९ महिने अबोध शिशु बलात्कृत

२ आश्विन २०७५, मंगलवार

पोखरा पोष्ट,असोज २
कंचनपुरमा ९ महिने अबोध बालिका बलात्कृत भएकी छन ।गत बुधबार उनी  अपहरणमा परेकी थिइन। सुतेको बेला आमाको काखबाट  बालिका अपहरणमा परेपछि राती नै खोजीकार्य तिब्र पारिएको थियो ।बालिकालाइ प्रहरी टोलीले बिहान  पौने ८ बजेतिर  धानबारीमा सकुशल फेला पारेको  इलाका प्रहरी कार्यलय त्रिभुवनबस्तीका प्रहरी निरिक्षक कर्ण बहादुर बमले जानकारी दिए।
बालिकाको योनीमा घाउ देखिएपछि बलात्कृत भएको स्थानीयले बतायका छन। धनगढीस्थित सेती अञ्चल अस्पतालमा बालिकाको उपचार हुन नसकेपछि काठमाडौ रेफर गरिएको छ ।
बलात्कार र हत्याका बिरुद्ध देशभर बिरोध प्रर्दशन जारी रहेकै बेला दिनहँुजसो  बिभिन्न ठाँउमा बालिका देखि बृद्ध सम्म बलात्कारको शिकार भएका  घटना सार्बजनिक भइरहेका छन ।

Leave a Reply