भाषणले मात्र समृद्धि आउँदैन, सहमहामन्त्री डा प्रकाशशरण महत

९ कार्तिक २०७५, शुक्रबार

सरिता तिम्सिना पगेनी
पोखरा, नेपाली काँग्रेसका सहमहामन्त्री डा प्रकाशशरण महतले  भाषणले मात्र समृद्धि नआउने बताउनुभएको छ । । नेपाली काँग्रेसको आर्थिक नीति सुझाव संकलनका लागि पोखरामा आयोजित गण्डकी प्रदेशस्तरीय गोष्ठीलाई शुक्रबार सम्बोधन गर्दै उहाँले भन्नुभयो– भाषणले समृद्धि आउँदैन, बोलेर मात्र हुने भए कम्युनिष्टहरुले देशमा उहिलेदेखि नै ठूला ठूला आश्वासन दिएका छन्, धेरै बोलेका छन् ।
सरकारका अहिलेकै क्रियाकलापबाट देशमा आर्थिक विकास र समृद्धि सम्भव नभएको भन्दै उहाँले भन्नुभयो– प्रधानमन्त्री त भाषणैपिच्छे समृद्धिको कुरा गर्नुहुन्छ, उहाँ कहिले भान्सामा ग्याँस त कहिले बिजुलीको तार जोड्ने कुरा गर्नुहुन्छ। ज्नताले यस्ता हावादारी कुरा   पत्याउन छोडिसकेका छन् ।
सहमहामन्त्री डा। महतले  वर्तमान सरकारको आर्थिक नीति तथा क्रियाकलापले मुलुकमा समृद्धि आउँछ भनेर कल्पना पनि गर्न नसकिने बताउदै उहाँले देशको अर्थतन्त्र प्रतिदिन ह्रासोन्मुख हुदै गएको, प्रति चिन्ता ब्यक्त गर्नुभयो । सरकारले मुलुकको अर्थतन्त्रलाई चलायमान र उर्भर बनाउने खालका नयाँ नयाँ कार्यक्रमहरु ल्याउन नसकेको भन्दै  उहाँले भन्नु भयो ,सरकारका क्रियाकलाप र उसको आर्थिक नीतिका कारण देशमा समृद्धिको सपना देख्नै कठिन  भयो । । उहाँले देशको आर्थिक अवस्थाको मूल्यांकन गरी देशको अर्थतन्त्र कता जाँदैछ भन्ने बारेमा काँग्रेसले नै देशव्यापी रुपमा अभियान चलाउनुपर्नेमा जोड दिनु भयो ।  ।
विपी कोइरालाले विसं २०१० मा नै प्रजातान्त्रिक समाजवादको सिद्धान्त प्रतिपादन गर्नुभएको स्मरण गर्दै डा।महतले भन्नुभयो– नेपाली काँग्रेसको आर्थिक नीति पनि प्रजातान्त्रिक समाजवादबाटै प्रेरित छ र त्यसप्रति अहिले पनि काँग्रेस प्रतिबद्ध छ ।
प्रजातान्त्रिक समाजवाद भनेको वस्तुको उत्पादन र वितरण हो भन्दै उहाँले भन्नुभयो– देशमा उत्पादन बढाउने, उत्पादनको पहूँचमा आम नेपालीलाई पु¥याउने अनि त्यो उत्पादनको वैज्ञानिक एवम् समानुपातिक वितरण गर्ने कार्यबाट नै प्रजातान्त्रिक समाजवाद साकार हुन्छ, यो नै नेपाली काँग्रेसको  आर्थिक नीतिको मूलमन्त्र हो ।

 

 

 

 

Leave a Reply