अध्यक्ष प्रचण्ड नयाँदिल्ली प्रस्थान

९ कार्तिक २०७५, शुक्रबार

 

काठमाडौँ,  नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ इन्डिया फाउण्डेशनले आयोजना गर्ने कार्यक्रममा भाग लिन आज भारतको नयाँदिल्ली प्रस्थान गर्नुभएको छ ।

कार्यक्रममा अध्यक्ष प्रचण्डले प्रमुख अतिथिका रूपमा पार्टीको अवधारणा प्रस्तुत गर्नुका साथै नेपाल–भारतबीचको सम्बन्धका बारेमा मन्तव्य दिनुहुनेछ । अध्यक्ष प्रचण्डको अन्य कुनै राजनीतिक भेटघाट नरहेको बताइएको छ । फाउण्डेशनले दक्षिण एशियाका साथै अन्तर्राष्ट्रियस्तरमा समेत विचार निर्माण गर्ने सन्दर्भमा भूमिका निर्वाह गर्दै आएको छ । गोवामा हुने भनिएको उक्त सम्मेलन केही दिनअघि मात्र दिल्लीमा हुने टुङ्गो लागेको थियो । कार्यक्रममा भाग लिन आफूलाई दुई महीनाअघि नै निम्ता प्राप्त भएको त्यसतर्फ जान लागेको आज प्रस्थान गर्नुअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अध्यक्ष प्रचण्डले जानकारी दिनुभयो ।

उहाँको बिदाइका लागि महासचिव विष्णु पौडेल, नेताहरू अग्नि सापकोटा, दीनानाथ शर्मालगायत विमानस्थल पुग्नुभएको थियो । उहाँ आजै बेलुका स्वदेश फर्कनुहुनेछ ।
–––

Leave a Reply