प्रथम आदर्श महोत्सव शुक्रवारदेखि : तयारी पुरा

२९ कार्तिक २०७५, बिहीबार

लेखनाथ, खेलकुदको माध्यमले चर्चामा आएको आदर्श युवा क्लवले कार्तिक ३० गते शुक्रवारदेखि मंसिर ९ गतेसम्म पोखरा–२९ स्थित भण्डारढीक रंगशालामा आयोजना गर्न लागेको प्रथम आदर्श महोत्सवको तयारी पुरा भएको छ । महोत्सवका वारेमा विहिबार महोत्सव स्थलमा पत्रकार सम्मेलनको आयोजना गरी तयारी पुरा भएको जानकारी दिइएको हो । कला, सस्कृति, संगीत र मनोरञ्जनको उत्सवको रुपमा लिएको महोत्सवमा रहेका दुई सय ६८ बटा स्टलहरु मध्ये करिव दुई सय ५० स्टलहरु बुिकङ्ग भईसकेका र अन्य तयारी समेत पुरा भएको महोत्सवका मुल संयोजक किसान गुरुङले जानकारी दिए ।क्लवद्धारा संचालन गरिने राष्ट्रिय स्तरको फुटवल प्रतियोगितालाई निरन्तर रुपमा सञ्चालन गर्न सहयोग पुग्ने गरी निर्माणधिन रंगशालाको संरक्षण तथा स्तरोन्नति गर्ने र सामाजिक क्षेत्रको विकास गर्ने उदेश्यका साथ महोत्सवको आयोजना गरिएको क्लवका अध्यक्ष तथा महोत्सवका निर्देशक लक्ष्मीप्रसाद भण्डारीले वताए । विहिवार पत्रकार सम्मेलनमा बोल्दै ईलाका प्रशासनका कार्यालयका प्रमुख चित्राङगत बरालले महोत्सवमा दर्शकहरुको सुरक्षाका लागि महोत्सव अवधिभर पं्रहरीको क्याम्प समेत स्थापना गरिने बताए । वडा नं. २९ का वडाध्यक्ष चेत बहादुर गुरुङले स्थानीय क्षेत्रको विकास र रंगशालाको स्तरोन्नतिका लागि महोत्सव फलदायी हुनेमा आफु आशावादी रहेको वताए । ब्यवस्थित रुपमा महोत्सव संचालन गर्नका लागि एक सय सदस्यीय मुल समिति,२५ सदस्यीय सल्लाहकार समिति र विभिन्न ३० वटा उप समितिले आ आफनो जिम्माको काम गरिरहेका आयोजकले जनाएको छ ।महोत्सवमा रत्यौली गित प्रतियोगिता, बिद्यालय स्तरीय नृत्य प्रतियोगिता, राष्ट्रिय स्तरका कलाकारहरुको लोक दोहोरी र साथमा आधुनिक पप कन्र्सट राखिएको छ भने कृषकहरुद्धारा उत्पादित वस्तुको बजारीकरणमा सहयोग पुग्ने गरी कृषिका स्टलहरुलाई निःशुल्क रुपमा राख्न पाउने ब्यवस्था मिलाईएको छ । उँट सवारी, वाल उद्यान समेत रहेको महोत्सवको उद्घाटन राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सेनावाट हुने आयोजकले जानकारी दिएको छ् । पहिलो पटक हुन लागेको महोत्सवमा करिव ३ लाख दर्शकले अवलोकन गर्ने र १ करोड बराबरको आर्थिक कारोबार र महोत्सवबाट १२ लाख वचत गर्ने आयोजकको लक्ष्य रहेको छ ।

Leave a Reply