कसरी सम्भव छ त समृद्ध नेपाल

३ आश्विन २०७५, बुधबार

स्थानिय सरकार नेपालमा हाल कायम ३ तहका सरकार केन्द्र, प्रदेश र स्थानिय सरकार मध्य केन्द्र र स्थानिय सरकार भुमिका, आबश्यकता र उपयोगिताको हिसाबले महत्वपूर्ण मानिन्छन। प्रदेश सरकार भने किन र कसका लागि हो भन्ने नै धेरै नेपाली जनताले नबुझेको अबस्था हो। किनकी प्रदेश सरकार को आबश्यकता नै देखिदैन र भुमिकाको हिसाबले भुमिका बिहिन छ प्रदेश भन्ने कुरा स्वयं प्रदेश मुख्यमन्त्री का बेला बेलामा आउने अभिव्यक्ति ले नै स्पश्ट पारेको छ।
उपस्थिति, आशा र अपेक्षा को हिसाबले स्थानिय सरकार धेरै महत्वपूर्ण मानिन्छ। गाउँ गाउमा सिंह दरबार भन्ने नाराले पनि स्थानिय सरकार को भुमिका अबका दिनमा झनै महत्वपूर्ण रहनेछ भन्ने बुझिन्छ। स्थानिय सरकार भन्ने बित्तिकै जनप्रतिनिधि को सवाल आउछ। स्थानिय सरकार क्षेत्रफल, जनसंख्या का हिसाबले सानो इकाइ हो र सम्बन्धित क्षेत्र कै ब्यक्तिहरु मात्रै जनप्रतिनिधि हुन पाउने ब्यबस्थाले स्वभाबिक रुपमा जनप्रतिनिधि मा दाबेदारी प्रस्तुत गर्ने अनुहारहरु सम्बन्धित गाउपालिका वा नगरपालिका भित्र चिरपरिचित नै हुन्छन जनतालाइ आफ्ना समस्या र अपेक्षा प्रत्यक्ष रुपमा राख्न पनि सहज हुन्छ। अधिकारका हिसाबले पनि स्थानिय सरकार त्यत्तिकै मजबुत मानिन्छ। आफ्ना क्षेत्र का सबै साधन, श्रोतलाइ परिचालन गरि बिकास निर्माण र समृद्धि को दिशामा जान, लैजान पुर्ण रुपमा स्वतन्त्र छ स्थानिय सरकार।
कसरी सम्भब त समृद्द नेपाल ???
नेपाल समृद्द बन्न सबै गाउपालिका र नगरपालिका समृद्द हुन त पर्यो नै किनकी गाउपालिका र नगरपालिका मिलेरै नेपाल राज्य बनेको हो। बिकास तलदेखी जरै देखि हुन जरुरी छ। बिकाश र समृद्दि आकास बाट आउने कुरा नभै आफ्नै ठाउँबाट आफैले गर्ने कुरा हुन। त्यसको लागि सम्बन्धित स्थानिय तहकै जनता सङ इमान्दारिता, इच्छाशक्ति र योजना हुन जरुरी हुन्छ। शृजनशिलता बिना कसैको र कहिको प्रगती भएको पाइदैन। यस अर्थमा गाउपालिका वा नगरपालिकामा हुने निर्बाचन मार्फत स्पस्ट बिचार, योजना, इमान्दारिता, इच्छाशक्ति र शृजनशिलता भएका योग्य स्थानिय ब्यक्तिहरु निर्बाचित भएर जनप्रतिनिधिको रुपमा आउन अनिबार्य छ। तर हाम्रो देशको राजनीतिकरण हेर्दा र बिगतका निर्बाचनहरु नियाल्दा राजनीतिक दलका कार्यकर्ता जसले उसको पार्टी को झोला बोकेकै आधारमा मात्रै जनप्रतिनिधि हुन योग्य साबित भै निर्बाचित पनि भएर आएको देखिन्छन। पार्टीको झोला बोक्नुलाइ नै योग्यताको आधार मान्ने चलनले गर्दा शृजनशिल, बिकासको योजना भएका क्षमताबान ब्यक्तिहरु जसलाइ सस्तो राजनीतिक खिचातानी मन पर्दैन, उनिहरु त्यसै हराएर पलायन भएर बाहिरिरहेको अबस्था छ। पन्चायतकालमा गाउपन्चायतमा गाउका समाजसेवी, इमान्दार र सबैले रुचाएका ब्यक्ती प्रधान, उप प्रधान मा ब्यक्तिगत योग्यता र क्षमताको आधारमा निर्बाचित हुन्थे त्यसैले आफुलाइ जनताको अदालतमा योग्य र काबिल देखाउन मान्छेहरु लागिपर्थे र जनताको मनमा बस्न सफल ब्यक्ती मात्रै प्रधान हुन सक्थे। तर आज कुनै एक राजनीतिक पार्टीको झोला समाएको भरमा योग्यताको सर्टिफिकेट दिइन्छ र बास्तबमै स्थानिय तहमा हुनुपर्ने ब्यक्ती घृणित राजनिती देखि निरुत्साहित हुँदै पलायन हुँदै गएका छन। योजना, इच्छाशक्ति र शृजनशिलता बिना बिकास एकादेशको कथा मात्रै हो। नेपालको परिबेशमा बुझेर, नबुझेर राजनीतिक दल सङ नजोडिएको मान्छे पाउन अब असम्भब नै छ। राजनीतिक दलका नेताको प्यारो भएपछी जनताको प्यारो हुन कुनै जनप्रतिनिधि का दाबेदारलाइ आबश्यकता नै छैन। जब निर्बाचन जित्न जनताको प्यारो हुन जरुरत हुदैन तब त्यो ब्यक्ती जनताप्रती उत्तरदायि हुन आफुलाइ आबश्यक पनि ठान्दैन।
अब के गर्न सकिन्छ त???
राजनिति माथिबाट नसुध्रीने रहेछ भन्ने त हामी नेपालिले बुझी नै सक्यौ यसर्थ अब तलबाट सुधार्ने यत्न गरौ। संघीयता टिक्ने या नटिक्ने भन्नेमा कोहि पनि एकिन नभएको अबस्थामा प्रदेश का बारेमा धेरै चर्चा नगरौ। केन्द्र मा प्रतिनिधित्व राजनीतिक दलले नै गरुन तर स्थानिय तहमा जनप्रतिनिधि हुनका लागि राजनीतिक दलको प्यारो मात्रै भए पुग्ने कुप्रथाको अन्त्य गरौ। जनताको मनमा बस्न सफल ब्यक्तिलाइ मात्रै निर्बाचित हुने सहज बाटो खोलिदिउ। यसका लागि अबका दिनमा यो देशमा अस्तित्व र भुमिकामा रहेका राजनीतिक दलका चुनाबचिन्ह जस्तै रुख, सुर्य, हसियाहथौडा, गाई, हलो, तारा आदि स्थानिय तह निर्बाचनमा बन्देज गरौ। स्थानिय तह निर्बाचनमा कोहि ब्यक्ती राजनीतिक दलको नेता वा कार्यकर्ता भएता पनि उसले स्वतन्त्र रुपमा स्थानीय निर्बाचन मा भाग लिनुपर्ने ब्यबस्था बनाऔ। यदि त्यसो गर्न सकियो भने मात्रै स्थानिय सरकार आफ्नो मर्म र भावना अनुरुप अगाडी जान सक्छ। बिकासका योजना र इच्छाशक्ति भएका ब्यक्तिहरु आफ्नो गाउँ फर्किएर समाजमा आफ्ना भुमिका प्रदर्शन गर्न शुरु गर्नेछन। आफ्नो गाउको बिकास र समृद्दिको लागि भुमिका लिन राजनीतिक दलको झोला बोक्नै पर्ने कुप्रथाको अन्त्य गरौ।

 

लेखक नबराज बसाैला

Leave a Reply