खेलकुदले युवापुस्तालाई कुलतबाट मुक्त राख्छ : साँसद रावल

२९ कार्तिक २०७५, बिहीबार

टिकापूर  , संघीय साँसद झपटबहादुर रावलले खेलकुदले युवापुस्तालाई कुलतबाट मुक्त राख्ने बतायका छन। बिहिबार टीकापुर नगरपालिकाले आयोजना गरेको नेपाल–भारत मैत्रीपूर्ण कराँते प्रतियोगिताको उद्घाटन गर्दे  साँसद रावलले खेलकुदका माध्यमबाट देशलाई संसारभर चिनाउन सकिने बताए । प्रतियोगितामा नेपालका काठमाण्डौं, महेन्द्रनगर, धनगढी र टीकापुर डोजोका ८० र भारतको गुजरातका ६० खेलाडीको सहभागिता रहेको छ । उनीहरुलाई १६ वर्ष मूनि जुनियर र सो भन्दा बढी उमेरकालाई सिनियर गरी दुई वर्गमा विभाजन गरिएको प्रशिक्षक बबरजंग शाहीले जानकारी दिए

Leave a Reply