पेट्रोलियम पदार्थको मुल्य फेरी बढ्यो

२ आश्विन २०७५, मंगलवार

पोखरा पोष्ट असोज २
पेट्रोलियम पदार्थको मुल्य फेरी बढेको छ ।सोमबार राति १२ बजेदेखि लागु हुने गरि नेपाल आयल निगमले स्वचालित मुल्य प्रणाली अनुसार मुल्य बृद्धि गरेको हो । निगमका निर्देशक एबं प्रबक्ता बीरेन्द्र गोइतका अनुसार पेट्रोलमा  २ रुपौयाँ र डिजेल मट्ठितेलमा  ३ रुपौयाँमा बढाइएको छ ।
यससँगै अब पेट्रेलको नयाँ मुल्य ११४ र डिजेल  मट्ठितेलको १०१ कायम हुने भएको छ ।
निगमले पछिल्लो समय अन्तर्राष्ट्ठि बजारमा नै पेट्रोलियम पदार्थको मुल्यमा बृद्धि भएको  सार्थै अमेरिकी डलरको तुलनामा नेपाली तथा भारतीय मुद्राको समेत अबमुल्यन भएकोले मुल्य बृद्धि गर्न परेको आयल निगमले जनाएको छ ।

Leave a Reply