सरकारले कृषिलाई पहिलो प्राथामिकतामा राख्नुपर्छ– नेता कोइराला

पोखरा ।  नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं पूर्व महामन्त्री शंशाङ्क कोइरालाले नेपाल कृषि उत्पादनका लागि उपयुक्त स्थान भएकाले कृषि क्षेत्रबाट नै समृद्धि हासील गर्न सकिने बताउनुभएको छ ।

वीपी चिन्तन प्रतिष्ठानद्धारा विहीबार  पोखरामा आयोजित गण्डकी प्रदेश स्तरीय नेपालमा कृषि क्रान्ति ःसम्भावना र चुनौती विषयक विचार गोष्ठीमा आफ्नो भनाइ राख्दै कोइरालाले भन्नुभयो– सरकारले कृषिलाई पहिलो प्राथामिकतामा राख्नुपर्छ ।
युवालाई कृषितर्फ आकर्षण गर्न जरुरी भएको बताउँदै उहाँले आफ्नो परिवारको मुख्य पेशा पनि कृषि नै भएको भनाइ उहाँको छ । वीपी कोइराला कृषि पेशाप्रति आकर्षण हुने गरेको भनाइ पनि उहाँले राख्नुभयो ।
नेपालमा थुपै कृषियोग्य भूमि भएकाले त्यसको सदुपयोग गर्दै विदेशबााट आयात गरिने खाद्यान्न तथा तरकारी घटाउँदै जानुपर्ने भनाइ उहाँको छ । कृषिमा आत्म निर्भर हुन सक्यौ भने नेपालको खरबौ रुपैयाँ नेपालमा नै रहने उहाँले बताउभयो ।
नेपाली काँग्रेस गण्डकी प्रदेश सभापति शुक्रराज शर्माले वीपीको विचारलाई आत्मसाथ गर्दै कृषि क्रान्ति ल्याउन सकयौ भने नेपालीको भविष्य यसैमा हुने बताउनुभयो । प्रजातन्त्रमा नेपाली जनतामा मालिक हुने भएकाले उनीहरुकै सेवामा दलका नेताहरु लाग्नुपर्ने भनाइ उहाँको छ । कृषिलाई केन्द्र बिन्दुमा राखेर सरकारले अनुदान र कृषिमा आधुनिकीकरण गर्न आवश्यक भएको बताउनुभयो ।

नेकपा एमाले गण्डकी प्रदेश संसदीय दलका नेता एवं गण्डकी प्रदेश सरकारका पूर्व मुख्यमन्त्री खगराज अधिकारीले ६८ प्रतिशत जनता कृषिमा आवद्ध भएको नेपालमा कृषिलाई बैज्ञानिकीकरण गर्दै मध्यम वर्गका युवालाई त्यसतर्फ आकर्षण गर्न जरुरी हुने वताउनुभयो ।
दिगो विकास र अर्थतन्त्र सुधारको लागि सरकारले कृषिलाई नै पहिलो प्राथामिकाता दिनुपर्ने बताउँदै रेमिट्यान्सको भर पर्दा देशको अर्थतन्त्र कुनै पनि बेला ढल्न सक्ने भनाइृ उहाँको छ ।

नेकपा (माओवादी ) केन्द्र गण्डकी प्रदेश संसदीय दलका नेता हरिबहादुर चुमानले नेपाललाई कृषिमा आत्म निर्भर बनाउन कृषिमा ठूलो क्रान्ति ल्याउनुपर्ने बभताउनुभयो । जमिन भएर पनि हामीले कृषि क्षेत्रमा विकास गर्न नसक्नु विडम्बना भएको बताउनुभयो । कृषि नीति बलियो भयो भने देशले कृषि क्षेत्रमा काचुली फेर्ने भनाइ उहाँको छ ।

उक्त कार्यक्रम वीपी चिन्तन प्रतिष्ठानका केन्द्रीय सदस्य ऋषि काफ्लेको अध्यक्षता एवम् नेपाली काँग्रेस कास्कीका सहसचिव शंकर ढुुङ्गानाले सञ्चालन गर्नुुभएको कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्य शारदा पौडेल, विपी चिन्तन प्रतिष्ठानका सह अध्यक्ष पुुष्पराज पराजुुली, केन्द्रीय सदस्य नवराज गुुरुङ, पूर्व मन्त्री यज्ञबहादुर थापा, नेपाली काँग्रेस गण्डकी प्रदेश महामन्त्री विष्णुु लामिछाने, डा. लक्ष्मीकान्त पौडेल, गणेशमान फाउन्डेशनका गण्डकी प्रदेश संयोजक दुुर्गा तिमल्सिना, प्रतिष्ठानका बाग्लुुङ अध्यक्ष गोविन्द कंडेल, स्याङ्जा अध्यक्ष जीवलाल काफ्ले लगायतले बोल्नुुभएको थियो ।

 

डागर स्मृति पुरस्कारबाट युवा पाइटल दीक्षान्त पुरस्कृत

डागर स्मृति पुरस्कार-२०८१ बाट युवा पाइलट दीक्षान्त जंगबहादुर राणा पुरस्कृत भएका छन् ।
डागर स्मृति प्रतिष्ठान नेपालले राजन पराशर डागरको २३ औं स्मृति दिवस समारोहबीच उक्त पुरस्कार अर्पण गरेको हो ।
२० हजार राशिसहितको उक्त पुरस्कार ऋषि पञ्चमीका दिन पोखरामा एक समारोहका बीच अर्पण गरिएको हो ।

कार्यक्रमका प्रमुख व्यक्तित्व लायन्स इन्टरनेशनल ३२५ जे का डिस्ट्रीक्ट गभर्नर मिलन थापा, प्रतिष्ठानका संरक्षक रमा पराशर, संस्थपाक अध्यक्ष हिरा बास्तोला, वर्तमान अध्यक्ष विन्दु श्रेष्ठले संयुक्त रूपमा पुरस्कार अर्पण गरे ।

डिस्ट्रीक्ट गभर्नर मिलन थापाले हरेकका जीवनमा सङ्घर्षका कथा हुने र ती कथाभित्र लुकेका व्यथालाई भुलेर समाजका जागरुक प्रतिभालाई प्रोत्साहित गर्ने रमा पराशर पोखरेली चेली नै भएको दावीसमेत गरिन् ।

पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ गण्डकीका अध्यक्ष कृष्णप्रसाद पोखरेलले राजन पराशर डागरलाई व्यवहारिक जीवनका समस्यालाई समस्या नठानेर सदावहार उर्जाका साथ प्रस्तुत हुने प्रतिभाका रूपमा चित्रण गरे ।

पुतली बजार प्रज्ञा–प्रतिष्ठानका उपकुलपति दुर्गाबहादुर शाह बाबाले जीवन जीउने तरिका रमा पराशरबाट सिक्नुपर्ने धारणा राखे ।

लायन्स क्लब अफ पोखरा समर्पणकी अध्यक्ष अर्चना कर्मचार्यले प्रतिष्ठानको कोषको स्तरोन्नतिका लागि १० हजार आर्थिक सहयोग गर्दै, मानवलाई आत्मविश्वासले नै सफलताको शिखरतर्फ डो¥याउने बताइन् ।

समारोहमा समाजसेवी विद्यालक्ष्मी गुरुङले पनि प्रतिष्ठानको अक्षयकोषका लागि १५ हजार आर्थिक सहयोग गरेकी छन् । सोही समारोह बीच लक्ष्मी श्रेष्ठ र डा सुरुची गुरुङलाई आजीवन सदस्यतासमेत प्रदान गरिएको छ ।

पुरस्कृत प्रतिभा युवा पाइलट दीक्षान्त जंग बहादुर राणाले पुरस्कारले प्रोत्साहन मिलेको बताए । उनले आफूले प्राप्त गरेको पुरस्कार रकम विपन्न समुदायका लागि सहयोग गर्दै आएको जानकारी गराए ।

पुरस्कृत प्रतिभाबारे प्रकाश पार्दै प्रतिष्ठानका परिकल्पनाकार दीपेन्द्र श्रेष्ठले १७ वर्षको उमेरमा डेल्टा क्वालिफ्लाइटबाट व्यावसायिक उडान अनुमतिपत्र प्राप्त गरेका दीक्षान्तले सन् २०१९ बाट व्यावसायिक जीवन शुरू भएको जानकारी दिए ।

प्रतिष्ठानका संस्थापक संरक्षक रमा पराशरले आफूले एकल रूपमा स्मरण गर्दै आएको स्मृति दिवसलाई संस्थागत तरिकाले अगाडि बढाउने सम्पूर्णप्रति अआभार व्यक्त गरिन् । उनले थपिन् ‘ प्रतिष्ठान पैसा भन्दा प्रोत्साहनमा विश्वास गर्ने भएकाले पछिल्लो समय प्रतिभावान् युवालाई प्रोत्साहित गर्दै आएको छ ।’

प्रतिष्ठानले नेपाली वाङ्मय, विज्ञान प्रविधि, शिक्षा, स्वास्थ्य, वातवारण, राष्ट्रसेवा, समाजसेवाका क्षेत्रमा पुरस्कार अर्पण गर्दै आएको अध्यक्ष विन्दु श्रेष्ठले जानकारी दिइन् ।

उक्त पुरस्कारबाट यस अघि समाजसेवी विश्वमोहन गौचन, हरिश्चन्द्र शर्मा, सोनाम साङ्पो, रामबहादुर पौडेल, गोविन्दराज पहारी, साहित्यकार आर.एम. डंगोल, भीम रानाभाट, सुमल गुरुङ, संस्थातर्फ मानव सेवा आश्रम, हिमाली सांस्कृतिक परिवार, स्वास्थ्यसेवी डा तुलिका दुवे, राष्ट्रसेवक चन्द्रा गुरुङ, युवा वैज्ञानिक मनिषा द्वा पुरस्कृत भइसकेको प्रतिष्ठानका उपाध्यक्ष सरिता तिम्सिना पंगेनीले जानकारी दिइन् ।

प्रतिष्ठानको चौथो अधिवेशन तथा नवौं साधारण सभाले आगामी कार्यकालका लागि बिन्दु श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति समेत चयन गरेको छ । समितिको उपाध्यक्षमा सरिता तिम्सना पगेनी, सचिवमा असफल गौतम, कोषाध्यक्षमा पुष्पकुमारी आचार्य, सहसचिवमा फडिन्द्र अकिञ्चन, सदस्यमा दीपेन्द्र श्रेष्ठ, ठाकुर पन्त, अर्जना कर्मचार्य, आभा श्रेष्ठ र पदेन सदस्यमा लायन्स क्लब अफ पोखरा समर्पणका लायन वर्ष २४/२५ का अध्यक्ष अर्चना कर्मचार्य सर्वसम्मत निर्वाचित भएका छन् ।

प्रतिष्ठानका सचिव असफल गौतमले वार्षिक प्रगति विवरण प्रस्तुत गरेका थिए ।

खुकुरी प्रहार गरी श्रीमतीको हत्या    गरेको आरोपमा  कास्की नाैडाँडाका जहरसिंह कुवँर पक्राउ

 

पाेखरा।खुकुरी प्रहार गरी श्रीमतीको हत्या गरेको आरोपमा कास्की नाैडाँडाका जहरसिंह कुवँरलाइ  प्रहरीले  पक्राउ  गरेकाे छ ।

पाेखरा -८ कुँवर टाेलमा डेरामा बस्ने  ४२ बर्षीय कुँवरले बुधबार मध्यान्ह १२:१० बजेको समयमा डेरा काेठामै खुकुरीले श्रीमतीकाे घाँटी र पेटमा प्रहार गरेकाे प्रहरीले जनाएकाे छ।

सामान्य पारिवारिक विवाद हुँदा उनले ४० बर्षीया श्रीमती राधिका कुवँरकाे हत्या गरेको पाईयकाे वडा प्रहरी कार्यलय बैदामका प्रहरी निरीक्षक कमलकान्त पाेखरेलले पाेखरा पाेष्टलाई जानकारी दिए।

घटना पश्चात् पश्चिमाञ्चल क्षेत्रीय अस्पताल लगिएकी राधालाई चिकित्सकले मृत घाेषणा गरेका हुन।

घटनाको विषयमा थप अनुसन्धान भईरहेकाे जिल्ला प्रहरी कार्यलय कास्कीका प्रमुख एस पी माेहन कुमार थापाले जानकारी दिए।

पाेखरा नदीपुरकाे माउन्ट अन्नपूर्ण मा. वि.मा वक्तृत्वकला प्रतियोगिता