पोखराको विन्ध्यवासिनी मन्दिरमा फूलपाती भित्र्याइयो

३० आश्विन २०७५, मंगलवार

 

पोखरा,  पोखराको विन्ध्यवासिनी मन्दिरमा आज फूलपाती भित्र्याइएको छ ।

प्रत्येक वर्ष आश्विन शुक्लपक्षदुर्गापक्ष सप्तमी तिथिका दिन नवदुर्गाको प्रसादका रुपमा विभिन्न थरिका फूल डोलीमा राखी बढाइका साथ फूलपाती भित्र्याउने गरिन्छ ।

फूलपाती भित्र्याउने समारोहमा नेपाली सेना, सशस्त्र प्रहरी र जनपथ प्रहरीका अधिकृत तथा जवानले सलामी अर्पण गरेका थिए । कास्कीका प्रमुख जिल्ला अधिकारी चक्रबहादुर बुढासहित जिल्ला एवं प्रदेशस्थित कार्यालयका उच्च पदस्थ पदाधिकारीको उपस्थिति थियो ।

Leave a Reply