स्वर्गद्वारीमा काँग्रेस जिल्ला सभापतिको बैठक सुरु

२९ कार्तिक २०७५, बिहीबार

बुटवल, २९  प्रदेश पाँच अन्तरगत पर्ने नेपाली काँग्रेसका जिल्ला सभापतिहरुको बैठक बिहिबारदेखि प्युठानको स्वर्गद्वारीमा सुरु भएको छ । दुई दिनसम्म चल्ने बैठकमा राष्ट्रिय राजनीति, महासमितिको बैठक, बिधान मस्यौदा संशोधन लगायतका बिषयबस्तुमा छलफल हुने नेपाली काँग्रेस रोल्पाका सभापति अमर पुनले जानकारी दिनुभयो ।
राष्ट्रिय तथा प्रदेश राजनीतिमा पार्टीको एउटै धारणा बनाउन र महासमितिको बैठक तथा बिधान मस्यौदा संशोधनका सवालमा प्रदेश पाँचबाट एउटै सन्देश लैजानेगरी बैठक बसिएको पाल्पाका सभापति बिरबहादुर रानाले बताउनु भयो ।
प्रदेश पाँचमा पर्ने नवलपरासी, कपिलबस्तु, पाल्पा, गुल्मी, अर्घाखाँची, दाङ्, बाँके, बर्दिया, रुकुम, रोल्पा र प्युठानका सभापतिहरूको उपस्थिति छ । नेपाली कांग्रेस प्युठानका सभापतिकाे अाह्वानमा बैठक अायाेजना गरिएकाे हाे ।

 

Leave a Reply