, दीपेन्द्र बस्नेत कञ्चनपुर , छोरीको हत्यारा सार्वजनिकको माग राख्दै पाँच दिनदेखि अनिश्चितकालिन धर्नामा बसेका निर्मला पन्तका आमाबाबुको स्वास्थ्य नाजुक बन्दै गए पनि सरकारले अहिलेसम्म कुनै वास्ता गरेको छैन । बिहीबार महाकाली अञ्चल अस्पतालका चिकित्सकको टोलीले धर्ना स्थलमै निर्मलाका बाबु यज्ञराज, आमा दुर्गा र कान्छि आमा लक्ष्मीको प्रारम्भिक स्वास्थ्य परीक्षण गरेका थिए । स्वास्थ्य परीक्षणमा तीनै जनाको स्वास्थ्य अवस्था बिग्रिँदै गएको देखिएको छ । महाकाली अञ्चल अस्पतालका डा। किशोर बोहराले यज्ञराजको ब्लडप्रेसर कम हुँदै गएको बताए । खाना कम खाने भएकाले उनको स्वास्थ्य अवस्था कमजोर बन्दै गएको डा। बोहराले बताए । ‘यज्ञराजको घाँटीमा समेत समस्या देखिएको छ, ‘डा। बोहराले भने, ‘फिचर कम छ, विभिन्न टेष्टका लागि रगत लिइएको छ ।’ ल्याब रिर्पोट आएपछि उनलाई थप उपचारका लागि अस्पतालमै लैजाने वा धर्ना स्थलमै उपचार गर्नेबारे पछि मात्रै थाहा हुने डा। बोहराले बताए । डा। बोहराका अनुसार उनकी आमाको ब्लड प्रेसर कम र कान्छि आमाको बढि भएको देखिएको छ । खाना कम खाने, चिसोमा अनसन बस्ने र कम सुत्ने गरेका कारण तीनै जनाको स्वास्थ्य अवस्था बिग्रिँदै गएको चिकित्सकको भनाई छ । डा।बोहरासँगै अहेब लोकेन्द्र बागचन र ल्याब टेक्निसियन दिलेन्द्र रानाले स्वास्थय परीक्षण गरेका थिए । तर, निर्मलाको परिवारले न्याय नपाउँन्जेलसम्म धर्ना जारी राख्ने अडान राखेका छन् । सरकार अझै न्यायका लागि मैैले के गर्नु पर्छ,,निर्मलाका बुवा यज्ञ राज पन्त भन्नु हुन्छ,,के मलाई न्याय मिल्दैन भन्नु पर्यो,,होईन भने छिट्टै न्याय सरकारले दिनु पर्यो । छोरीको न्यायका लागि आफु मर्न पनि तयार रहेको बताउनु भएको छ । निर्मलाकी आमा दुर्गाले स्वास्थ्य अवस्था बिग्रीएपनि धर्ना नतोड्ने बताइन् । कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारीसहितका सुरक्षा प्रमुखले समेत यज्ञराज पन्त परिवारको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका थिए । स्वास्थ्य अवस्था बुझ्दै उनीहरुले थप उपचारका लागि प्रशासन र सुरक्षा निकायका तर्फबाट सहयोग गर्ने बताए । निर्मला पन्तको बलात्कारपछि हत्या भएको १ सय १२ दिनसम्म पनि हत्यारा पत्ता लगाउन नसकेको प्रहरीले गाउँलेमाथि नै अनुसन्धान सुरु गरेको छ । न्याय माग्दै निर्मलाका बुबा यज्ञराज जिल्ला प्रशासन कार्यालयअगाडि धर्नामा बसिरहेका वेला प्रहरीले केही गाउँलेलाई नै शंकाको घेरामा राखेर अनुसन्धान थालेको हो । ‘उल्टाखाम क्षेत्रका केही व्यक्ति शंकाको घेरामा छन् । उनीहरूको गतिविधिमाथि सूक्ष्म ढंगले निगरानी भइरहेको छ,’ कञ्चनपुर प्रहरी प्रमुख एसपी कुवेर कडायतले भने। अनुसन्धानमा खटिएका प्रहरी अधिकृतका अनुसार निर्मलाका केही आफन्तलाई पनि निगरानीमा राखिएको छ । प्रहरीले गाउँलेसँगै अन्य क्षेत्रमा पनि अनुसन्धान जारी रहेको जनाएको छ । शंकास्पद व्यक्तिका टेलिफोन, फेसबुकलगायतमा पनि निगरानी बढाएको छ । त्यसका आधारमा दुई सयभन्दा बढी व्यक्तिसँग बयानसमेत लिएको छ । ‘केहीको मौखिक र केहीको लिखित बयान लिएका छौँ,’ एसपी कडायतले भने । १० साउनमा कापी लिन साथीको घर गएकी भीमदत्त नगरपालिका–२ उल्टाखामकी १३ वर्षीया निर्मला ११ साउनमा उखुबारीमा मृत भेटिएकी थिइन् । त्यसयता वडा प्रहरी, जिल्ला र प्रदेश प्रहरीसँगै सिबिआईको टोली पनि अनुसन्धान खटिएको थियो । गृह मन्त्रालय र प्रहरी मुख्यालयको उच्चस्तरीय टोलीसमेत छानबिनमा खटिए पनि हत्यारा पत्ता लाग्न सकेको छैन । डिएनए परीक्षण गरिएका शंकास्पद व्यक्तिको रिपोर्ट सकारात्मक आउनेमा प्रहरी पनि आश्वस्त छैन । एसपी कडायतले यसमा अहिल्यै केही भन्न नसकिने बताए । ‘उनीहरू चारैको मिल्न पनि सक्छ, कसैको नमिल्न पनि सक्छ । अहिल्यै केही भन्न सकिँदैन,’ उनले भने । प्रहरी शंकास्पद थप तीनजनाको डिएनए परीक्षणका लागि पनि तयारी अवस्थामा छन् । त्यसपछि अर्को चरणमा सन्दिग्ध घेरामा राखिएका गाउँका केही व्यक्तिको डिएनए परीक्षण गर्ने योजना बनाएको छ । यसअघि अभियुक्तका रुपमा सार्वजनिक गरिएका भीमदत्त नगरपालिका–१९ बागफाँटाका दीलिप विष्ट, कञ्चनपुर जिल्ला प्रहरी कार्यालयका तत्कालीन एसपी दिल्लीराज विष्ट, उनका छोरा किरण विष्ट र भीमदत्त नगरपालिकाका मेयर सुरेन्द्र विष्टका भतिजा आयुष विष्टको डिएनए परीक्षण भएपनि निर्मलाको भेजिनल स्वाबमा भेटिएको पदार्थसँग मेल खाएको थिएन ।प्रहरीले शंका गरेका चार व्यक्तिको डिएनए रिपोर्ट आएको छ । केन्द्रीय विधिविज्ञान प्रयोगशाला काठमाडौंले काठमाडौंमा रहेका कञ्चनपुर प्रहरी अधिकृतलाई रिपोर्ट दिएको छ । ‘प्रयोगशालाले सिलबन्दी गरिएको रिपोर्ट दिएको छ, सरकारी वकिलको सल्लाहमा खोल्छौँ,’ कञ्चनपुर प्रहरी प्रमुख एसपी कुवेरसिंह कडायतले भने । रिपोर्ट कञ्चनपुर ल्याएपछि सरकारी वकिलको सल्लाहमा खोलिने उनले बताए । डिएनए परीक्षण गरिएका व्यक्तिको नाम भने प्रहरीले सार्वजनिक गरेको छैन । निर्मलाको हत्याका बिषयमा अनुसन्धान गरीरहेको प्रहरीले बताउदै आएको छ । घटना घटेको साढे तिन महिना हुनै लाग्दा पनि प्रहरीको अनुसन्धान अपराधि सम्म पुग्न नसकेको भन्दै सर्बसाधारणले चिन्ता ब्यक्त गरेका छन ।
Home मुख्य समाचार अनशनरत निर्मलाका बुवाआमाको धर्ना स्थलमै स्वास्थ्य परीक्षण, स्वास्थ्य स्थिती नाजूक बन्दै गएको...
Sign in
Welcome! Log into your account
Forgot your password? Get help
Password recovery
Recover your password
A password will be e-mailed to you.