गोदावरीको तेघरी नै सुदूरपश्चिमको राजधानीका लागि उपयुक्त पुर्वमन्त्री भट्ट

३० आश्विन २०७५, मंगलवार

 

पूर्वमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी नेकपा स्थायी समिति सदस्य लेखराज भट्टले कैलालीका गोदावरीमा राजधानी तोकिनु जंगल मास्नलाई नभई वृक्षारोपणका लागि रहेको बताएका छन् । मंगलबार आफ्नै निवासमा दशैं तथा तिहारको शुभकामना आदान प्रदान कार्यक्रममा सञ्चारकर्मीसँग कुरा गर्दै नेता भट्टले भने, ‘जंगल मास्ने कुरो हुँदैन, बरु वृक्षारोपणमा विशेष जोड दिइन्छ उनले अगाडि थपे,‘ मेरो बसाई अत्तरियामा निकै पुरानो हो । मैले बुझेको जैविक मार्ग गोदावरी तेघरी क्षेत्र होइन । जैविक मार्ग त लालझाडी र बसन्ता क्षेत्र हो, यो क्षेत्र त सधैं बस्ती क्षेत्र नै हो ।’ साथै, उनले गोदावरीको तेघरी नै सुदूरपश्चिमको राजधानीका लागि उपयुक्त रहेको दाबी गरे । सांसद भट्टले धनगढीलाई ब्यबसायिक केन्द्र, अत्तरियालाई प्रशासनिक केन्द्र र दिपायललाई शैक्षिक केन्द्र बनाउनु पर्नेमा जोड दिए । फरक प्रशंगमा बोल्दे पूर्व मन्त्री समेत रहेका भट्टले तत्काल प्रदेश सरकारको मन्त्रीमण्डल हेरफेरको सम्भावा नरहेको जानकारी गराए । प्रदेश सभाले भरखर मात्रै राजधानी र नामाकरण गरेकाले यसलाई मुर्तरूपदिन सबैले लाग्नु पर्न कुरामा जोड दिए । समग्र शुदुरपश्चिम प्रदेशको विकासका लागि सरकारलाई सबै जनताले सहयोग गर्नुपर्ने भन्दै  नेता भट्टले अहिलेको समय फुट्नु भन्दा जुट्नु पर्ने रहेको बताए । शुभकामना आदान प्रदान कार्यक्रममा प्रदेश सरकारका मुख्यमन्त्री, मन्त्रीहरु, प्रदेश सभा सदस्य , पत्रकार बुद्धिजीवी ,स्थानिय बासिन्दा ,सुरक्षा निकायका प्रमुख लगायतको उपस्थिति रहेको थियो ।

Leave a Reply