अनशनरत निर्मलाका बुवाआमाको धर्ना स्थलमै स्वास्थ्य परीक्षण, स्वास्थ्य स्थिती नाजूक बन्दै गएको चिकित्सकको भनाई

२९ कार्तिक २०७५, बिहीबार

, दीपेन्द्र बस्नेत कञ्चनपुर ,  छोरीको हत्यारा सार्वजनिकको माग राख्दै पाँच दिनदेखि अनिश्चितकालिन धर्नामा बसेका निर्मला पन्तका आमाबाबुको स्वास्थ्य नाजुक बन्दै गए पनि सरकारले अहिलेसम्म कुनै वास्ता गरेको छैन । बिहीबार महाकाली अञ्चल अस्पतालका चिकित्सकको टोलीले धर्ना स्थलमै निर्मलाका बाबु यज्ञराज, आमा दुर्गा र कान्छि आमा लक्ष्मीको प्रारम्भिक स्वास्थ्य परीक्षण गरेका थिए । स्वास्थ्य परीक्षणमा तीनै जनाको स्वास्थ्य अवस्था बिग्रिँदै गएको देखिएको छ । महाकाली अञ्चल अस्पतालका डा। किशोर बोहराले यज्ञराजको ब्लडप्रेसर कम हुँदै गएको बताए । खाना कम खाने भएकाले उनको स्वास्थ्य अवस्था कमजोर बन्दै गएको डा। बोहराले बताए । ‘यज्ञराजको घाँटीमा समेत समस्या देखिएको छ, ‘डा। बोहराले भने, ‘फिचर कम छ, विभिन्न टेष्टका लागि रगत लिइएको छ ।’ ल्याब रिर्पोट आएपछि उनलाई थप उपचारका लागि अस्पतालमै लैजाने वा धर्ना स्थलमै उपचार गर्नेबारे पछि मात्रै थाहा हुने डा। बोहराले बताए । डा। बोहराका अनुसार उनकी आमाको ब्लड प्रेसर कम र कान्छि आमाको बढि भएको देखिएको छ । खाना कम खाने, चिसोमा अनसन बस्ने र कम सुत्ने गरेका कारण तीनै जनाको स्वास्थ्य अवस्था बिग्रिँदै गएको चिकित्सकको भनाई छ । डा।बोहरासँगै अहेब लोकेन्द्र बागचन र ल्याब टेक्निसियन दिलेन्द्र रानाले स्वास्थय परीक्षण गरेका थिए । तर, निर्मलाको परिवारले न्याय नपाउँन्जेलसम्म धर्ना जारी राख्ने अडान राखेका छन् । सरकार अझै न्यायका लागि मैैले के गर्नु पर्छ,,निर्मलाका बुवा यज्ञ राज पन्त भन्नु हुन्छ,,के मलाई न्याय मिल्दैन भन्नु पर्यो,,होईन भने छिट्टै न्याय सरकारले दिनु पर्यो । छोरीको न्यायका लागि आफु मर्न पनि तयार रहेको बताउनु भएको छ । निर्मलाकी आमा दुर्गाले स्वास्थ्य अवस्था बिग्रीएपनि धर्ना नतोड्ने बताइन् । कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारीसहितका सुरक्षा प्रमुखले समेत यज्ञराज पन्त परिवारको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका थिए । स्वास्थ्य अवस्था बुझ्दै उनीहरुले थप उपचारका लागि प्रशासन र सुरक्षा निकायका तर्फबाट सहयोग गर्ने बताए । निर्मला पन्तको बलात्कारपछि हत्या भएको १ सय १२ दिनसम्म पनि हत्यारा पत्ता लगाउन नसकेको प्रहरीले गाउँलेमाथि नै अनुसन्धान सुरु गरेको छ । न्याय माग्दै निर्मलाका बुबा यज्ञराज जिल्ला प्रशासन कार्यालयअगाडि धर्नामा बसिरहेका वेला प्रहरीले केही गाउँलेलाई नै शंकाको घेरामा राखेर अनुसन्धान थालेको हो । ‘उल्टाखाम क्षेत्रका केही व्यक्ति शंकाको घेरामा छन् । उनीहरूको गतिविधिमाथि सूक्ष्म ढंगले निगरानी भइरहेको छ,’ कञ्चनपुर प्रहरी प्रमुख एसपी कुवेर कडायतले भने। अनुसन्धानमा खटिएका प्रहरी अधिकृतका अनुसार निर्मलाका केही आफन्तलाई पनि निगरानीमा राखिएको छ । प्रहरीले गाउँलेसँगै अन्य क्षेत्रमा पनि अनुसन्धान जारी रहेको जनाएको छ । शंकास्पद व्यक्तिका टेलिफोन, फेसबुकलगायतमा पनि निगरानी बढाएको छ । त्यसका आधारमा दुई सयभन्दा बढी व्यक्तिसँग बयानसमेत लिएको छ । ‘केहीको मौखिक र केहीको लिखित बयान लिएका छौँ,’ एसपी कडायतले भने । १० साउनमा कापी लिन साथीको घर गएकी भीमदत्त नगरपालिका–२ उल्टाखामकी १३ वर्षीया निर्मला ११ साउनमा उखुबारीमा मृत भेटिएकी थिइन् । त्यसयता वडा प्रहरी, जिल्ला र प्रदेश प्रहरीसँगै सिबिआईको टोली पनि अनुसन्धान खटिएको थियो । गृह मन्त्रालय र प्रहरी मुख्यालयको उच्चस्तरीय टोलीसमेत छानबिनमा खटिए पनि हत्यारा पत्ता लाग्न सकेको छैन । डिएनए परीक्षण गरिएका शंकास्पद व्यक्तिको रिपोर्ट सकारात्मक आउनेमा प्रहरी पनि आश्वस्त छैन । एसपी कडायतले यसमा अहिल्यै केही भन्न नसकिने बताए । ‘उनीहरू चारैको मिल्न पनि सक्छ, कसैको नमिल्न पनि सक्छ । अहिल्यै केही भन्न सकिँदैन,’ उनले भने । प्रहरी शंकास्पद थप तीनजनाको डिएनए परीक्षणका लागि पनि तयारी अवस्थामा छन् । त्यसपछि अर्को चरणमा सन्दिग्ध घेरामा राखिएका गाउँका केही व्यक्तिको डिएनए परीक्षण गर्ने योजना बनाएको छ । यसअघि अभियुक्तका रुपमा सार्वजनिक गरिएका भीमदत्त नगरपालिका–१९ बागफाँटाका दीलिप विष्ट, कञ्चनपुर जिल्ला प्रहरी कार्यालयका तत्कालीन एसपी दिल्लीराज विष्ट, उनका छोरा किरण विष्ट र भीमदत्त नगरपालिकाका मेयर सुरेन्द्र विष्टका भतिजा आयुष विष्टको डिएनए परीक्षण भएपनि निर्मलाको भेजिनल स्वाबमा भेटिएको पदार्थसँग मेल खाएको थिएन ।प्रहरीले शंका गरेका चार व्यक्तिको डिएनए रिपोर्ट आएको छ । केन्द्रीय विधिविज्ञान प्रयोगशाला काठमाडौंले काठमाडौंमा रहेका कञ्चनपुर प्रहरी अधिकृतलाई रिपोर्ट दिएको छ । ‘प्रयोगशालाले सिलबन्दी गरिएको रिपोर्ट दिएको छ, सरकारी वकिलको सल्लाहमा खोल्छौँ,’ कञ्चनपुर प्रहरी प्रमुख एसपी कुवेरसिंह कडायतले भने । रिपोर्ट कञ्चनपुर ल्याएपछि सरकारी वकिलको सल्लाहमा खोलिने उनले बताए । डिएनए परीक्षण गरिएका व्यक्तिको नाम भने प्रहरीले सार्वजनिक गरेको छैन । निर्मलाको हत्याका बिषयमा अनुसन्धान गरीरहेको प्रहरीले बताउदै आएको छ । घटना घटेको साढे तिन महिना हुनै लाग्दा पनि प्रहरीको अनुसन्धान अपराधि सम्म पुग्न नसकेको भन्दै सर्बसाधारणले चिन्ता ब्यक्त गरेका छन ।

Leave a Reply