मकालु यातायातमा आगो लाग्यो

६ कार्तिक २०७५, मंगलवार

युबराज रेग्मी झापा
झापाको काकडभिट्टाको एक ग्यारेजमा राखिएको मकालु यातायातमा विद्युत् सर्ट भई आज बिहान आगलागी भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार झापाको मेचीनगर–७ इँटाभट्टामा काँकरभिट्टाबाट बुटवल जाने मे१ख ५२२ नं को मकालु यातायातमा आफ्नै गाडीकै विद्युत् चुहावट भई आगलागी भएको हो । बिहान १०ः३० बजे एक्कासी गाडीमा आगो दन्किएको स्थानीयवासीले देखेपछि प्रहरीलाई खबर गरेका थिए । आगो निभाउन मेचीनगर नगरपालिकाको दमकल, स्थानीयवासी र प्रहरीको सहायतामा आगो नियन्त्रणमा आएको थियो । आगलागीबाट गाडी पूर्ण रूपमा छ्यति भएको इलाका प्रहरी कार्यालय काँकरभिट्टाले जनाएको छ । आगलागीको कारणबारे अनुसन्धान भइरहेको बताइएको छ ।

Leave a Reply