आवाज विहिनहरुको भावनाको लय उनेर लेखिएको उपन्यास संजिवनी

८ कार्तिक २०७५, बिहीबार

समीक्षक –अन्जना पौडेल अनुश्रुती

जीवनको दुःखसुखको भोगाइ नैं अमृत हो ,त्यहि अमृत नैं संजीवनी हो । शुरुवात पछि अन्त्य र अन्त्यपछि शुरु यही नैं जीवन हो । यहि दर्शन संजीवनीले झल्काउछ ।
सानो बेलामा आवाज विहिन बहिरा साथीहरुलाइ आँपूmुले जानीनजानी बालसुलभ रुपमा दिएको पीडा र उलीउली भन्दै गिज्याएको संझेर आज आफ्नो अफिसमा आएकी सेवाग्राही पूजालाइ हेरेर कल्पनाको मनभित्र उपन्यास लेख्ने विज तयार भएको हो ।
कल्पना भन्छिन् –नारी पात्रलाइ नायकत्व दिनुमा मलाइ सहज थियो, किनकी मैले संगत गरेका साथीहरु पनि आवाजविहन भएर मसंगै हुर्केका थिए ।
बाल मानोबिज्ञानलाई राम्रोसंग प्रश्तुत गरिएको छ उपन्यास भित्र ।
आत्महत्या गर्न मन लाग्ने गरि सताइएकी थिएँ म बाल्यकालमा । पेज १०४
सूर्य परियार काकीको माया संझन्छिन् पूजा –आफू जिन्दगीको जुन सुकै मोडमा पुगेको होस् ,माया गर्ने मान्छेको धेरै याद आउने रहेछ ।
यो उपन्यास अंध्यारो पक्षबाट उज्यालो पक्षसम्म पुगेको पाइन्छ ।
स्याङ्जाको सेतीदोभानमा रहेको पूर्व सैनिकको परिवारमा गिठ्ठे लाहुरेकी श्रीमतीको कोखबाट जन्मेकी पूजाको बोली खुल्दैन । लाटी भएका कारण पूजा घर,परिवार ,समाज र स्कूलमा  पनि मानसिक र शारिरिक हिंसाको सिकार बन्छिन् । एस।एल।सी पछि काठमाण्डौमा उच्च शिक्षाका लागि आएकी उनी नेपाल टेलिभिजनमा साङ्केतिक समाचार वाचक बन्छिन् र लोकप्रिय पनि बन्छिन् ।
पूजा बालबालिकको लागि काम गर्ने एउटा विदेशी संस्थाको छात्राबासमा बस्छिन् । त्यहाँ इसाइकरण र बाल यौन दुव्र्यवहारका घटना देखेपछि राजीनामा दिन्छिन् ।
बानेश्वरको वी बेकरी क्याफेमा कम्प्युटर प्राविधिकको रुपमा जागिर खान पुगेकी उनी प्रमेशको सम्पर्कमा आउँछिन् । त्यसपछि उनले वेकरी क्याफेको जागिर छोडेर प्रमेशले काम गर्ने संस्थामा काम गर्न थाल्छिन् ।
सिमलका भुवा जस्तो उसको नरम व्यबहारले लाग्थ्यो म प्रमेशको आँखाकी नानी भएँ । पेज ११ ।
संयोगहरु पनि कति घटेछन् पूजाको जीवनमा – प्रमेशले दिने प्रेममा पनि प्रीति र सरिताको उपस्थितिले जीवन नैं अधकल्चो बनाइदिन्छ पूजाको  ।
संजिवनीका जीवनरुपी अनेक आयाम श्रीखण्ड झै घोटिएर जीवनका यथार्थ र सत्यताहरुमा मग्मगाइ रहे जस्तो लाग्छ ।
कतै गहिरो खाडलमा भासिएको भेटिन्छ त कतै सगरमाथाको उचाइ चुमेको देखिन्छ । बिभिन्न दुःखसुख ,चुनौती , माया र धोका वीचबाट खारिएर बनेको एउटा राम्रो गहना जस्तो लाग्छ संजिवनी ।
आमाले गर्भ फाल्न अपनाएको घरेलु औषधीको नकारात्मक प्रभावले बोल्न नसकेकी पूजा । १९५ पेज
तीसको दशकमा घटेको घटनालाइ समेटेर लेखिएको उपन्यास भएकोले परिवार नियोजनको साधन नेपालमा थिएन भन्ने देखिन्छ ।
कल्पनाले त्यो समयको सामाजिक समस्यालाइ छर्लङ्ग्याएकी छन् ।
प्रमेशसंग प्रेम हुन्छ र विवाह पनि हुन्छ । तर प्रमेश मदिरा सेवन गर्ने र उनलाई कुटपिट गर्ने –उनले सहनसम्म सहिन् ।
कथाकी नायिका बहिरी पूजा धेरै दुःख पाएर सपनाबाट व्यूँझेझैं गरेर यथार्थबाट व्युँझिइन् ।
संस्थाकै एउटा काममा स्वीजरलैण्ड जाँदा प्रमेशले आफ्नैं श्रीमती पूजालाई उसको विदेशी साथी डेभिडसंग यौन सम्पर्क गराउन बाध्य गराउँछ । यसपछि पूजाको प्रमेशमाथिको विश्वास पूर्ण रुपमा टुट्छ ।
अस्थित्व बचाउनका लागि केके भोगेन पूजाको जीवनले रु
नेपाल फर्के पछि पूजा आफू गर्भवती भएको थाहा पाउँछिन् , खुसी हुन्छिन् तर यस समाचारले प्रमेश दुःखी हुन्छ र गर्भपतनका लागि दवाव दिन्छ तर पूजाले बच्चा जन्माउन चाहन्छिन् ।
प्रमेशले पूजालाई बेवास्था गर्ने , अत्यधिक मदिरा सेवन गरेर आउने र यौन आक्रमण गर्छ ।
पूजाले आफ्नो स्वास्थ्य संवेदनशील भएकोले आफूले चिनेकी दिदीको घरमा काम गर्ने बहिनी शिवालाइ सहयोगीका रुपमा आफ्नो घरमा बोलाउँछिन् , उनलाइ प्रमेशले बलात्कार गर्छ ।
शिवाको एबोर्सन गरियो , शिवा कानुनमा जान चाहिनन् । शिवाको यो गुन नैं मार्गनिर्देशन बन्यो –पूजाको नयाँ जीवनको लक्ष्य परिवर्तनको लागि ।
यसभित्र हेर्दा नारीले मात्र इज्यतको रक्षा गर्नु पर्छ भन्ने जस्तो देखियो । पुरुष स्वतन्त्र ,मर्दका दशवटी रे ।
प्रमेश शुरुमा विदेश भासिन्छ तर नेपाल फर्केपछि उसले गर्ने दुइ नम्वरी धन्दाका कारण प्रहरीको फन्दामा परेर जेल जान्छ ।
पूजाले छोरी जन्माउछिन् र सन्जीवनी नाम राख्छिन् । उनले आवाजविहिन बालबालिकाहरुका लागि बालआश्रम खोल्छिन् र यसको नाम सन्जीवनी राख्छिन् । घरमा एक्लै रहेकी आमालाइ पनि आफूँसंगै राखेर सेवा गर्ने निधो गर्छिन् ।
सानोमा आमालाइ बुझ्न नसकेकी पूजाले ठूली भएपछि आफ्नैं परिबेससंग लड्नु पर्दा आमाको पीडा बुझ्ने  भइन् ।

स्वप्न शैलीको प्रयोग गरेको भए उपन्यासमा बोल्न नसक्ने पात्रहरुको कुरा राम्ररी आउँथ्यो कि १

यसलाइ पूर्ण रुपमा नारीवादी उपन्यास भन्न सकिदैन, किनकी यस पुस्तकले पूरै नारीवादको सैद्दान्तिक मान्यता समाउन सकेको छैन । किनकी प्रवेशलाइ दण्ड दिएर,सम्बन्ध विच्छेद गरेर आफुले बालआश्रम खोलेर बसेको भए पूर्णत नारीबादी उपन्यास हुन्थ्यो  ।
पूजा केहि समय त अड्किइन् , पछि विद्रोह गरिन् । पतिले दिएको चरम मानसिक र शारिरिक यातना पिएपछि पूजाले प्रमेशसंग सम्बन्ध विच्छेद गर्छिन् ।
उपन्यासमा प्रवेशलाइ पुनः अपनाउन पनि सक्ने संभावना बुझ्न सकिन्छ । हुन त नेपाली समाजको लोग्नेसंग अलग्गिएर बस्ने नारीलाइ हेर्ने दृष्टिकोणको कारण पनि उनले आदर्शबादलाइ भन्दा यर्थाथवादलाइ पछ्याएकी हुन् कि रु
जीन्दगी भनेको संयोग हो र वियोग हो  । कुनै एउटा संयोबाट प्रेम भयो  र विवाह पनि संयोगबाट हुन्छ ।
आवाजविहिन पात्र पूजाको जीवन भोगाइलाई आख्यानीकरण गरिएको यथार्थवादी, सामाजीक बालबालीका ,बृद्धबृद्धा र अपाङ्गतामैत्री उपन्यास भन्न रुचाउँछु ।
भोगाइका उर्वर फाँटहरु भनौं या खण्डहर बगर अथवा रिगाउने भिर, त्यहिवीच कतैबाट निस्किएको झिल्को हो संजिवनी ।
संजिवनीले यहि भन्छ – केहि एकाध पुरुष बाहेक धेरै पुरुषहरु नारीको रुप र यौवनको धुपमा आकर्शित भएकै हुन्छन्,उनीहरुले नारीलाइ प्राप्त गर्न साम ,दाम,दण्ड ,भेद सबै प्रयोग गर्न पनि पछि पर्दैनन् ।  उनीहरुले प्राप्त गर्न सकेनन् भने सजिलोसंग चरित्रको दोष लगाइदिन्छन् ।
उपन्यासकार कल्पना कल्पपुन्जले गहिरो अनुसन्धान गरेर, आवाज विहिनहरुको मन छामेर , बुझेर उपन्यासमा उतारेकी छन् ।
प्रवेश जस्तो विष वृक्षबाट पनि उज्यालो सन्तान संजिवनी निस्किइन् तर आमा असल भएको कारणले छोरीले सहि बाटो हिड्ने कुरामा पाठक ढुक्क हुन्छन् । संजीवनी समुन्द्र मन्थनबाट अमृत निकालिएको जस्तो लाग्छ ।
मूल पात्र अर्थात् कथाकी नायिका पूजाको जीवन भोगाइको सार भेटिन्छ यसभित्र –प्रेम भनेकै सम्बन्धको विस्तार न रहेछ ।
शुरुदेखि अन्त्यसम्म बोलीचालीको स्थानीय भाषा र बोलीचालीमा धेरै प्रयोग हुन थालेको अंग्रेजी भाषा पुस्तकमा प्रयोग भएको भए पनि नौलो लाग्दैन ।
आवाज विहिनहरुको भावनाको लय उनेर लेखिएको उपन्यास हो ,संजिवनी ।
स्याङ्जामा जन्मेर हाल काठमाण्डौमा बैंकमा कार्यरत छन् ।
बिभिन्न पुरस्कार र सम्मानबाट सम्मानित भएकी कल्पनाका अन्य कृतिहरु पनि प्रकाशित  छन् ।
संजिवनीले पाठकको राम्रो प्रतिकृया पाएकोले र पुस्तक विक्री भएर दोस्रो संस्करण पनि प्रकाशन भएकोले हौसिएकी छन् । अर्को उपन्यास लेख्ने विचारमा रहेकी छन् कल्पना ।
आशा छ ,उनको लेखनीका निवहरु सदा दौडिइरहुन् । प्रीय मित्र कल्पनालाइ हार्दिक बधाइ र अनेकौं शुभकामना ।
कल्पना कल्पपुन्जको पहिलो उपन्यास सन्जीवनी शिखा प्रकाशनले बजारमा ल्याएको हो ।
पुस्तकको मुल्य रु।३५० रहेको छ ।

 

 

Leave a Reply