निर्मलाको हत्यारा पत्ता लगाउन नसकेको भन्दै कैलालीका विद्यार्थी सडकमा,सरकार अपराधी बचाउन लागीरहेको आरोप

१७ आश्विन २०७५, बुधबार

 

कञ्चनपुर । कञ्चनपुरकी १३ वर्षिय बालिका निर्मलापन्तको हत्यारा पत्ता लगाउन नसकेको भन्दै कैलालीका बिद्यार्थी सडकमा उत्रिएका छन । बलात्कार पछि हत्या भएको ६४ दिन पुगीसक्दा पनी सरकराले अपराधी पत्ता  लगाउन सकेको छैन  । घटनको अनुसन्धान गरीरहेको प्रहरीले समेत हत्याकाण्डको ठोस प्रमाण अहिले सम्म फेला नपरेको  र अनुसन्धान जारी रहेको वताउदै आएको छ।
हत्यामा संलग्नलाई कारबाहिको साटो सरकार अपराधी बचाउमा लागीरहेको भन्दै दोषिलाई कारबाहिको माग सहित लम्कीचुहा नगरपालिका अन्तरगत बिभिन्न विद्यालयमा अध्यनरत बालिकाहरुले पुर्वपश्चिम महेन्द्रराजमार्गको लम्की चौराहामा करीब डेढ घण्टा चक्काजाम सहित कोणसभा गरेका छन् ।
विभिन्न विद्यालयवाट स्वस्फुर्तरुपमा आन्दोलनमा सहभागी भएका विद्यार्थी बालिकाहरुले सरकारको यस्तो कदमले आफुहरु शशंकीत मात्र नभइ ढुक्कसंग हिडडुल गर्न समेत असहज भइरहेको भन्दै आक्रोसित भएका छन् । सरकारको पछिल्लो कदम र जिम्मेवार व्यक्तीवाट आईरहेका अभिव्यक्तीले निर्मला पन्तका हत्यारा प्रक्राउ हुनेमा आफुहरु विश्वस्त हुन नसकेको भन्दै चिन्ता व्यक्त गरेका छन् ।
पछिल्लो समय वढ्दै गरेका वलात्कार र हत्याका श्रृङ्खलाले आफुहरुको सुरक्षामाथि नै गम्भीर प्रश्न उठेको भन्दै सरकारले गरिब जनतामाथि अन्याय गरेको वताए । हत्यार आफ्नै वरिपरी निर्धक्क घुमिरहेको भए पनी सरकार कानमा तेल हालेर सुतिरहेकोले सरकारको नेतृत्व गर्ने माथि नै गम्भीर शंका उत्पन्न भएको वालिकाहरुको भनाई थियो । सरकारको यस्तो कदमले देशमा सरकार छ की छैन भन्ने अभाष भएको वालिकाहरुको भनाई थियो ।
। निर्मलाका पन्तका हत्यारालाई कारवाही गर्न नसकेकै कारण देशमा अन्य वलात्कार र हत्या का घटना वढीरहेको भन्दै यसले अपराधीलाई थप प्रोत्साहान मिलिरहेको वालिकाहरुको भनाई थियो ।
।  हत्यारालाई तत्काल प्रक्राउ गरी कारबाहि गर्न माग गर्दे देश व्यापी आन्दोलन भइरहेको छ । बालिका हत्याको विरोधमा देशव्यापी आन्दोलन र प्रर्दशन भइरहदा कैलालीका बालिका विद्यार्थी समेत आन्दोलित बनेका हुन  ।

Leave a Reply