खानेपानी मन्त्री बिना मगरलाई आफ्नै क्षेत्रमा कालो झण्डा

८ कार्तिक २०७५, बिहीबार

दीपेन्द्र बस्नेत बेलौरी, कञ्चनपुरको दक्षिणी क्षेत्र स्थित बेलौरीमा आयोजित पर्यटन महोत्सव तथा कृषि औद्योगिक व्यापार मेलाको उद्घाटन कार्यक्रममा आउदै गर्दा खानेपानी तथा सरसफाई मन्त्री बिना मगरलाई प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका कार्यकर्ताहरुले बिहीवार कालो झण्डा देखाएर बिरोध प्रदर्शन गरेका छन् । बेलौरी उद्योग बाणिज्य संघले आयोजना गरेको पर्यटन तथा कृषि औद्योगिक व्यापार मेलाको उद्घाटन गर्न मन्त्री मगर महोत्सव स्थल जाँदै गर्दा नेपाली काँग्रेसका कार्यकर्ताले बिरोध गर्दै कालो झण्डा देखाएका हुन । कञ्चनपुरको दक्षिणी क्षेत्र स्थित बेलौरीमा आयोजित व्यापार मेलाको उद्घाटन दिउँसो १२ बजे राखिए पनि बिहान १० बजे देखिनै बिरोध प्रदर्शनका लागि प्रमुख प्रतिपक्ष दल काँग्रेस कार्यकर्ताहरु एकत्रित भएको खबर फैलिए पछि पुर्व निर्धारित समय भन्दा झन्डै साढे ४ घन्टा बिलम्ब गरि व्यापक सुरक्षाको बन्दोबस्तीका साथ कार्यक्रम स्थलमा पुगेकी थिइन ।

आन्दोलनकारीलाईझुक्याउदै नीजी नम्बर प्लेटको गाडी प्रयोग गरि मन्त्री मगरलाई कार्यक्रम स्थलमा ल्याइएको थियो । कैलाली कञ्चनपुरको पुरानो सदरमुकाम बेलौरी स्थित सीमा नाकाको स्तरोन्नति गर्नुको साटो कैलालीको खक्रौलामा नेपाल(भारत नाका बनाएको भन्दै नेपाली काँग्रेस कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर १ का कार्यकर्ताहरुले बिरोध स्वरुप कालोझण्डा देखाएका हुन । बिहिबार देखि १० दिन सम्म सञ्चालन हुने महोत्सवको उद्घाटन गर्न आफ्नै निर्वाचन क्षेत्र स्थित पुनर्वासमा बुधबारनै मन्त्री बिना मगर पुगे पनि काँग्रेसको बिरोध कार्यक्रमका कारण कार्यक्रम स्थलमा समयमा पुग्न सकिनन । ४स्२५ बजे बेलौरी पुगेगी मन्त्री मगरलाई झन्डावाल गाडीमा नराखी नीजी गाडीमा राखेर ठूलो संख्यामा रहेका सुरक्षाकर्मीहरुले आन्दोलनकारीलाई झुक्याउदै कार्यक्रम स्थल सम्म पुगाएका थिए । पुनर्वास बाट बेलौरी आउदै गर्दा मन्त्री मगरलाई महोत्सव स्थल भन्दा डेढ किमि पुर्वको रिछाहामा प्रमुख प्रतिपक्षी काँग्रेस कार्यकर्ताहरुले कालो झन्डा देखाएका हुन । जिल्लाको दक्षिणी क्षेत्रको बेलौरीमा पहिलो पटक आयोजना गरिएको महोत्सवमा मन्त्री मगरको सुरक्षार्थ बाक्लो सुरक्षाकर्मी परिचालन गरिएको थियो ।

Leave a Reply