कास्कीका कार्यालयहरूबाट सम्पादन भएका कामहरूको बार्षिक समिक्षा कार्यक्रम

पोखरा–मुग्लिन सडक विस्तारको काम छिटो गर्न मुख्यमन्त्री पाण्डेकाे निर्देशन

पोखरा–मुग्लिन सडक विस्तारको कार्यमा भइरहेको विलम्ब प्रति  गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सडक विस्तारको काम छिटो गर्न सरोकारवालालाई ताकेता गर्नुभएको छ ।
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य, गण्डकी प्रदेशका प्रमुख सचिव, शुक्लागण्डकी नगरपालिकाका प्रमुख, कास्की र तनहुँका प्रमुख जिल्ला अधिकारी, सडक योजनाका प्रमुख, विद्युत् प्राधिकरणका इकाई प्रमुखहरू लगायतको उपस्थितिमा बसेको बैठकमा    गण्डकी प्रदेशको लाइफलाइन रहेको मुग्लिन–पोखरा सडक विस्तार र स्तरोन्नतिको काम सुस्त भएपछि मुख्यमन्त्री पाण्डेले सहज रूपमा सवारी आउजाउ गर्ने गरी छिटो काम गर्न निर्देशन दिनुभएको हो ।
सडक निर्माणका क्रममा पोखरा खण्डमा देखिने स्थानीय अवरोधहरूको समाधान लागि पोखरा महानगरपालिका लागि परेको नगर प्रमुख धनराज आचार्यले विश्वास दिलाउनु भएको छ । हाल पोखरा महानगर क्षेत्रमा सडक निर्माण कार्यमा महानगरको तर्फबाट आवश्यक सहजिकरण गरिएको उहाँको भनाई छ ।
साथै बैठकले स्थानीय उत्पादन तथा निर्माण सामाग्रीको लागि प्रदेश सरकारले निर्धारण गरेको रोयल्टी बापतको शुल्क सङ्कलन गर्ने क्रममा सम्बन्धित स्थानीय तहले फरक शीर्षकमा थप शुल्क नलाग्ने गरी एकमुष्ट रूपमा प्रचलित कानुन बमोजिम रोयल्टी बापतको शुल्क सङ्कलन गर्ने व्यवस्था मिलाउने, निर्माण सामाग्री प्रशोधनको लागि निर्माण गरिएको प्लान्टमा सङ्कलन हुने निर्माण सामाग्रीहरूको सम्बन्धमा सम्बन्धित पालिकाले स्रोत बुझ्न चाहेको बखत उक्त सामाग्रीको स्रोत सम्बन्धित पक्षले प्रमाणित गर्नु पर्ने निर्णय गरेको छ ।
यस्तै सडक निर्माणको कार्यमा बाधा उत्पन्न नहुने गरी समयमा कार्य सम्पन्न गर्न सहजीकरण गर्न नेपाल विद्युत् प्राधिकरणको तर्फबाट बिजुली पोलहरू रिलोकेट गर्ने, मुग्लिन पोखरा सडक योजना (पश्चिम खण्डमा) बर्सातले बिगारेको सडक क्षेत्रमा खाल्डाखुल्डीहरू पुर्ने तथा प्यापअप गरी सवारी आवागमनमा सहज बनाउन आयोजनाको तर्फबाट आवश्यक प्रबन्ध मिलाउने र बत्ती काट्ने समयको सूचना प्रकाशन गरी पोखरा अन्तर्राष्ट्रिय विमानस्थल गेटदेखि सेती नदी पुलसम्म बिजुली तार भूमिगत गर्ने कार्य मिति २०८१ भदौ मसान्तसम्ममा सम्पन्न गर्ने र तत्पश्चात् आयोजनाको तर्फबाट उक्त क्षेत्रमा यथाशीघ्र न्यूनतम दुई लेन सडक निर्माण कार्य सम्पन्न गर्ने गराउने निर्णय पनि गरेको छ ।

फेवाताल र जलाधार क्षेत्रको दिगो व्यवस्थापनका लागि प्रभावकारी समन्वयमा जोड

  पोखरा ।   पोखरा    महानगरपालिकाका प्रमुख धनराज आचार्यले फेवाताल र जलाधार क्षेत्रको दिगो व्यवस्थापनका लागि प्रभावकारी समन्वयमा जोड दिनुभएको छ। महानगरपालिकाको समन्वयमा अनुसन्धानात्मक संस्था इनोभेटिभ भिजन प्रा.लिले आयोजना गरेको ‘फेवाताल र त्यसको जलाधार क्षेत्रको दिगो व्यवस्थापनका लागि पारिस्थिततिकीय सेवा शुल्क भुक्तानी संयन्त्र स्थापनाको लागि सरोकारवाालाहरुको कार्यशाला’ विषयक गोष्ठीलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो।
‘अनियन्त्रित मानवीय क्रियाकलापका कारण फेवाताल गेग्रयानहरुले भरिँदै गएको छ, माथिल्लो तटीय क्षेत्र र यसका जलाधार क्षेत्रहरूबाट बगेर आउने गेग्र्यान तालमा थुप्रिएका छन्, नगर प्रमुख आचार्यले भन्नुभयो, यी अनियन्त्रित मानवीय क्रियाकलापका परिणामहरू हुन्, यसलाई समयमा नै रोक्न सकिएन र सबै सरोकारवालाहरू बिच आवश्यक समन्वय हुन सकेन भने भविष्यमा आउन सक्ने गम्भीर वातावरणीय जोखिमको सामना गर्नु पर्ने हुन्छ।’ फेवातालको संरक्षण भविष्यको पुस्ताका लागि पनि महत्त्वपूर्ण हुने भन्दै उहाँले यसमा चनाखो बन्न सबै पक्षलाई आह्वान समेत गर्नुभयो ।
फेवातालको संरक्षणका लागि तल्लो तटीय क्षेत्रले माथिल्लो तटीय क्षेत्रको समग्र वातावरण संरक्षण र जीविकोपार्जन लगायत क्षेत्रमा योगदान गर्नु पर्ने उहाँले बताउनुभयो । ‘फेवाताल देखाएर माथिल्लो जलाधार क्षेत्रमा बसोबास गरिरहेका बासिन्दाहरूलाई विभिन्न किसिमका अङ्कुशहरू लगाउने अनि त्यसको फाइदा सधैभरी तल्लो तटीय क्षेत्रले मात्र लिने कुरा प्राकृतिक न्यायको सिद्धान्तका हिसाबले पनि मिलेको छैन, उहाँले भन्नुभयो, अव यसको व्यवस्थापनका लागि पारिस्थितिकीय सेवा शुल्क भुक्तानीको बलियो संयन्त्र स्थापना गरी सन्तुलन कायम गर्नै पर्दछ।’ यसो गर्न सके मात्र फेवातालको संरक्षण र विकासको दायित्व सवैपक्षमा बढ्ने उहाँले विश्वास व्यक्त गर्नुभयो।
फेवातालमा बर्सेनि बगेर आउने ठुलो मात्राको गेग्र्यान रोक्नका लागि तालको माथिल्लो क्षेत्रमा मड ड्याम निर्माण गर्ने योजनामा महानगरपालिका रहेको उहाँले बताउनुभयो । यसअघि फेवातालमा मिसिने विभिन्न खोलाहरूमा निर्माण गरिएका शिल्टेसन तथा चेक ड्यामहरूले समेत फेवातालमा आउने गेग्रयानहरुलाई रोक्न मद्दत गरेको उहाँले बताउनुभयो।
फेवाताल र त्यसको जलाधार क्षेत्रको दिगो व्यवस्थापनका लागि पारिस्थिततिकीय सेवा शुल्क भुक्तानी संयन्त्र स्थापनाको औचित्यका विषयमा अध्ययन टोलीका नेता केशव खनाल, फेवातालमा पारिस्थिततिकीय सेवा शुल्क भुक्तानीका क्षेत्रमा यसअघि भएका प्रयासहरूको बारेमा दिल बहादुर भट्टराईले आफ्नो प्रस्तुति राख्नु भएको थियो । कार्यक्रममा रुपातालमा तयार पारिएको पारिस्थिततिकीय सेवा शुल्क भुक्तानी संयन्त्रको बारेमा समेत प्रस्तुत गरिएको थियो।
कार्यक्रमका सहभागीहरूले फेवातालको संरक्षणका लागि प्रभावकारी पारिस्थिततिकीय सेवा शुल्क भुक्तानी संयन्त्र स्थापनामा जोड दिएका छन्। सरोकारवाला पक्षहरूले यस प्रकार संयन्त्रको स्थापना भए पारिस्थिततिकीय प्रणालीको सन्तुलन कायम गर्न सकिने बताएका छन् । पर्यावरणको संरक्षण र वातावरणीय सन्तुलनले मात्र फेवातालको भविष्यलाई दिगो बनाउन सकिने उनीहरूको तर्क छ ।
वातावरण जोखिम विश्लेषण विना निर्माण गरिएका ग्रामीण सडकहरू, परम्परागत कृषि प्रणाली, अव्यवस्थित विकास निर्माण, बढ्दो प्रदूषण, जलकुम्भी लगायतका मिचाहा प्रजातिको विकास, जलाधार क्षेत्रको संरक्षण अभाव लगायत कारण फेवाताल पुरिँदै गएको विभिन्न अध्ययनहरूले देखाएका छन् ।

कास्कीकाे अन्नपुर्ण  – ८ बीरेठांटीमा १११ औं बिपि जन्मजयन्ती मनाइयाे

0

पोखरा । नेपाली कांग्रेसका संस्थापक नेता बिपि कोईरालाको १११ औं जन्मजयन्ती सोमबार  कास्कीकाे अन्नपुर्ण गाउँपालिका -८     बीरेठांटीमा मनाइएकाे छ ।  कार्यक्रममा बाेल्दै  प्रमुख अतिथी नेपाली कांग्रेसका नेता दुर्गा प्रसाद तिमिल्सिनाले    जनताबाट निर्वाचित  जनप्रतिधीहरुले  बिपिले जस्तै  जनताका पिरमर्कामा साथ दिनुपर्नेमा जाेड दिनुभयाे ।

क्षेत्रिय सभापति मनोज गुरुङले    कास्की कांग्रेसले जिल्लाभरका ७२ वटा ईकाई समितीमा नै जिल्ला प्रतिनिधी खटाई यस्ता  कार्यक्रम भईरहेको जानकारी दिनुभयाे। पाटीमा   ईमान्दार कार्यकर्ता बनेर काम गरे एकदिन पाटीले मुल्याङकन गर्ने उहाकाे भनाइ थियाे ।

 

प्रशिक्षक कांग्रेस प्रचार बिभागका केन्द्रिय सदस्य राज बहादुर गुरुङ, वडाध्यक्ष बिजय गुरुङ, समाजसेवी बिष्णुमाया गुरुङ, लोकतान्त्रिक आदिबासी जनजाती महासंघका प्रदेश अध्यक्ष टेक बहादुर गुरुङ लगायतले बिपिका बिचार आज पनि उत्तिकै सान्दर्भिक रहेको बताउनु भएकाे थियाे ।

ईकाई सभापति टेक बहादुर गुरुङको सभापतित्वमा सम्पन्न कार्यक्रमको सन्चालन सानो टेक बहादुर गुरुङ र स्वागत ज्ञान बहादुर कुंवरले गर्नुभएको थियो ।