पुर्ब अध्यक्षहरु प्रजु प्यानलको पक्षमा

४ आश्विन २०७५, बिहीबार


पोखरा ४ असोज
सरिता तिम्सिना पगेनी
पोखरा उद्योग बाणिज्य संघको यहि असोज ५ र ६ गते सम्पन्न हुन लागेको ३२ औ महाधिबेशनमा संघका पुर्ब अध्यक्षहरुले रबिन्द्र बहादुर प्रजु प्यानललाइ सघाउने भएका छन । संघका १० पुर्ब अध्यक्षहरुले बुधबार संयुक्त रुपमा  बिज्ञप्ति निकालेर रबिन्द्र बहादुर प्रजुको प्यानललाई सर्मथन गरेका हुन। पुर्ब अध्यक्षहरु  सुरेशकुमार राजभण्डारी,हेमबहादुर प्रधान,आनन्दराज मुल्मी,वसन्त उदास,रमेश कर्माचार्य,राजेन्द्र कुमार लालचन,दीपक श्रेष्ठ,मानकाजी माकाजु,कृष्णमोहन श्रेष्ठ र बिन्दु कुमार थापाले  प्रजु प्यानललाई समर्थन गर्दे निर्वाचित गराउन सबै उद्योगी,ब्यबसायी मतदाताहरुलाई अपिल समेत गरेका छन । ब्यबसायीका बिचको भातृत्व कायम राख्न  र ब्यबसायिक वाताबरण तयार गर्न समेत सहमति र सहकार्य को बिकल्प नभएको उल्लेख गर्दे , संघको ३२ औ महाधिबेशनमा हालका बरिष्ठ उपाध्यक्ष रबिन्द्र बहादुर प्रजुलाई सर्बसम्मत रुपमा अध्यक्ष बनाउन बर्तमान अध्अक्ष,पुर्ब अध्यक्ष र बर्तमान महासचिबको सक्रियतामा लिखित सहमति भएको भएको भए पनि सहमति बिपरित बर्तमान महासचिबले उमेदबारी दिएकाले आफुहरु आश्चर्यचकित भएको बिज्ञप्तिमा उल्लेख छ ।सहमति गर्ने अनि सहमति तोड्दै जाने प्रबृत्ति संस्थागत हितका लागि घातक हो भन्दै ,यस्तो प्रबृत्तिले निजी क्षेत्रको बिश्वसनियता माथि नै प्रश्न उठ्ने भन्दै बिज्ञप्तिमा भनिएको छ ,हामी अझै पनि सहकार्य र सहमतिमा जोड दिन्छौ,बर्तमान अध्यक्ष र पुर्ब अध्यक्षको रोहबरमा गरिएको उत्त लिखित सहमती अनुसार नै कार्यन्वयन हुनु पर्छ। सहमतीकै आधारमा हालका बरिष्ठ उपाध्यक्ष रबिन्द्र बहादुर प्रजुलाई नै  सर्बसम्मत रुपमा अध्यक्ष बनाउनु पर्नेमा  उनीहरुले जोड दिएका छन ।निजी क्षेत्रलाइ राजनैतिक हस्तक्षेप बाट बचाउन,स्थानीय,प्रदेश र संघ सरकार संग समन्वय गर्न ,कर प्रणली,बैकको कार्य प्रणाली,ब्यबसाय दर्ता र खारेजी प्रक्रियालाइ सहज बनाउन र संघलाइ गैह्र राजनीतिक चरित्रको ब्यबसायिक र सामाजिक संस्थाको रुपमा बिकास गर्न प्रजु लाई सर्मथन गरेको  जनाएका छन ।

Leave a Reply