दुई तिहाइको धक्कु लाएर धेरै मात्तिनु पर्देन :काँग्रेस केन्द्रीय सदस्य श्रेष्ठ

२ मंसिर २०७५, आईतवार

नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री गोपालमान श्रेष्ठले दुई तिहाइको धक्कु लाएर धेरै नमात्तिन बर्तमान केपी ओली नेतृत्वको सरकारलाइ सुझाब दिएका छन ।
नेपाली काङ्ग्रेस, केन्द्रीय राजनीतिक प्रस्ताव मस्यौदा समितिको आयोजना एवं नेपाली काङ्ग्रेस कास्कीको व्यवस्थापनमा आईतबार पोखरामा  आयोजित ‘पार्टीको राजनीतिक प्रस्ताव सुझाव सङ्कलनका लागि गण्डकी प्रदेशस्तरीय कार्यशाला गोष्ठी’को उद्घाटन गर्दै उनले दुई तिहाइ सरकारले मनपरि गरे काँग्रेस चुप लागेर नबस्ने बताए । यतिका दिन बितिसक्दा पनि निर्मला पन्तको हत्यारा पत्ता लगाउन नसक्ने सरकार संग जनताले के अपेक्षा गर्ने भन्दै उनले सरकारका राम्रा काममा काँग्रेस ले कहिल्यै बिरोध नगरेको बताए ।
वर्तमान सरकारले जनअपेक्षाअनुरूप काम गर्न नसकेको बताउँदै उनले जथाभावी कर वृद्धि र महङ्गीको मारमा जनता पिल्सिएको समेत बताए। ।  नेपाली जनताले एकताबद्ध सङ्गठित काङ्ग्रेसको अपेक्षा गरेको बताउँदै उनले पार्टीको आन्तरिक सङ्गठन मजबुत बनाउँदै अघि बढ्नुपर्नेमा जोड दिए।
पूर्वमन्त्री यज्ञबहादुर थापाले काङ्ग्रेसलाई सशक्त बनाउँदै आगामी निर्वाचनमा पहिलो पार्टी बनाउने गरी लाग्नुपर्ने बताए।
नेपाली काङ्ग्रेस केन्द्रीय राजनीतिक प्रस्ताव मस्यौदा समितिका सदस्य महेन्द्र यादव, नेता शुक्रराज शर्मा, नेपाली काङ्ग्रेस कास्कीका सभापति कृष्ण केसी, सचिव देवेन्द्र रानाभाट लगायतले पार्टीको सशक्तिकरण लगायतका विषयमा आ–आफ्ना धारणा राखेका थिए ।
–––

Leave a Reply