माछापुच्छ्रेको आँगनमा निःशुल्क हेर्न पाइने पीपीएल टी–२० क्रिकेट आजदेखि सुरु हुँदै

९ कार्तिक २०७५, शुक्रबार

 

पोखरा। माछापुच्छ्रेको आँगनमा निःशुल्क हेर्न पाइने पीपीएल  टी–२० क्रिकेट आजदेखि पोखरामा सुरु हुँदै छ। खेल बिहान ११ बजे सुरु हुनेछ । प्रतियोगितालाई आइसीसीले मान्यता दिएकाले अन्तर्राष्ट्रिय कभरेज पनि हुनेछ ।
प्रतियोगिताको पहिलो खेलमा घरेलु टिम पोखरा पल्टन र विराटनगर टाइटन भिड्दै छन् ।
उपाधि घरमै राख्ने लक्ष्य लिएको पोखरा पल्टनको कप्तानी शरद भेषवाकरले गर्दैछन् । त्यसैगरी विराटनगर टाइटनको कप्तानी सन्दीप लामिछानेले गर्दैछन् ।
शरद राष्ट्रिय टिमका अनुभवी खेलाडी हुन् भने सन्दीप कम उमेरमै सबैभन्दा ब्यवसायिक नेपाली खेलाडी बनेका छन् ।
राउण्ड रोबिनको आधारमा खेल हुने हुँदा दुवै टोलीलाई जित्नै पर्ने दबाब छ।
प्रतियोगितामा पोखरा, विराटनगर, चितवन राइनोज, बुटवल ब्लास्टर, काठमाडौं रोयल्स र एक्स्पर्ट धनगढी ब्लुज गरी ६ टिम सहभागी हुँदैछन् ।
प्रतियोगिताको विजेताले २७ लाख हात पार्नेछ। उपविजेताले १० लाख जित्नेछ ।

Leave a Reply