पोखराको सडकमा मध्यरातमा बेवारिसे महिलामाथि बलात्कार, बाग्लुङका पन्त रंगेहात पक्राउ

३० आश्विन २०७५, मंगलवार

 

पोखराको सडकमा बेवारिसे महिलालाई बलात्कार गरिरहेका एक पुरुषलाई सोमबार मध्यरात रंगेहात पक्राउ गरिएको छ ।
पोखराको बगालेटोलदेखि सोंपाल तमु समाज भवन हुँदै पस्र्याङ निस्कने सुनसान सडकमै उमेर कटेकी बेवारिसे अशक्त महिलामाथि बलात्कार गरिरहेका पुरुषलाई पक्राउ गरिएको हो ।
मध्येराति साढे ११ बजे फिर्के खोला नजिकैको सडकमा यौन क्रियाकलाप गरिरहेका बेला बटुवाले देखेपछि प्रहरीलाई खबर गरेका थिए । ४० बर्ष हाराहारीका ति पुरुष मदिराले लठ्ठ अवस्थामा भेटिएका थिए ।
अस्वस्थ र अशक्त महिलामाथि कुकृत्य गर्ने उक्त पुरुष बाग्लुङ मुलपानी घर बताउने अर्जुन पन्त खुल्न आएको छ । पन्तले आफू लुम्बिनी बैंकको कर्मचारी रहेको र आज दशैंको पार्टीमा रमाइलो गरेर फर्किरहेको बयान दिएको स्रोतले बताएको छ ।
महिला अचेत अवस्थामा भेटिएकी छिन् । पन्तले यौन कार्य गर्नु अगावैदेखि उनी सडकमा लडिरहेको हुन सक्ने अनुमान गरिएको छ । उनको निधारमा चोट देखिएको छ । महिलाको घर तथा परिवार अवस्था थाहा हुन सकेको छैन ।
दुई जना बटुवाले उक्त क्रियाकलाप देखेपछि प्रहरीलाई खबर गरेका थिए । बाटोमा हिँड्दै जाने क्रममा महिलाले गुहार मागेजस्तो अस्वभाविक आवाज निकालिरहेकी थिईन् । पन्त माथि चढिरहेका थिए । असई बद्रीनाथ शर्माको टोलीले पक्राउ गरी वडा प्रहरी कार्यालय बैदाम लगेको छ । यस विषयमा कार्यालय प्रमुखसँग बुझ्न खोज्दा सम्पर्क हुन सकेन ।
बटुवाले रंगेहात पक्राउ परेपछि पन्तले आफूलाई गोली ठोकेर मार्नुस् तर प्रहरी नबोलाउनुस् भन्दै याचना गरेको स्थानीयलाई उद्दृत गर्दै श्रोतले बताएको छ । पन्तले आफूले नराम्रो केहि गरिनसकेको जिकिर गर्दै थिए । महिलालाई अस्पताल लगिएको बुझिएको छ ।
साभार ः  रन्जन अधिकारी, गण्डक न्युज

Leave a Reply