विवाह भएको दुईहप्ता पनि नपुग्दै दुलही रूपा थापा मगरको दुर्घटनामा परि ज्यान गयो

६ कार्तिक २०७५, मंगलवार

 

पाल्पा। स्याङ्जाको मालुङ्गा नजिकै  स्कुटी दुर्घटना भएको छ ।
दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने एक जना घाईते  भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ । मृत्यु हुनेमा गुल्मीको मालिका गाउँपालिका १ नेटाका २१ वर्षीया रूपा थापामगर रहेको गल्याङ प्रहरी चौकीका प्रमुख तथा प्रहरी निरीक्षक जनक रेग्मीले  जानकारी दिए ।थापाको लुम्बिनी मेडिकल कलेज प्रभास पाल्पामा उपचारको क्रममा मृत्यु भएको हो । घाइते हुनेमा मृतक थापाका श्रीमान २७ वर्षीय महेश पुन रहेका छन् ।  उनको अवस्था सामान्य रहेको र अहिले लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचार भइरहेको प्रहरी निरीक्षक रेग्मीले जानकारी दिए । मंगलबार लु ३७ प ३०९० नम्बरको स्कुटीलाई र विपरित दिशाबाट आइरहेको लु १च ७२५६ नम्बरको जीपले ठक्कर दिदा दुर्घटना भएको हो ।
११ दिन अघि विवाह भएका उनीहरू स्याङ्जाको कालिगण्डकी गाउँपालिका ४ विर्घाबाट दुल्हन फर्काएर गुल्मी घर फर्कने क्रममा स्याङ्जाको मालुङ्गा नजिकै उनीहरू सवार स्कुटी दुर्घटना भएको हो ।
मृतकको शव जिल्ला अस्पताल पाल्पामा पोष्टमार्टम गरी आफन्तलाई बुझाउने तयारी भइरहेको छ ।

Leave a Reply