नेपाल प्रेस युनियन बझाङ शाखाको चौथो जिल्ला अधिवेशनबाट अध्यक्षमा रमानन्द जोशी सर्वसम्मत

१७ आश्विन २०७५, बुधबार

बझाङ ।  नेपाल प्रेस युनियन बझाङ शाखाको चौथो जिल्ला अधिवेशनबाट अध्यक्षमा रमानन्द जोशी सर्वसम्मत रुपमा चयन भएका छन ।त्यसैगरि   उपाध्यक्ष खुल्लामा असोक खड्का ,उपाध्यक्ष महिलामा पार्वती ऐडी , सचिवमा दिनेश साँउद , कोषाध्यक्षमा बिना रोकाया सहित अन्य सदस्यहरु रहेको छन् ।
केन्द्रिय पार्षदमा निवर्तमान अध्यक्ष जगदीस रोकायासहित  शैलेन्द्र रोकाया , निरनराम जोशी , शिवराज उपाध्याय , यज्ञराज उपाध्याय, नरेन्द्र खाती , सिता खड्का, पार्भती ऐडी लगायत १२ जना रहेका छन् ।
त्यसैगरि प्रदेश पार्षदका लागी जगत खड्का , दिपक भण्डारी , डिबी बिष्ट ,प्रदिप मलासी, उमेश जेठारा लगायत १९ जना रहेका नवर्निचित अध्यक्ष रमानन्द जोशीले वताए  ।
८० जना साधारण सदस्य रहेको युनियनको चौथो जिल्ला अधिवेशनको उद्घाटन   कार्यक्रमका प्रमुख अतिथी नेपाली कांग्रेस बझाङका सभापती हर्कजगं बहादुर सिंह ले गरेका  थिए ।
अधिवेशन सम्पन्न गर्न प्रेस युनियनका सुदुरपश्चिम संयोजक  लाल ऐर र प्रतिनिधि केन्दिय सदस्य हरिस भट्ट सहभागि थिए ।

Leave a Reply