६५ बर्षको भयो तरूण दल, शनिवार स्थापना दिवस मनाउँदै

८ कार्तिक २०७५, बिहीबार

 

काठमाडौं । नेपाल तरुण दलले ६५ औं स्थापना दिवस यही शनिबार मनाउँदैछ । शनिबार बिहान ८ बजे विपी स्मृति भवन सानेपामा कार्यक्रम आयोजना हुने तरुण दलका अध्यक्ष जीतजंग बस्नेतले बताए ।
बस्नेतका अनुसार स्थापना दिवसको प्रमुख आतिथ्यता नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले गर्नेछन् ।
समारोहमा काँग्रेसका सबै नेताका साथसाथै विभिन्न भातृ संस्थाका प्रमुखहरुलाई बोलाइएको छ ।
कार्यक्रमलाई भब्य बनाइ तरुण दलको एकता प्रस्तुत गर्ने अध्यक्ष बस्नेतले बताए ।
संगठित छ त तरुण दल रु
अध्यक्ष बस्नेतले तरुण दल संगठित रहेको दावी गरेका छन् । उनले पहिलेको तुलनामा तरुण दल निकै संगठित रहेको बताए ।
उनले भने ‘स्थानीय ईकाईदेखि केन्द्रसम्म हामीले प्रशिक्षण दिएर संगठनलाई मजबुद बनाउने काम गरेका छौं ।’
उनले ७७ वटै जिल्लाका अध्यक्षहरुको तीन दिने भेला नगरकोटमा गरेको सुनाए । त्यसैगरी सातै प्रदेश र जिल्लाजिल्लामा दुईदेखि तीन दिने प्रशिक्षण दिएर तरुण दललाई संगठित गरिएको पनि दावी गरे ।
बस्नेतले भने, ‘तरुण दल पहिलेको जस्तो कमजोर छैन, हामी संगठित भएका छौं, पार्टीका लागि जस्तोसुकै कदम चाल्न सक्ने भएका छौं ।
के के गर्यो तरुण दलले काम रु
अध्यक्ष बस्नेतका अनुसार तरुण दलले एनजीओ र आइएनजीओले तराईको बाढी पहिरोमा गर्न नसकेको काम गर्यो ।
उद्धारका लागि तरुण दलले निकै ठूलो भूमिका खेलेको बस्नेतले बताए ।
त्यसैगरी राष्ट्रिय सभाका तीन जनाको नियुक्ति राष्ट्रपति विद्यादेवी भण्डारीले कानुन मिचेर गरेको भन्दै आन्दोलन गर्यो । जनमानसमा यसबारेमा सचेत समेत गराएको थियो।
बस्नेतका अनुसार सरकारले गरेको मुल्यवृद्धिको विरुद्धमा रत्नपार्कमा विशाल विरोध कार्यक्रम गर्यो ।
त्यस्तै डा गोविन्द केसीले उठाएको स्वास्थ क्षेत्रको वेथितिको विरोध र स्वास्थ्य विधेयकलाई पारित गर्नका लागि दवाव दियो । यसक्रममा हजारौं कार्यकर्ता माइतीघर मण्डलामा सहभागी भए भने सरकारले प्रहरी लगाउँदा सयौं कार्यकर्ता घाइते भए ।
अध्यक्ष बस्नेतले तरुण दलको स्थापना दिवस मनाएपछि सडक आन्दोलनमा उत्रने बताए ।
साभार हाम्राकुरा डटकम बाट

Leave a Reply