना, अन्तरनिहित प्रतिभाको लागि स्थान र वातावरण उपलब्ध गराउने उदेश्य महोत्सवको रहेको बताए । सांस्कृतिक, खेलकुद तथा ज्ञानवद्र्धक एवम् मनोरञ्जनात्मक कार्यक्रम संचालन, आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धना टेवा पुर्याउने, इन्द्रेणी एकेडेमीमा रहेका बालबालिकाहरुको समग्र स्तर उन्नति गर्ने, निर्माण सम्पन्न इन्द्रेणी आवाशिय क्रियाकर्म भवनलाईलाई सुविधासम्पन्न बनाउने, शव यात्रा वाहन सञ्चालन गर्ने उदेश्य समेत महोत्सवको रहेको अधिकारीले जानकारी दिए । १० दिने महोत्सवमा मौलिक तीजगीत प्रतियोगिता (आमा समूहगत), खुल्ला एकm नृत्य प्रतियोगिता, परम्परागत सिप ढिँकी जातो प्रतियोगिता, छेलो हान्ने प्रतियोगिता समेत संचालन हुनेछन् । यसै गरि मेलामा दैनिक उपभोग्य सामान, कृर्षि, हस्तकला, बैक तथा वित्तिय सस्था, लत्ता कपडा, रेष्टुरेन्ट लगायत विभिन्न स्टलहरु सगै राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुती सगै वाल उद्यान समेत रहनेछ । आयोजक केन्द्रका उपाध्यक्ष एंव अर्थ संकलन उपसमितिका संयोजक निरज विक्रम राणका अनुसार महोत्सव संचालनका लागि ६९ लाख आम्दानी, ६४ लाख ५० हजार खर्च, चार लाख ५० हजार बचत हुने अनुमान रहेको र बचत रकम विभिन्न सामाजिक काममा खर्च गरिने जानकारी दिए । महोत्सव सम्पन्न गर्न गठित उपसमितिहरु मध्ये निरज विक्रम राणा–अर्थ संकलन, बसन्त बास्तोला–सांस्कृतिक, दुर्गाप्रसाद अधिकारी–सचिवालय व्यवस्थापन, वेद प्रसाद वस्ती–लेखा तथा आर्थिक व्यवस्थापन, दुर्गा दत्त भुगाई–अन्तर्राष्ट्रिय समन्वय, मिन बहादुर घले–युवा परिचालन, निर्देशन कुमार चुल्याजु–सरसफाई व्यवस्थापन, हरि प्रसाद अधिकारी–मञ्च व्यवस्थापन, पार्वती खनाल–स्वागत सत्कार, सरस्वती दाहाल–ज्येष्ठ नागरिक समन्वय, सुगम मणी पराजुली–जलपान व्यवस्थापन, राजेन्द्ररमण पराजुली–सल्लाहकार, राम विक्रम राणा–अनुमगन, प्रेम रमण आचार्य–संयोजक, खगेन्द्रराज पराजुली–अतिथि सत्कार, विश्वगोपाल पराजुली–मौलिक सांस्कृतिक संरक्षण, माननीय सारदा पौडेल–अतिथि व्यवस्थापन, दिल बहादुर गुरुङ–विशेष समन्वय, प्रेम बहादुर गुरुङ–मेला प्रवद्र्धन, तिलक कोइराला–कानूनी परामर्श, रोहितराज पराजुली–प्रचार प्रसार, बाल कृष्ण कोइराला–प्रायोजक समन्वय, राम प्रसाद अधिकारी–सुरक्षा व्यवस्थापन, भद्रराज त्रिपाठी–शिक्षा तथा श्रष्टा सम्मान, रुद्र प्रसाद लुईटेल–बजार व्यवस्थापन, गंगा बहादुर गुरुङ–टोल विकास संस्था समन्वय, चन्द्र बहादुर गुरुङ–स्थानीय संघसंस्था समन्वय, पदम बहादुर गुरुङ–झाँकी व्यवस्थापन, युवराज आचार्य–स्वयम् सेवक परिचालन, डिल्लीराम सुवेदी–प्रतियोगिता व्यवस्थापन, जीवन विक्रम राणा–पार्किङ व्यवस्थापन, चन्द्र बहादुर भण्डारी–यातायात व्यवस्थापन, कृष्ण कार्की–आकस्मिक सेवा, शिवराज अधिकारी–पुरस्कार व्यवस्थापन, प्रकाश रिजाल–छपाई तथा प्रकाशन, अशोक श्रेष्ठ–प्राविधिक व्यवस्थापन, तुलसी पौडेल– आमा समूह समन्वय र प्रकाशचन्द्र सापकोटा–सञ्चार तथा समन्वय उपसमितिका संयोजक रहेका छन् । शनिबार सम्पन्न महोत्सव कार्य सम्पादन समिति एंव सरोकारवालाहरुको बैठकमा संविधान सभा सदस्य सारदा पौडेल, पोखरा १ का वडा अध्यक्ष सहारा प्रधान, गायिक बाबा राणा, आयोजक केन्द्रका संस्थापक अध्यक्ष राजेन्द्ररमण पराजुली, केन्द्रका पुर्व अध्यक्ष रामभुषण पराजुली, सामुदायिक सेवा केन्द्र पोखरा १ बगरका अध्यक्ष राम प्रसाद अधिकारी, नेपाल रेडक्रश सोसाईटी पोखरा १ की सभापती जिवन अधिकारी लगायतले महोत्सव मार्फत लोक सस्कृतिको संरक्षण, ऐतिहासिक टँुडिखेलको संरक्षण र यस्को पहिचान झल्काउन, भड्किलो बन्दै गईरहेको तीजलाई रोक्नका लागि सचेतना अभिबृद्धि गर्ने, तीज गित मार्फत समाजमा जनचेतना फैलाउने, परम्परागत र मौलिक कुराहरुको संरक्षण गर्ने गरि महोत्सव संचालन गर्न आयोजकलाई सुझाव दिएका थिए ।

गण्डकी प्रदेश प्रमुखद्वारा पूर्व प्रमुख पृथ्वीमान गुरूङको निधनमा शोक व्यक्त

पोखरा   ।  गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले पूर्व प्रदेश प्रमुख पृथ्वीमान गुरूङको शनिबार बिहान निधन भएकोमा दुःख व्यक्त गर्नुहुँदै श्रद्धाञ्जली अर्पण गर्नुभएको छ ।
शोक सन्देश जारी गर्नुहुँदै प्रदेश प्रमुख भट्टले गुरूङको असामयिक निधनबाट आफू अत्यन्त दुःखित भएको उल्लेख गर्नुभएको छ ।
‘करिब ३२ महिना गण्डकी प्रदेशबासीको अभिभावकका रूपमा प्रदेश प्रमुख पदमा रही प्रदेशको गहन जिम्मेवारी वहन गर्नुभएका कुशल एवं अनुभवी व्यक्तित्व गुरूङको निधनबाट ठूलो क्षति पुगेको मैले महसुस गरेको छु ।’ उहाँले भन्नुभएको छ ।
शोक सन्देशमा उल्लेख छ – ‘आफ्ना सबल अभिभावक गुमाएका स्वर्गीय गुरूङका शोक सन्तप्त परिवारजन र स्वजनहरूमा धैर्यधारण गर्ने शक्ति मिलोस् भन्ने कामना गर्दै उहाँहरूप्रति समग्र गण्डकी प्रदेशबासी र मेरो व्यक्तिगत तर्फबाट हार्दिक समवेदना व्यक्त गर्दछु ।’
गण्डकी प्रदेशकै कास्की जिल्ला साविक घलेल गाविस वडा नं. ४ मा जन्मनुभएका गुरूङका परिवार बसाइँसराइँ गरी हाल चितवन जिल्ला भरतपुर महानगरपालिका वडा नंं. २६, दिव्यनगरमा बस्दै आउनुभएको थियो । पछिल्लो समय क्यान्सरसँग लडिरहनुभएका पूर्व प्रमुख गुरूङको ७६ वर्षको उमेरमा दिव्यनगरस्थित निवासमै शनिबार बिहान निधन भएको हो । उहाँको आइतबार मात्रै अन्त्येष्टि गरिने परिवारले जनाएका छन् ।
२०७८ साउन १२ गते प्रदेश प्रमुखमा नियुक्त हुनुभएका गुरूङ २०८० फागुन २८ गते पदमुक्त हुनुभएको थियो ।

दलित समुदायका अगुवा महिलाहरूलाई जातीय विभेद तथा हिंसासम्बन्धी कानुनी प्रशिक्षण

दलित महिला सङ्घ (फेडो) कास्कीको आयोजनामा तथा सङ्कल्प गण्डकी प्रदेशको समन्वयमा सञ्चालित कानुनी प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रम बुधबार पोखरामा सम्पन्न भएको छ। फेडोद्वारा सञ्चालित कार्यक्रममा दलित समुदायका सक्रिय महिला अगुवाहरूलाई जातीय विभेद तथा हिंसाका सम्बन्धमा संविधान र कानुनी जानकारी दिइएको थियो। प्रशिक्षणको सहजकर्ता सङ्कल्प गण्डकी प्रदेशकी संयोजक तथा अधिवक्ता सरिता तिम्सिना पंगेनीले जातीय विभेद अन्त्यका लागि सङ्घ, प्रदेश र स्थानीय सरकार तीनवटै तहले प्रभावकारी संयन्त्र निर्माण गरी संविधान र कानुनको कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभयो। उहाँले विभेद अन्त्यका लागि स्पष्ट नीति, योजना र बजेटमा उच्च प्राथमिकता दिनुपर्ने आवश्यकता औँल्याउनुभयो। प्रशिक्षणमा सहभागी सुशीला बिक, ममता गुरूङ बिक र इश्वरी नेपालीले सिकेका ज्ञान र सीप समुदायस्तरसम्म लैजाने प्रतिबद्धता जनाउँदै यस्ता कार्यक्रमले आफूहरूको क्षमता अभिवृद्धिमा उल्लेखनीय टेवा पुर्‍याएको धारणा राखे। दलित महिला सङ्घकी अध्यक्ष लक्ष्मी परियारको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन कार्यक्रम संयोजक इश्वरी बिकले गर्नुभएको थियो। कार्यक्रममा फेडोका २० जना महिला अगुवा कार्यकर्ताहरूको सक्रिय सहभागिता रहेको थियो।