अराजकता, उदन्डता, बेतिथि र बलात्कार, जस्ता घटनाले जनता आजित ः बाँनिया

२२ आश्विन २०७५, सोमबार

अराजकता, उदन्डता, बेतिथि र बलात्कार, जस्ता घटनाले जनता आजित ः बाँनिया
नेपाली काग्रेस काठमाण्डौ सभापति सवुज वाँनीया ले सवल र सुदृढ काग्रेस नेपाली जनताको चाहना भएको वताउनु भएको छ । वडा दशैं तथा दीपावली को पूर्व संन्ध्यामा नेपाली जनसम्पर्क संन्ध्यामा नेपाली जनसम्पर्क समिति लंगआईलेण्ड च्याप्टर परिवार न्यूयोर्क अमेरिका द्वारा हिक्सभिलमा आयोजित काग्रेस समर्थकहरूको वृहद भेला तथा सुभकामना आदान प्रदान कार्यक्रममा वहाँले उक्त कुरा वताउनु भएको हो, काग्रेसीहरू को खिचातानी, वेमेल लाई सवक सिकाउन गत निर्वाचनमा जनताले कम्युनिस्टहरू लाई जिताएको भए पनि उनिहरुको ७ महिनाको शासनकालमा देशमा अराजकता, उद्वन्डता, वेतिथी, बलत्कार जस्ता घटनाले जनता आजित भएको बताउनु भयो । दोहोरो नागरिकता को विषय नेपालको संविधानमा प्रस्ट उल्लेख भएको वताउनु हुदै वानीया ले यो संवैधानिक अधिकार लाई कुनै ले दिएर दिईने र खोसेर खोसीने कुरा हैन भन्ने प्रस्ट पार्नु भयो । नेपाली जनसम्पर्क समिति लंगआईलेण्ड च्याप्टर न्यूयोर्क का सभापति विश्व वास्तोला ले कमजोर र विभाजित काग्रेस ले कम्युनिस्टहरू संग प्रतिस्पर्धा गर्न नसक्ने हुदा, विचार र व्यक्तिगत कुरामा वेमेल भए पनि काग्रेस हरू विच नितिगत एकता हुनुपर्ने कुरामा जोडदिनु भयो, । उहाले प्रवासमा रहेका काग्रेस हरूको चाहना नेपालमा सवल, वलियो र एकिकृत काग्रेस देख्न चाहेको वताउनु भयो । विश्व परिवेश वाटै पलाएन हुदै गएको कम्युनिस्टहरू नेपालमा बहुमत हुनु नया पुस्ताको लागि पनि दुखद भएको उआाले बताउनु भयो । कार्यक्रममा च्याप्टर उपसभापति विनोद थापा, रक्तदाता अर्जुन प्रसाद मैनाली, समाजसेवी दुर्गेस कार्की, कोषाध्यक्ष शिव वानीया,सदस्य प्रविण गौतम, शंखनारायण प्रजापति, नीरज साप्कोटा, लक्ष्मी वाँस्तोला, बलराम वाँनीया लगाएत ले समसामयिक विषयमा आफ्नो धारणा राख्दै शुभकामना मन्तब्य राख्नु भएको थियो ।

Leave a Reply