उत्पादन बिनाको समृद्धि कुरामा मात्र सिमित : सहमहामन्त्री डा महत

२९ कार्तिक २०७५, बिहीबार

नेपाली कांग्रेसका सहमहामन्त्री डा प्रकाश शरण महतले उत्पादन बिनाको समृद्धि कुरामा मात्र सिमित हुने बताउनु भएको छ।  नेपाल उद्योग बाणिज्य महासंघ नेपाली कांग्रेस केन्द्रिय समितिद्वारा गठित समग्र आर्थिक नीति मस्यौदा समिति र नेपाल उद्योग बाणिज्य महासंघका बिच भएको  अन्तरक्रिया कार्यक्रममा  बोल्दै  सहमहान्त्री महतले बिपि ले लिएको आर्थिक समृद्धि उत्पादन बढेमा मात्र पुर्ण हुने बताउनू भयो ।निजि क्षेत्रले आफूसंग भएको पुजि लगानी गरेर नागरिकको जिवनयापनमा प्रत्यक्ष तथा अप्रत्यक्ष योगदान गर्नुपर्ने र जनताको आधारभुत आवस्यकता पुर्ण गर्न सरकारको सहयात्री हुनुपर्ने उहाँको भनाइ छ।।सरकार स्थिर हुदा पनि किन र के कारणले नेपालमा वैदेशिक लगानी भित्रिन सकेन भन्दै सहमहामन्त्री महतले  स्वदेशी लगानिको प्रत्याभूत हुन नसक्नू , पुर्वाधार बिकासको कार्यक्रममा  जनताको सहभागीता हुन नसक्नू को कारण खोजिनू पर्नेमा जोड दिनू भयो । कृषिको क्षेत्रमा आम्दानी भन्दा लगानी बढी भएकोले कृषिमा मानिसहरुको सङ्लग्नता हुन नसकेको उहाँको  भनाई थियो । कार्यक्रममा नेपाल उद्योग बाणिज्य महासंघका  पदाधिकारीहरूको सहभागिता रहेको थियो ।  छलफलबाट नेपाली कांग्रेसको आर्थिक नीति निर्माणमा ठोस योगदान पुग्ने बिश्वास लिईएको जनाइएको छ ।

Leave a Reply