प्रदेश नं १ मा यस वर्ष १४ जनामा औलो रोगको संक्रमण भेटियो
दमक, झापासहित प्रदेश नं १ मा यस वर्ष १४ जनामा औलो रोगको संक्रमण भेटिएको छ । दमक नगरपालिकाको नगर स्वास्थ्य शाखाले उक्त रोगसम्बन्धी शुक्रबार यहाँ आयोजना गरेको स्वास्थ्यकर्मी तथा सरोकारवालासँगको अन्तरक्रियामा झापामा सातसहित प्रदेश नं १ भर हाल १४ औलो रोगी भेटिएको जानकारी दिएको हो । प्रस्तुत तथ्याङ्क गएको जनवरीदेखि अक्टोबरसम्मको भएको स्वास्थ्य शाखाले जनाएको छ ।
उक्त विषयमा कार्यपत्र प्रस्तुत गर्दै दमक अस्पतालका निमित्त मेडिकल सुपरीटेण्डेन्ट डा विपीनकुमार पाण्डेले मेचीनगर र झापा गाँउपालिकामा यस वर्ष सात जनामा औलोको संक्रमण भेटिएको उल्लेख गर्नुभयो । संक्रमितमध्ये दुईजना रोजगारीका लागि भारतबाट आएका थिए । उहाँका अनुसार झापामा सातसहित मोरङमा तीन, सुनसरीमा दुई र इलाममा दुई संक्रमित छन् । यी जिल्लामध्ये सबैभन्दा धेरै झापामा देखिएको डा पाण्डेले बताउनुभयो ।
औलोबाट भारतीय सीमावर्ती क्षेत्रका १३ जिल्ला अतिप्रभावित, ३३ जिल्ला प्रभावितको अवस्था रहेको कार्यपत्रममा जनाइएको थियो । नेपालबाट औलो उन्मूलन भइसके पनि पछिल्लो समय फाट्टफुट्ट औलोको संक्रमण भेटिन थालिएपछि स्थानीय तहले समेत त्यसविरुद्ध जनचेतनामूलक कार्यक्रम शुरु गरेकोे दमक नगर स्वास्थ्य शाखा प्रमुख इन्द्र अर्यालले बताउनुभयो ।
अन्तरक्रियामा दमक नगरपालिकाका प्रमुख रोमनाथ ओलीलगायतले औलो सार्ने लामखुट्टेलाई निर्मूल गर्न सरसफाइमा ध्यान दिनुपर्नेमा जोड दिनुभयो । नगरपालिकामा भएको अन्तरक्रियामा वडाध्यक्षहरूले औलो रोग नियन्त्रण गर्न सरसफाइ एक मात्र उपाय भएको औँल्याएका थिए ।
–––
चलिरहेका
रातको समयमा पौने नौ लाख बराबरको अबैध सामान पक्राउ
पोखराको लेकसाइडमा पुर्व झापाबाट भित्रीए केहि ब्यक्ति, स्थानीयमा त्रास
कास्कीको लेखनाथ सामुदायिक लायन्स अस्पतालमा एक महिलाको मृत्युु
पाेखरा -१० का २ जना महिलामा काेराेना संक्रमण पुष्टि
-
रातको समयमा पौने नौ लाख बराबरको अबैध सामान पक्राउ
४ मंसिर २०७५, मंगलवार -
पोखराको लेकसाइडमा पुर्व झापाबाट भित्रीए केहि ब्यक्ति, स्थानीयमा त्रास
२९ बैशाख २०७७, सोमबार -
कास्कीको लेखनाथ सामुदायिक लायन्स अस्पतालमा एक महिलाको मृत्युु
२४ जेष्ठ २०७७, शनिबार -
कास्कीकाे रुपाका २ जनामा काेराेना संक्रमण, कास्कीमा काेराेना संक्रमितकाे संख्या ४ पुग्याे
२४ जेष्ठ २०७७, शनिबार
-
सिकेको इलमलाई व्यवहारमा उतार्नु पर्छ ः उपप्रमुख गुरुङ
११ चैत्र २०७९, शनिबार -
रानीमहलसहित पाल्पाको विविध झल्काे दिने पाल्पा हाउस पाेखरामा
८ चैत्र २०७९, बुधबार -
गण्डकी बहु–प्राविधिक शिक्षालय संचालन समितिमा सरस्वती,छत्रधर र नारायण मनोनित
८ चैत्र २०७९, बुधबार -
११ औं राष्ट्रिय हेमजा आलु महोत्सव–२०७९ लाई हेमजाका आमा समूहले सहयोग गर्ने
७ चैत्र २०७९, मंगलवार
-
कञ्चनपुर प्रकरण : गृहमन्त्रीसँग दुई घण्टा वार्तापछि फेरि काममा फर्किए केसी
२८ भाद्र २०७५, बिहीबार -
रेन्डी विलियम बेरी नेपालका लागि नयाँ अमेरिकी राजदूत
२७ भाद्र २०७५, बुधबार -
मन्त्री र सचिवलाई प्रधानमन्त्री ओलीको प्रश्न : ‘एउटै योजना ३० वर्षमा पनि किन सकिएन ?’
२७ भाद्र २०७५, बुधबार -
आसाममा ५.५ रिक्टरस्केलको भूकम्प, नेपालसम्म धक्का
२७ भाद्र २०७५, बुधबार
You may also like
सिकेको इलमलाई व्यवहारमा उतार्नु पर्छ ः उपप्रमुख गुरुङ
पोखरा । पोखरा महानगरपालिकाकी उपप्रमुख मञ्जुदेवी गुरुङले तालिममा सिकेको इलमलाई व्यवहारमा उतार्दै आर्थिक रूपमा आत्मनिर्भर महिलाको पहिचान बनाउन आग्रह गरेकी छन् । उपप्रमुखसँग महिला कार्यक्रम छ, महिलाले सञ्चालन गर्ने उद्योगका लागि १५ लाखसम्म विना धितो ऋण दिन्छौं । आसन्न आर्थिक मन्दीलाई सम्बोधन गर्न आयमुलक र सिपमुलक काम गरी आत्मनिर्भरताको बाटो समात्न आवश्यक भएको गुरुङले बताइन […]
रानीमहलसहित पाल्पाको विविध झल्काे दिने पाल्पा हाउस पाेखरामा
पोखरा । पोखरामा पाल्पाको झल्को दिने ‘पाल्पा हाउस’ सञ्चालनमा आउने भएको छ । पाल्पाबाट पोखरा आई बसोबास गर्ने पाल्पालीहरुको साझा संस्था पाल्पाली समाज पोखराले पोखराको न्यूरोडमा मायाको प्रतीक रानी महल सहित पाल्पाको विविध झल्को दिने ‘पाल्पा हाउस’ सञ्चालनमा ल्याउन लागेको हो । पाल्पा र कास्कीमा उत्पादित माैलिक उत्पादन तथा साँस्कृतिक पहिचानको प्रवर्द्धन गर्ने उदेश्यले […]
गण्डकी बहु–प्राविधिक शिक्षालय संचालन समितिमा सरस्वती,छत्रधर र नारायण मनोनित
पोखरा ।प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद सिटिइभिटी को साझेदारीमा पोखरा महानगरपालिका बाट संचालित गण्डकी बहु–प्राविधिक शिक्षालयको संचालक समितिमा रिक्त सदस्यहरुको पद पुर्ती गरिएको छ । पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यको अध्यक्षतामा सोमबार बसेको गण्डकी बहु–प्राविधिक शिक्षालय संचालक समितिको १९ औं बैठकले बिभिन्न क्षेत्रको प्रतिनिधित्व ह’ने गरि तीन जना सदस्य मनोनित गरेको हो । बैठकले […]
११ औं राष्ट्रिय हेमजा आलु महोत्सव–२०७९ लाई हेमजाका आमा समूहले सहयोग गर्ने
हेमजा । यही चैत्र २६ गतेदेखि बैशाख ३ गतेसम्म हुन गइरहेको ११ औं राष्ट्रिय हेमजा आलु महोत्सव–२०७९ लाई हेमजाका आमा समूहले सक्दो सहयोग गर्ने भएका छन् । मूल आयोजक समितिले मंगलवार राखेको आमा समुहको भेलामा कामधेनु महिला कृषक समूहको प्रतिनिधित्व गर्दै पार्वती बानियाँ, तिब्रेकोट आमा समुहको उषा कुँवर , शृजनशिल मिलन आमा समूहको मिना कुँवर, […]
अनलाइन पत्रकार संघ गण्डकीको अध्यक्षमा बराल
पोखरा। अनलाइन पत्रकार संघ गण्डकीको अध्यक्षमा गणेश बराल निर्वाचित भएका छन् । संघको सोमबार पोखरामा सम्पन्न तेस्रो साधारण सभा तथा दोश्रो अधिवेशनले संस्थापक अध्यक्ष समेत रहेका बराललाई अध्यक्षमा सर्वसम्मत निर्वाचित गरेको हो । संघको उपाध्यक्षमा सन्तोष बस्याल , सचिवमा प्रल्हादचन्द्र घिमिरे , कोषाध्यक्ष चन्द्रिका घिमिरे अनिता चयन भए । संघको सदस्यहरुमा निरज बसौला ऋषिराम दाहाल […]
नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश समिति उपाध्यक्ष सोनी शर्मालाई पितृशोक
नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश समिति उपाध्यक्ष सोनी शर्मालाई पितृशोक परेको छ । उहाँका पिता चन्द्रप्रसाद पन्थको ८४ वर्षको उमेरमा सोमबार विहान ५ बजे व्यास नगरपालिका वडा नम्बर १४ छाब्दीबराह स्थित आफ्नै निवासमा निधन भएको हो । उहाँ विगत लामो समयदेखि दमबाट पीडित हुनुन्थ्यो । पन्थले तनहुँ जिल्लामा शिक्षा क्षेत्र, समाज सेवा र धार्मिक क्षेत्रमा […]
पोखरा र घोराही उपमहानगरवीच अनुभव आदान प्रदान
पोखरा ।पोखरा महानगरपालिका र घोराही उपमहानगरपालिकाको न्यायिक समिति वीच अनुभव आदान प्रदान भएको छ । घोराही उपमहानगरपालिकाका उपप्रमुख हुमकुमारी डि.सीको नेतृत्वमा आएको न्यायिक समितिले पोखरा महागनरका उपप्रमुखसंग भेट गदै न्याय सम्पादनबारे अनुभव आदान प्रदान गर्नुभयो । टोलीमा घोराही उपमहागनरपालिका प्रमुख प्रशासकीय अधिकृत भोजराज घिमिरे, वडा सदस्य राजिवराज हौजलि, धर्मराम चौधरी, मोहनराज आचार्य, लक्ष्मण अधिकारी, उपेन्द्र […]
प्रेस सेन्टर कास्कीको साधारणसभामा पत्रकार भुसाल पुरस्कृत, जनपक्षिय पत्रकारितामा जोड
पोखरा । पोखराका कृयाशील पत्रकार विभु भुसाल पुरस्कृत हुनुभएको छ ।प्र्रेस सेन्टर नेपाल कास्कीको वार्षिक साधारणसभाका अवसरमा आयोजित कार्यक्रममा सेन्टरले सञ्चालन गर्दै आएको ‘थमन महेश स्मृति पत्रकारिता पुस्कार’बाट भुसाल पुरस्कृत हुनुभयो । जनपक्षिय पत्रकारितामा दुई दशकदेखी क्रियाशील पत्रकार भुसाललाई नेकपा(माओवादी केन्द्र)का महासचिव देव गुरुङ,सेन्टरका केन्द्रीय अध्यक्ष विष्णु सापकोटा, कास्कीका अध्यक्ष कृष्ण दवाडी लगायतले सो पुरस्कार […]
राष्ट्रिय क्रिकेट टोलीका सदस्य करन केसीलाई मञ्चले सम्मान गर्ने
पोखरा । नेपाली अग्रज खेलाडीहरुको छाता संस्था नेपाल भूतपूर्व खेलाडी मञ्चले राष्ट्रिय क्रिकेट टोलीका सदस्य करन केसीलाई सम्मान गर्ने भएको छ । मञ्चको आइतबार बसेको सचिवालय बैठकले करनलाई नगदसहित सम्मान गर्ने भएको हो । सो बारे जानकारी दिंदै मञ्चका महासचिव कृष्ण तिमिल्सिनाले नेपालमा हालै सम्पन्न लिग टु क्रिकेट प्रतियोगितामा बिजयी बनाउन महत्वपूर्ण भूमिका खेल्ने नेपाली […]
रेवान कप टेनिस उपाधीका लागि राजन र नविन भिड्ने
कास्की । राजन पौडेल र नविन श्रेष्ठ पोखरा रंगशालामा जारी तेश्रो रेवान कप टेनिस प्रतियोगिताको मेन्स सिंगल्स उपाधीका लागि भिड्ने भएका छन् । कास्की जिल्ला टेनिस संघको आयोजना तथा रेवान पोखराको मुख्य प्रायोजनमा जारी प्रतियोगिता अन्तर्गत शनिबार भएको सेमिफाइनलमा राजनले लक्ष्मण तामाङलाई ६–३, ६–२ ले पराजित गर्दै फाइनलमा स्थान बनाएका हुन् । […]
Leave a Reply
You must be logged in to post a comment.